ध्यपक पेशाको ब्यस्तता बीच गीत संग्रहित ‘दिलहीरा’

पथरी÷मोरङ पथरी –१ का रविन कन्दङ्वा स्थानीय एभरेष्ट आ.मा.वि.का मालिक हुन्। पञ्चायत उच्च मा.वि.कोसाईन्स टिचर’। त्यस्तै दमक बहुमुखी क्याम्पसका ‘लेक्चर’। समग्रमा उनी शैक्षिक क्षेत्रमा स्थापित ब्यक्ति हुन्।
प्राध्यपक पेशाको ब्यस्तता बीच रविनले पछिल्लो समयमा गायकको परिचय पनि बनाएका छन्। निजीनिवासमा गर्ने अभ्यास बाहेक कुनै साङ्गीतिक कार्यक्रममा देखा नपरेका उनले १० वटा गीत संग्रहित ‘दिलहीरा’ सोलो एल्वम सार्वजनिक गरी गायकी प्रतिभा प्रस्फुटन गरेका छन्।
नवराज लम्साल, जीवन गुरुङ, दुर्गालाल श्रेष्ठ, बुद्धवीर लामा, दिपेश प्रधान, सानु कोवित, राजेन्द्र थापा, लालिमाश्रेष्ठजस्ता सिद्धहस्त रचनाकारको शब्दमा ब्यवसायिक सङ्गीतकार शिलाबहादुर मोक्तान, न्ह्यू वज्राचार्य, राजुसिंह, महेस खड्का, गुरुदेव कामत आदिले सङ्गीत भरेका छन्। सौखको रुपमा गाएको वताउने रविनको स्वरस्तरीय छ। मेहेनत गर्ने हो भने गायनबाट पनि ब्यवसायिक बन्ने प्रशस्त सम्भावना छ। ‘दिलहीरा’ सुगमसङ्गीतको संग्रह हो। तर पप र लोक लयको चटकी पनि यहा“ पाइन्छ। ‘

प्रेस चौतारी मोरङको सम्मेलन

प्रेस चौतारी नेपालका अध्यक्ष गगन बिष्टले अभावका बीचबाट नेपालको पत्रकारीताले अपेक्षाकृत विकास गर्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल मोरङको छैंठौं जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष बिष्टले श्रमजिवि पत्रकार ऐन कार्यान्वयनमा नआएका कारण अभाव र दवावका भरमा पत्रकारीता चलिरहेको भन्दै अब त्यसरी पत्रकारीता नचल्ने बताउनुभएको हो । ठुला संचारगृहले अहिलेसम्म श्रमजिवि पत्रकार ऐन लागु नगरेको उहाँले बताउनुभयो । पत्रकारहरुको पेशागत सुरक्षाकालागि पनि अव ऐन कार्यान्वयन गर्नु जरुरी भएकोले संचारगृह संचालकहरुलाई श्रमजिवि ऐन कार्यन्वयन गर्न आग्रह गर्नुभयो । विज्ञापन नीति बन्न नसकेका कारण धेरै संचारमाध्यमहरु संकटकाबीचबाट गुज्रीरहेको अवस्थामा समानुपातीक विज्ञापन नीति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यले पत्रकारहरुको सुरक्षामा ध्यान नदिएको भन्दै उहाँले पत्रकारहरु सुरक्षीत नभएसम्म स्वतन्त्र पत्रकारीताको विकास हुन नसक्ने बताउनुभयो । स्वतन्त्र र व्यवसायीक पत्रकारीताको सुरक्षाकालागि पत्रकारहरु एकजुट भएर खवरदारी गर्नुपर्ने उहाँले बताउनुभयो । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडाले राजनीतिले पत्रकारहरलाई उपयोग मात्र गरेको बताउनुभयो । उहाँले अव पेशागत सुरक्षालाई मुख्य एजेण्डा बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्दीय सदस्य राजेन्द्र गौतम मोरङका अध्यक्ष विनोद ढकाल, चौतारीका केन्द्रीय सदस्य डिल्ली पोखरेल, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष रामचन्द्र अधिकारी, चौतारी सुनसरीका अध्यक्ष लीलाराज भट्टराई, क्रान्तिकारी पत्रकार संघ मोरङका संयोजक गणेश लम्साल र नेपाल प्रेस यूनियन मोरङका सभापति कुमोद अधिकारी लगायतले बोल्नुभयो ।

प्रतिबन्धित सेतो अण्डाको प्रयोग

   भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती क्षेत्रमा प्रतिबन्धित सेतो अण्डा
प्रयोग गरिरहेको पाइएको छ । सरकारले वर्डफ्लु रोग नियन्त्रणका लागि सीमा
क्षेत्रमा निगरानी बढाउने निर्देशन दिएपनि त्यस अनुरुप अनुगमन नहुँदा भारतसँग
सीमा जोडिएको क्षेत्रमा सेतो अण्डाको बिक्रि वितरण भइरहेको हो । सो
क्षेत्रका पसलहरुमा खुला सीमानाका कारण सेतो अण्डा आयात गरी बिक्रिवितरण
भइरहेको हो ।
भारतसँग सीमा जोडिएको जिल्लाको श्रीअन्तु, समाल्बुङ्ग, फिक्कल, पशुपतिनगर,
जोगमाई लगायतका गाविसमा रहेका पसलहरुमा सेतो अण्डा बिक्रि भइहरको छ ।
भारतबाट पंक्षि र पक्षिजन्य सामग्री ओसारपसारमा प्रतिबन्ध लगाइएपनि खुला
सीमानाका कारण सेतो अण्डा विक्रि वितरण भइरहको सीमा क्षेत्रमा रहेका
स्थानीयबासी बताउँछन् ।

साततले झरना ओझेलमा

राम योङ्हाङ
इलामको सोयाङ्ग र नामसालिङ्गबीचको सोयाङ्गखोलामा पर्ने साततले झरना
पर्यटकीयस्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । नाम
अनुसारको सातै तल्लामा विभाजित यो झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु
आउने गरेपनि यसको उचित प्रचार–प्रसार नहुँदा ओझेलमा परेको हो ।
एकतल्ला अर्काेतल्ला गर्दै सातै तल्लामा पालेपालो गरी पानी खसेको दृश्य यस
भर्नाको प्रमुख आकर्षण भएको त्यहा“ पुग्ने पर्यटकहरु बताउ“छन् । स्थानीय
विद्यालयहरुले पर्यटकीय भ्रमणका लागि गन्तव्यका रुपमा लिने गरेको साततले
झरनाको विकास र प्रचार–प्रसारका लागि जिल्लास्थित सरोकारवालहरुले चासो
नदिएको स्थानीयवासीको गुनासो छ । साततले झरनालाई जिल्लाको पर्यटकीय
क्षेत्रका रुपमा विकास गर्न सके आन्तरिक तथा वाह्य पर्यटकका लागि यो पनि एउटा
महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीय बासीहरु बताउँछन

नीजि लगानीबाट पाँच किलोमिटर मोटरबाटो निर्माण


राम योङ्हाङ
 पश्चिीमी इलामको इभाङ्ग–४ का बासिन्दाले सरकारको मुख नताकी आफ्नै नीजि
लगानी गरेर नै पाँच किलोमिटर ६७ मिटर मोटरबाटोे निर्माण गरेका छन् ।
पर्यटकीय स्थल माङ्गमालुङ्गदेखि–भोटेडाँडा–गाविस भवन हुँदै गजुरमुखी धाम
जोड्ने निर्माणधीन पर्यटन मार्गमा पर्ने भोटेडाँडादेखि सिरिसे टोलसम्म
मोटरेबल बाटो नीजि रकम खर्च गरेर निर्माण गरेका हुन् ।
गाउँबाट नजिकका क्षेत्रमा यातायातको सुविधा भएपनि आफ्नो गाउँमा बाटो
नभएका कारण उत्पादित कृषिजन्य बस्तु ओसारप्रसार गर्न र भैपरी आउने दुःख
विराम पर्दा समेत डोको र स्टेचरकै भरमा जिउनुपर्ने बाध्यता खेप्दै आएका
यहाँका बासीन्दाले पाँच हजार देखि ३० हजारसम्म चन्दा संकलन गरेर स्काभेटर
प्रयोग गरी बाटो निर्माण गरेका हुन । उनीहरुले ७५ जना उपभोक्ताबाट कुल
सात लाख ५१ हजार रुपैँया जम्मा गरेर बाटोमा खर्चेका छन् ।
बाटो निर्माणका लागि १८ जना उपभोक्ताले १० हजारदेखि ३० हजार सम्म नगद
उपलब्ध गराएका थिए । बाटो निर्माणका लागि स्थानीय ठाकुरसिंह राईले ३०
हजार, देशबहादुर राईले २५ हजार, अम्बिका प्रसाद राई, अरुण राई र
मनबहादुर राईले १६÷१६ हजार रुपैँया र केन्द्रप्रसाद राईले १२ हजार रुपैँया
नगद निर्माण समितिलाई उपलब्ध गराएका थिए । त्यसैगरी १२ जना उपभोक्ताले
१०÷१० हजारका दरले रकम उपलब्ध गराउनुभएको थियो । स्थानीय देउकुमार राई,
अशोक राई, धनप्रसाद राई, मनीप्रसाद राई, शेरबहादुर राई, पञ्चमाया राई,
मनीकुमार राई र रुद्र लिम्बू, डिल्ली लिम्बू, यामबहादुर लिम्बू, इच्छाबहादुर
लिम्बू र हर्कराज लिम्बूले १०÷१० हजारका दरले रकम उपलब्ध गराउनुभएको निर्माण
समितिका सचिव अम्बिकाप्रसाद राईले जानकारी दिनुभयो । त्यस्तै अन्य ५७ जना
उपभोक्ताबाट पाँच हजारदेखि नौ हजार नौ सय रपैँयासम्म रकम प्राप्त भएको
राईले बताउनुभयो ।
बाटो निर्माणका लागि सम्बन्धित निकायमा पटक–पटक माग गर्दा समेत कुनै
सुनुवाई नभएपछि गाउँमा नमुनाको रुपमा काम गरेर देखाउन आफरुसँग भएको
जायजेथा र अन्नपात समेतको बिक्री गरेर तथा ऋण समेत गरेर बाटोमा लगानी
गरेको उपभोक्तहरुले बताएका छन् । “बाटो निर्माणका लागि माग गर्दै गाउँ
विकास समिति र जिल्ला विकास समितिमा हामी धेरै पटक गयौँ, कसैले चासो
दिएन, बाटो बन्ने कुनै छाँटकाटँ पनि देखिएन । त्यसपछि सिङ्गो गाउँ नै लागेर
बाटो निर्माणगरेका हौँ ।” निर्माण समितिका अध्यक्ष अरुण राईले
बताउनुभयो ।
अहिले गाउँमा बाटो निर्माण भएपछि सो गाउँका बासिन्दाहरु आफूहरुलाई
आवश्यक पर्ने दैनिक उपभोग्य तथा कृषिजन्य सामानहरु ओसार पसार गर्न सहज
भएको बताउँछन् । यसरी अरुको मुख नताकी नै गाउँमा बाटो निर्माण भए पछि
सवै मिले गाउँमा चाडैँ नै विकास गर्न सकिँदो रहेछ भन्ने राम्रो उदाहरण
सो गाउँका बासिन्दाले दिएका छन् ।

प्रहरी चौकीको भवन निर्माण हुने


इलामको विभिन्न दुई गाउँ विकास समितिमा प्रहरी चौकीको भवन निर्माण हुने भएको छ । जिल्लाको फिक्कल र आमचोकमा प्रहरी चौकीको भवन निर्माण हुन लागेको हो । शान्ति तथा पुनःनिर्माण मन्त्रलयको एक करोड २० लाखको लागतमा ती भवनहरु निर्माण हुन लागेको हो । भवन निर्माणका लागि जग्गा समेत निरिक्षण गरिसकिएको प्रहरी नायव उपरिक्षक विष्णु केसिले बताउनु भयो । दुवै भवन चौकीको आफ्नै जग्गामा निर्माण हुन लागेको बताइृएको छ ।

चिसोका कारण आलुमा असर


पछिल्लो समयमा पढेको चिसोको कारण इलामका किसानले लगाएको हिउँदे आलुमा तुसाराले मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लामा अलँैचीपछि दोश्रो खेतीका रुपमा मानिने आलु खेतीमा तुसारोले बिगारेपछि किसानहरु चिन्तित भएका हुन् । विगत वर्षहरुमा भन्दा यस वर्ष तुसारोले बढी असर गरेको इलाम जोगमाईका किसान दुर्गा थापाले बताउनुभएको छ । एक वर्षमा दुई पटकसम्म उत्पादन हुने हिउँदे आलु यस वर्ष तुसारोका कारण यस वर्ष एक पटक पनि राम्रो उत्पादन नहुने किसानहरुको भनाई छ । जिल्लाको जोगमाई, गोर्खे, फिक्कल, कन्याम लगायतका किसानहरुले लगाएको आलुमा बढीमात्रामा यस्तो समस्या देखिएको छ ।

वडा नागरीक मञ्चद्वारा सिँढी निर्माण


राम योङ्हाङ
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्र्तगत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमको लागि इलामको इभाङ्ग ४ मा गठन गरिएको वडा नागरीक मञ्चले स्थानीय विद्यालयको प्रवेशद्वारमा श्रमदान गरेर सिँढी छापेको छ । समाज विकासका लागि नयाँ काम गरौँ भन्ने अभियान अन्र्तगत मञ्चले स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयको प्रवेशद्वारमा २१ मिटर लामो सिँढी श्रमदान गरेर छापेको हो । श्रमदान कार्यक्रममा मञ्चले स्थानीयको समेत सहभागिता जुटाएको थियो । सो कार्यक्रममा मञ्चका पदाधिकारी र स्थानीय समेत गरी ४० जनाको सहभागिता रहेको मञ्चका संयोजक अम्बिकाप्रसाद राईले जानकारी दिनुभएको छ ।
जिल्ला विकास समिति इलाम र मानव अधिकार मञ्च नेपाल इलामको साझेदारीमा इभाङ्गमा भईरहेकोे कार्यक्रम अन्र्तगत गठित मञ्चले इभाङ्गमा यस्ता विविध कार्यक्रमहरु गरिरहेको छ ।

पत्रिकाको गुणस्तरमा कमी आएको भन्दै विज्ञप्ती

 दिनेश सुब्बा
पथरी,गोरखापत्र संस्थानद्रारा प्रकाशन हुदै आएका बाल साहितिक मासिक पत्रिका ‘मुना’ मा पछिल्लो समयमा साजसज्जा, लेखरचना, तस्वीरको गुणस्तरमा कमी आएको भन्दै बाल एकता समूह सज्जाल मोरङ वयरवनले सोमवार विज्ञप्ती निकाल्दै ६ वुद्दे सामmा मागहरु संस्थानलाई बुमmाएका छन् ।

     वयरवनको रमाईलो वालजगत वोर्डिङ् स्कुलमा भएको पत्रकार सम्मेलनमा गोरखापत्र उर्लावारी समचारदाता हरी कोइरालालाई  वयरवनका ‘मुना’ पत्रिकाका पाठकका हस्ताक्षर सहित ६ वुद्दे सामmा मागहरु पाठकका मामm वुमmाएको हो । बालबालिकाका प्रकाशित लेख, रचनाको पुरस्कार हुलाकबाट पाउने व्यावस्था, रु १० वरावरको मनोञ्जन देऊ, मुनाको कम्पोज÷सज्जामा सुधार गर, मुनाको चित्रमा सुधार गर , नवदित साहित्यकारलाई पनि स्थान देऊ, बाल सर्वोपरिलाई ध्यानमा राख जस्ता ६ वुद्दे  माग बाल एकता समूह सञ्जालका संयोक लोकेन्द्र शाक्यद्रारा हस्ताक्षर  विज्ञप्ती  बुमmाएको हो । कार्याक्रममा कक्षा ७ मा अध्यानरत योगेश पौडेल र विवर पाठकले  मुनाको नियमित ग्राहक ग्रामिण क्षेत्रमा वढीरहेपनी ग्रामिण क्षेत्रको लेख,रचना र चित्र लाई प्राथमीकता नदिएको गुनासो उनीहरुले पोखेका थिए । कार्याक्रममा हरि कोइरालाले यी माग र आवाजहरुलाई सम्वन्धीत निकायमा पुप्याएर निर्णय चाडैदिने प्रतिवद्धता व्याक्त गरेका थिए । कार्याक्रम बाल एकता समूह सञ्जालको आयोजना भएको थियो


पथरी युवा समाज युएईले बनभोज कार्यक्रम

पथरी युवा समाज युएईले आगामी १७ फ्रेवअरी २०१२ मा जावेल पार्क दुवाइमा बनभोज कार्यक्रम राखेको छ ।   पथरी गा वि स मा स्थाइ बसोबास भएका एव  पथरी कार्यक्षेत्र बनाई हाल युएइमा रोजगारी गरिरहने सम्पर्ण समाज सदस्य एव शुभ चिन्तकहरुमा उपस्थितीको लागी समाजले  निमन्त्रणा गरेको छ ।
 समाजले बनभोजको अवसरमा समाजको विषेश भेला राखी समज्को नय समिती निर्माण, अन्तर कियाकयकम राखने  साथोइ सस्किर्तिक कार्यकम गर्ने  जनायको छ ।

निर्देशक रुझाउन अंग प्रदर्शन


त्रिलोचन कोइराला
महिलाहरुले नक्कल झक्कल झक्कल गर्नु हुदैन भनेर पहिलो नेपाली चलचित्रमा महिलाको रोल पनि पुरुष कलाकारले नै गरेका थिए । आज ठीक चक्र उल्टो छ । महिला कलाकारको लागि अभिनय मात्र होइन टु पिस पहिरन टङ्किस र ूवेडसिनू दिन समेत सामान्य भइसकेको छ ।
२÷४ बर्ष पहिला निर्देशकहरुले नायिकालाई छोटो पहिरन लगाउन हैसाउथे त्यस्तो पहिरन नलगाए फिल्ममा नखेलगाउने गर्थे तर अहिलॆ समय फेरिएको छ । अहिलेको चर्चित नायिका ऋचा घिमिरे भन्छिन्-ूकॊ वढी नागिने भन्ने नायिकाहरुमा नै प्रतिस्पर्धा्र छ ।
स्थापित कलाकार हुन अभिनयले मात्र नहुने उनी बताउछिन् । निर्देशक रुझाउन अंग प्रदर्शन र मिनिस्कट नायिकाहरुको पहिलॊ चाहाना र चासो रहेको छ ।

रेखा थापा होस््् की अरुणिमा लम्साल नन्दिता केसी होस्् या रेजिना उप्रेती सिाचता लुइटेल होस् या तेजुला खतिवडा सवै नाङ्गो छाती र छोटो स्कटले नै टिकेको उनले बताएकी छन् ।
नम्रता श्रेष्ठ पुजा लामा जेनिसा मुक्तान मात्र होइन । सबै नायिकाहरुको ूवेडसिनू हुने गरेको ऋचाले खुलासा गरेकी छिन्् । उनी भन्छिन्-ूमात्र सार्वजनिक नभएको हो ।
एक अन्तरवार्तामा ऋचाले ८० प्रतिशत चलचित्रमा नायिकाहरु ूसो पिसू हुने बनाउँदैै आफूले वनाउन लागॆेको तुलसी फिल्ममा गहन भूमिका रहेको बताइन् ।
छोटो लुगा लगाउदैमा सेक्सी नवनिने ऋचाको तर्क्र्र छ-ूअर्का्रको लागि बाच्न सक्नु नै सुन्दरता र सेक्सीपन हो ।ू सेक्सीपन नाप्नॆ मापदण्ड भए १० मा ७ अंक आफूमा सेक्सीपन भएको उनको बुझाई छ ।

लेटाङका बाब


नाम र दामकै पछि लाग्दा आफ्नो जन्मस्थललाई विर्सने पो हो कि भन्ने डर थियो बाबु वोगटीलाई । आफूलाई हुर्काउने, बढाउने चिनाउने सम्पूर्णता लेटाङलाई लिने बाबुबोगटीको यात्रा त्यति लामो छैन् ।

एक दशक अघि प्रवेशिका परीक्षा दिएर राजधानी छिरेका समुन बोगटी एकाएक चर्चित भए । जब उनले मोडलिङ र गीत सङ्गीतमा सफलता प्राप्त गर्न थाले । स्थानीय आवसिय माविबाट माध्यमिक तह उत्तीर्ण गरेका बोगटीले पहिलो पटक “पुल्चोक पाटक” नामक गीति एल्बम निकाले । तर त्यसले खासै चर्चा पाएन । गालामा कोठी भएका हस्सी समुनले मोडललिङमा भने केही मात्रामा सफलता प्राप्त गर्दै थिए । पाँच वर्ष अघि पर्दसित “क्याटमाण्डु” नामक टेलिसिरियलले उनलाई परिचित मात्र होइन । नेपालकै मोडलहरुका पङ्क्तिमा उभ्याईदियो । त्यसपछि उनी पछि फर्कनु परेन । भारतीय सेनाका पेन्सन प्राप्त बुवाकै सहयोग थियो उनलाई । त्यसैले अघि बढ्ने प्रेरणा मिल्यो ।


“असफलता नै सफलताको चिन्ह हो ।” भन्ने उक्तिलाई आत्मसाथ गर्दै उनले समयसमयमा फाट्टफुटट्ट गीतहरु गाउने क्रम जारी थियो । मोडलिङलाई उनले साथी बनाएका थिए । सुमन बोगटीलाई रातारात चर्चामा ल्यायो । सान्नानी बोलको गीतले उनलाई परिचित मात्र बनाएन नाम र दाम दुवै क्षेत्रमा क्रान्ति ल्याईदियो । उनी सुमन बोगटीबाट बाबु बोगटी भए “सान्नानी... बोलको गीतबाट । आफ्नै मम्मी त्रानीमाया बोगटीको शव्दहरुलाई उनले सङ्गीत दिएर प्रस्तुत गरे सान्नानी तिमीलाई हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क” । उनी राष्ट्रिय कलाकारको पङ्क्तिमा उभिए । “मोडलिङ र गीत सङ्गीत एउटे विधा भएर पनि म सफल भए ।” गायक तथा मोडल बाबु भन्छन् । बाबुले थेप–“एक पटक अमेरिका जाने रहर जागेर आएको थियो । अब केही समय नेपालमा बसेर केही गर्ने चाहाना बढेर आएको छ

लेटाङको नाम उच्च राख्न सदा तत्पर रहने बाुबु वोगटीेले केही समय अघि काठमाडौमा लेटाङ्गे युवाहरुलाई लक्षित गरेर एउटा पार्टीको आयोजना गरी चर्चामा आए । “लेटाङ सर्कल गेट टुगेदर” नाम दिएर आयोजना गरिएको डान्स पार्टीमा काठमाडौमा पढ्न तथा कामको शिलशिलामा आएका दर्जनौ युवायुवतीको सहभागिता थियो । “सर्कल लेटाङ” को संयोजनमा नेपाल पुलिस क्लवको स्विमिङ पुल छेउमा भएको डान्स पार्टीमा लेटाङलाई स्मरण्ीाय ठाउँको रुपमा मात्र उनले परिचित गराएनन् । बाबुको आफ्नो फस्ट लभसमेत लेटाङमा नै भएको खुलासा समेत गरे । उनले भने “८÷९ कक्षा पढ्दा एउटी केटीलाई वान साईड लभ गरेको थिए।”

रङ्गमञ्चको दुनियामा टाइगर

 ितलोचन कोइराला
सामान्य युवा जस्तै जीवनको कुनै उद्देश्य नभए पछि टंक संग्रौला हजारांै नेपाली झैं विदेशिए। २÷४ लाख कमाए र पुन स्वदेशमा फर्किए। त्यहासम्म उनको अब के गर्ने भन्ने विचार सम्म गरेका थिएनन्। आज उनै टंक नाम परिवर्तन गरि टंक टाईगर बनेका छन् र रङ्ग मञ्चको दुनियामा टाइगर बन्ने लयका साथ दिनरात खटेका छन् पनि। हिजो अभिनय थाल्नु भन्दा अगाडि सुवास खरेलको साथमा सङ्गीतमा विद्यार्थी बनेका उनी गन्तब्य थिएटरमा सडक नाटक, कचरी नाटकमा अभिनय गर्न थाले। दमक कार्य क्षेत्रमा कहिले देश रोएको देखे, कहिले नेपाली आमाको छाती नाङ्गिएको देखे, महिला हिंसा त कहिले सडक छाप पाखे पनि उनी देखिए। रङ्ग मञ्चमा उनी सडकमा आफ्नो व्यक्तित्व निखार्छन टंक टाइगर फरक मात्र उनी हिजो सर्वसाधारण आज एक स्थापित रङकर्मी कलाकार।संविधान चुनाव हुनुपर्छ, गर्नुपर्छ भन्दै पूर्वाञ्चलका पहाड, हिमाल, कन्दरा, तराई, फाँटका सात जिल्लासम्म साथीसंग नाटककर्मी बनेर घुमेको टाइगर आजभोलि काठमाडौको मन्डला थिएटर त कहिले सिल्पा थिएटर र कहिले डवली थिएटरमा संविधान बनाऊ भन्दै नेताहरूलाई खबरदारी गर्छन्। टंकले मोफसलमा बस्ता सिनियर कलाकार भनेर जति नवपिँडी, दर्शक हाइहाइ पाउथे, आज राजधानीमा स्टेचमा लाइट र ध्वनीमा काम गर्दा रङ्गमञ्चमा धेरै सिक्न बाँकी छ रे टंक टाइगरले। ‘जिन्दगी नै रङ्गमञ्चलाई समर्पण गरी आएको छु।’ टाइगर भन्छन्,–‘म एक दिन नेपालकै दिगन्त रङ्गकर्मी भएरै छाड्छु।’ सुनिल पोख्रेल, लय संग्रौला, राजन खतिवडालगायतका अन्तर्राष्ट्रिय छविका रङ्गकर्मीको छत्रछायामा पुगेका उनै टंक टाइगर साउन २७ गते युवा दिवसका दिन पुलचोकमा प्रधानमन्त्रीलगायतका विशिष्ट ब्यक्तित्वको उपस्थितिमा आफ्नो शब्द अभिनय प्रस्तुत गर्दा वहाँहरूको नयमा आँसु छछल्की भावुकता देख्ता आफू सफल हुन्छु भनी आत्मा विश्वास जागेको बताउछन्। अभिनयको मार्ग निर्देशन मह जोडी मान्ने मिनी आज प्रत्येक हप्ता उनै मह जोडोसँग भलाकुसारी गर्छन्। उनीहरूसंगै पाठशालामा टेलिसिरियल तथा विभिन्न विज्ञापनमा अभिनय गर्छन्। मोफसलमा रहदा अग्रजको त्यती माया नपाएको उनी आज आफ्नो कुशल अभिनयबाट सबैको मन जितेका छन् र त उनी रङ्ग मञ्चमा टाइगर बनेका छन्। सबैको हाइहाई गर्दै पहिलो रोजाइका कलाकर्मी बनेका छन्। उनको अभिनय हाँस्य विद्या हो। तर कलाकार भएपछि सबै क्षेत्रमा सशक्त हुनपर्दोरहेछ भन्दै आफैले विभिन्न नाटकहरू लेखन÷निर्देशन गरेको उनी बताउँछन्।

बेमौसम

लिला निरौला
आज विहानै सबै मान्छेको मुहारमा खुसी छाएको छ। मौसम पनि सफा सुन्दर छ, सिमसिम परेको पानीका थोपा भदौरे घामले सुक्न पनि पाएको छैनन्। आज देश ठूलो अनिष्ट हुनबाट बचेको छ। सबै चौतारामा बसेर हर्ष विभेर साथ खुसी साटासाट गर्दै छन्। विहानको चिसो चिसो हावा मन्दमन्द घाम प्रकृती नै हाँसे दिएकी छन्। १२÷१५ बर्ष पछाडिको हाँसो प्रकृतिको एकदमै मनमोहक थियो। आज साच्चै नै नेपाल आमाले कयौ आफ्ना सन्तानको पीडा भुलेर मुस्कुराई रहेकिछिन्। उनका आफ्ना सन्तान आफ्नै काखमा अकालमा मरे । उनले सन्तानको पीडामा रुन बाहेक केही गर्न सकिनन्। तर आज सम्पूर्ण दुःखलाई भुलेर हामीसँगै शान्तीको स्वास फेर्दै स्वतन्त्र भएर उल्लासका पखेटा फिजाइफिजाई हास्दै छिन् धर्ती माता । आज देशमा नया“ उमङ्ग छाएको छ। सम्पूर्ण सभासद् एकै ठाँउ बसेको बेला विद्युत सटभएर सवै सभासद्को एकै वास भएछ। कुनै पनि सभासद् बाच्न सफल भएनन् सबै जनाको एकै साथ राम नाम भएछ । देश चलाउने सबै सभासद् मर्दा पनि कुनै जनताको आँखामा पश्चताप र दयाको भाव छैन । सम्मूर्ण जनतामा खुसीको लहर छाएको छ । मानौ लोकतान्त्रिक गणतन्त्रको जन्म भएको झै लाग्यो। देशका यति ठूला नेताहरु एकै ठाँउ स्वाहा हुदा न त धर्ती माताको मन दुख्यो न जनताको नै । २÷३ बर्षको अवधिमा यो कपुत नेताले कति जनताको उडुस बनेर खुन चुसे देशको विकाश चुसे, देशको ढिकुटी सके। अन्तर्राष्ट्रिय छवी विगारे, आफूआफू झगडा गरे, सबै नराम्रा काम मात्र गरे, राम्रो कामको त थालनी नै गरेनन्। यस्ता नेता मर्दा कसको आँखामा आशु आउने ? दशौ हजार सन्तान मर्दाको पीडा सभासद्को मृत्युले मलम लाइन बत्ती धर्ति आमाले। देशका फोहोरी किराको नष्ट भयो अव देशलाई नयाँ नेतृत्व चाहियो। नेताको अत्यसंगै देशमा शान्ती र बिकासको जन्म भयो। यी नेता त नपुसक नै रहेछन्। विकास र शान्ती जन्माउन नसक्ने कलाकार, उद्योगी, पत्रकारहरु, नागरिक समाज मिलेर नयाँ सरकार गठन भयो। शान्ती र विकासलाई हुर्काए देशलाई ३ सय मिटरको दौडमा दौडाएर विकास र शान्तिका सन्ततीले सारा देश छाएको छ। विहान ५ वजे मोबाइलको आलम बज्दा थाहा पाए सपना पो रहेछ। उठेर निकै वेर घोरिए किन विउजेछु जस्तो लाग्यो।मेरो सपना साकार भएको आफैलाई धिकार्न थाले मेरो सपना साचो पो हो कि भनेर टि.भी. खोले हेरे । समाचार त आउने बेला भएको थिएन । फ्लास न्युज तल लेखेको थियो ‘हिजो राती सम्म पनि सहमती हुन सकेन।’ अव त नेता हो, जनता बाठा भएका छन् । अब कुन मुकुण्डा लगाएर आउछौ ? गाँउ तिमीहरुका साँडेले जनतालाई चुसेर खास्टो बनाएका छन्। साइकलका यात्रालाई पलसरको हुकाई बनाएका छन् र जनताले गाँस काटेर पालेका जनताका मान्छे हँु भन्नेलाई पनि कुर्सी नै प्यारो लाग्न थाल्यो। स्वाभिमान बेचेर सत्तामा पुगेका आदर्शवादीलाई त झन कुर्सीनै छोड्न मन छैन। आफ्नो अस्तित्व नै झन्डै गुमाएकालाई पनि कुर्सीनै प्यारो यो कुर्सी त देशलाई नै घाँडो भयो। म एकजना सर्वसाधारणले देखेको सपना सम्पूर्ण जनताले देखे भने नेताहरुको अस्तित्व खोज्न भारत र अमेरिका नै जानुपर्ला। तिमीहरुको आवाजमा उठ्ने हात तिमीहरुको लाचारी माथि बर्सिन सक्छ। अझ पनि हामीलाई झुक्यायौ भने नेता विरुद्धको प्रतिक्रान्ति जन्मन सक्छ।

सेविकाहरुको सेवामा उपेक्षा

गणेश लम्साल
तँपाईहरु सरकारले थप के सुविधा दिईयोस भन्ने चाहनुहुन्छ ? “सर हामीलाई झोला पुग्यो ,वरु हरेक वर्ष छाता र टर्चलाईट चाँहि दिएहुन्थ्यो नि , रातविरात पानी झरी नभनि हिँडनुपर्छ ,, दादरवैरिया उपस्वास्थ्य चौकिमा भेटिनुुुुभएका स्वास्थ्यस्वयंसेविका दयावती सरदार र घेपो राजवंशीले भन्नुभयो । उहाँहरुले प्राय कार्यक्रममा जाँदा झोला पाउनेगरेकोले अव झोला आवश्यक नभएको वताउनुभयो ।दयावती र घेपो दुवैजना गएको २० वर्ष अगाडिदेखि आफनो समुदायमा स्वास्थ्यस्वयंसेविकाको रुपमा सहयोग गरिरहनुभएको छ । चार कक्षा मात्र पढनुभएकी दयावती दादरवैरिया १ रंंगपुरवैरिया र ९ कक्षा पढनुभएकी घेपो दादरवैरिया ८ वजरंगवलीटोलका वासिन्दा हुनुहुन्छ । पहिले सजिलो होला भनेर गर्न थालेको भएपनि स्वास्थ्यस्वयंसेविकाको काम निक्कै गाह्रो भएको दुवै जनाको अनुभव छ । वीना पारिश्रमीक स्वयंसेविका भएर परेकोवेला दिनरात घामपानी र घरको कामसमेत नभनी गाउँमा आधारभुत स्वास्थ्य सेवावाट वन्चित भएका गाउँलेहरुकालागि खटिरहनुपर्छ । गाविसले दिने मासिक २ सय भत्ता र वेलावेला तालिमहुँदा पाउने भत्तावाहेक सरकारले स्वयंसेविकाहरुको लागि कुनै पारिश्रमीकको व्यावस्था गरेको छैन । तर पनि उहाँहरु दुवैले हातगोडालागुन्जेल समाजमा स्वयंसेविका नै भएर सेवा गरिरहने अठोट गर्नुभएको छ । किन त ? घेघो र दयावती दुवैजना भन्नुहुन्छ भन्नुहुन्छ, ‘समुदायमा राम्रो काम गर्नुपर्छ भनेर धेरैलाई वुझाएर उदाहरण वन्न ।’ सरकारले ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यचौकिसम्म ल्याएर उपचार गराउने वानी वसाल्न र मातृशिशु सुरक्षा दिदै मृत्युदर कम गर्न २०४६ सालदेखि यो कार्यक्रम संचालनमा ल्याएको हो । यो कार्यक्रम अन्र्तगत हरेक नगरपालीका र गाविसका सवै वडामा एकजना स्वास्थ्यस्वयंसेविका परिचालन हुदै आएका छन । स्वास्थ्यस्वयंसेविकाहरु गाउँमा स्वास्थ्य सम्वन्धि सुचनादिने खम्वाहरु नै हुन, दादरवैरिया उपस्वास्थ्य चौकिका अहेव सुरेन्द्र प्रसाद शाहले वताउनुभयो । उहाँले गाविसका सवै वडाहरुमा स्वयंसेविका परिचालन हुनथालेपछि स्वास्थ्यकेन्द्रमा विरामी आउने र गाउँलेमा स्वास्थ्य सम्वन्धि चेतना पनि वढेको वताउनुभयो । सरकारले गर्भवती महिला र शिशुको मृत्युदर कम गर्नका लागि स्वास्थ्य केन्द्रसम्म ल्याएर सेवा लिने वानी वसाल्न महिला स्वयंसेविका परिचालन गरेको थियो । तर हाल आएर उनीहरुको काम प्रभावकारी हुन थालेपछि र सञ्जालपनि भरपर्दो भएपछि परिवार नियोजन , झाडा पखाला , खोप , पोषण , सरुवा रोेगको रोगथाम , प्रजनन स्वास्थ्य , क्षयरोग , वालरोग र नवजात शिशु सुरक्षा लगायतका स्वास्थ्यसेवाहरुको परामर्श र प्रदानकालागि पनि स्वास्थ्य स्वयंसेविकालाई नै परिचालन गर्न थालेको छ । कार्यक्रम वढेसँगै हरेका गाविसका स्वास्थ्यसेविकाहरुको व्यस्ततापनि वढन थालेको छ । पहिले कार्यक्रम ल्याएर पैसा खाने भनेर आरोप लगाउनेहरु पनि आजकल उनीहरुलाई सम्मान गर्न थालेका छन । घेपो र दयावतीले पैसा कमाउन नपाईने स्वयंसेवामा लागेको भएपनि आफुहरुलाई गर्व स्वास्थ्य सेविका हुनपाएकोमा गर्व लागेको वताउनुभयो । भन्नुभयो – कहिलेकाहिँ त छोडिदिउँ जस्तो पनि लाग्छ तर समुदायले सम्मान गर्न थालेकोले जिम्मेवारीले झस्काउँछ ।’ उहाँहरुका अनुसार गाउँलेहरुले सुरक्षित मातृत्वकालागि आकस्मिक कोष वनाउन र स्वास्थ्य परामर्श माग्न आउनेक्रम वढकोले आफुहरुलाई जिम्मेवारीवोध भएको घेघो र दयावतीले वताउनुभयो । उहाँहरुको भनाईअनुसार, पैसाको अभावले उपचार नपाएकाहरुलाई आफुहरुकै पहलमा अस्पतालसम्म पुरयाएर उपचार गराउन सफल भएकोमा दुवैलाई समुदायकालागि केहि गरेको जस्तो त लागेको छ तर सरकारी सेवामा अ झै सेविकाहरुलाई उपेक्षा भएको च ाँ ही उहाँहरुलाई चित्त वुझेको छैन । मोरंग दर्वेशाकी सेविका सरस्वती कर्मकारले पनि आफुहरुले सवैलाई निशुल्क परामर्श सेवा दिनेगरेको भएपनि आफुहरुको उपचार गर्दा चाँहि पैसा तिर्नुपर्ने भन्दै सरकारले आफुहरुलाई सेविका हैन , नोकर वनाएको गुनासो गर्नुभयो । उहाँ अरुल ाइ निःशु ल्क स्वस्थ्य सेवादिने सेविकाहरुले पनि सवै उपचार अस्पतालहरुकामा निःशुल्क पाउनुपर्नेमा जोड दिनुहुन्छ । त र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ ज नस्वास्थ्य अ िधक ृत नवराज सुव्वा चाँही सरकारले नै नीति नल्याएकोले निशुल्क स्वास्थ्य सेवा नपाएको वताउनुहुन्छ । स्वास्थ्यस्वयंसेविकाहरु समाजका सुचना प्रवाहक पनि हुन । स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँको सानो डाक्टर नै मानेहुन्छ , अहेव शाह वताउनुहुन्छ । खासगरि शिशु र वाल स्वास्थ्य तथा गर्भणी महिलाहरुको उपचारकालागि उनीहरु विशेष सहयोगी वन्दै आएका छन । साधारण पढलेखा गरेका ग्रामीण महिलाहरुले समुदायमा घुमेर वच्चाको श्वासप्रश्वासको रेकर्ड जाँच्नु , उपलव्ध गराएको औषधि ख्वाउनु , स्वास्थ्यसेवा सम्वन्धि सुचना समुदायमा प्रवाहगर्नु र परामर्शदिनु सानोतिनो उपलव्धि हैन । सरकारले स्वास्थ्यसेविकाहरुलाई थप सुविधा र सम्मान दिएर उनीहरुको हौसला वढाउन पनि आवश्यक छ । हुन पनि महिला स्वास्थ्य सेविकाहरु नवजात शिशु स्याहार र मातृ सुरक्षा कार्यक्रमका खम्वा नै हुन । उनीहरुले समुदाय स्तरमा व्यवहार परिवर्तन गराउन र सरोकारवाला संस्थाहरुसँग समन्वय गर्न पनि निक्कै सघाउ पुयाईरहेका हुन्छन ।

साझा फूल बनेको छ माला

त्रीलोचन कोइराला
पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही क्रममा प्रवासमा कठोर परिश्रम गरिरहेका साहित्य अनुरागिहरुले साहित्यका विविध विधालाई एकै संग्रह बनाई संयुक्त कृति ँमाला” बजारमा ल्याएका छन् । जसको संयोजनमुखी भूमिका खेलेको छ सयौं थँगा साहित्यसमाज युएइले ।
मानिसको यथार्थ जीवनलाई साहित्य मार्फत विभिन्न ५५ जना श्रष्टाले माला मार्फत आ आफ्नो अभिव्यक्ति पस्किएका छन् । भौतिक रुपमा मात्र होइन भावनात्मक रुपमा ल्याउने परिवर्तनलाइ पुस्तकले विषेश ध्यान दिएको छ । प्रत्येक विधामा विदेशिने नेपालीका पीडाहरु विदेशिएपछिका सुख र सहजताहरु विदेशिने वित्तिकै छातीमा उव्जिने राष्टियता प्रतिको आत्मीयतालाई उजागर गरेको ।
नेपालभित्र र नेपालबाहिरको साहित्य सिर्जनामा केही भाषिक भिन्नता रहन्छ भन्ने प्रतिनिधित्व यस माला” संग्रहले गरेको छ । यसमा विशेषत परदेशीन पर्ने बाध्यता परदेशिएपछिको आफ्नो राष्टियता प्रेम र अतितको सम्झना साथै परदेशीएपछिको दोस्रो खुशी मिलन पीडा रोदन र दुखलाइ अरत्यन्त मार्मिक रुपमा पस्किएको छ । साहित्यिक श्रष्टाहरुले विभिन्न विषय मध्ये रोल्पाका डोल ब। बुढाथोकी लेख्छन् …
'हे देशका युवा हो उठ अब जानुपर्छ'
'दासी बनी बस्न हुन्न नेपाल तिर लाग्नुपर्छ ।
उनि प्रतिनिधि मात्र हुन मालामा बुढाथोकी जस्तै प्रायको एकै भावना उत्पेरित छ देश प्रतिको चिन्ता र विगतमा नेपाली भई गर्वका साथ बाचेको सत्यता । भिन्न भिन्न सैलीले प्रस्तुत गरीएका रचनाहरुमा १८ गजल१६ कविता५कथा लगायत मुक्तक संस्करण हाइकु लघुकथा लगायत लेखहरु छन । विदेशीनु पर्दा यहा हुने कटुसत्यतालाई प्राय संस्करणलघुकथाले उजागरण गर्न खोजेको छ रमेश खडका महंगो माया सस्करण मार्फत लेख्छन विहान कुर्थासरुवाल लगाएर कृक पार्क मा भेटीएकी उनी साँमु अर्कै युवक सँग जिन्स पेन्ट लागाइ रमादापार्कमा िहंड्दै थिइन् । खड्काको संस्करण अन्तरआत्मा देखि प्रस्फुटन भएको सत्य हो भन्ने छुट्याउन सकिन्छ । परदेशमा युवा जमातको भिडले गर्दा पनि प्रेमको राम्रो चलखेल रहने बेला बेलाको चर्चालाई अर्का गजलकार कृष्ण पोखरेल ले आफ्नो तितो सत्य लेख्छन ः
नलाउ क्यारे माया पि्रती डर लाग्छ मलाई त
पि्रय भन्दा शत्रुकै भर लाग्छ मलाई त ।
माला धेरै नव आगन्तकहरुले लखीएको भए पनि केहि रचना लाग्छ नेपाली साहित्यमा गहकिलो उपस्थिती हुन सक्छ । शुभचिन्तकको वास्तविकता समिर अधिकारीको यौवन एक खडेरी अनप जोशीको अस्तित्व बोध विद्या सापकोटाको स्वास्नी मान्छे सुविसुधा आर्चयको सम्मुैता बन्दीपरे माइलो को नया बर्ष माम्जार पार्कमा पठनीय तथा मार्मिक खालका छन् । त्यस्तै कमल कार्की दीपदर्शन रिन गिरी डोलराज भुर्तेल इन्दिरा प्रयास स्तरहङ बान्तवा ँजलन”आदि अवसर पाएमा गजलको फाँटमा गहकिलो उपस्थिती जनाउने प्रतिभा देखीन्छन् । जहा रहेपनि नेपालीले नेपालीहरुको आफ्नोपन भाषा संष्कृति राष्टियता प्रेम बिछोडलाई भावनात्मक रुपमा सधैं उल्लेख गरिरहने संकल्प सहित आएको कृति ँमाला” नेपाली साहित्यको फाँटमा एक दरिलो इटा बनेको छ । पुस्तक पहिलो सस्करण भएको ले सामान्य भाषिक समस्या देखिएको छ तथापी साहित्यिक उठानमा गौण बनेको छ । आगामी सस्करणमा अमु ब्याबस्थित गर्दै जाने प्रणलाई विश्वास गर्दा पुस्तक उत्कृष्ट छ । सयौ थुँगा साहित्यिक समह यु।ए।ई। बधाईको प्रात्र बनेको छ । परदेशिएकी दमककी साहित्यि चेली ँइन्दिरा प्रयास” को यो प्रतिनिधि हरफ ः
ँधैर्य गरी बस आमा लाली लिइ आउँछु
तिम्रो सामु बसन्तको लाली लिइ आउँछु ।”

यमन सुवेदीको गजल संग्रह “त्यसपछि मलार्य सोध...”


त्रिलोचन कोइराला 
समीक्षा
गजल लेखनको लागि उर्भर भूमि मानिन्छ, झापा जिल्लालाई । त्यसमा पनि दमक श्रेत्र त गजल काम हस्थीहरुको बसोवास गर्ने स्थान नै भने हुन्छ । गजलका चिरपरिचित नामहरु सुमित्रा वाङदेल “चेली”, प्र्रकाश आङदेम्बे, शिव प्रणत, मायामितु न्यौपाने, भूपेन्द्र्र तिम्सिना, बलिभद्र कोइराला, लोकेन्द्र बञ्जरा, केशव आचार्य, याम थुलुङ, कमल देवानलगायत जोडिन थालेको अर्को गजलकार हुन यम सुवेदी । यमन सुवेदी एक दशक अगाडिदेखि नै गजल सृजनामा लागेका हुन् । त्यसैमा आफ्नो जीवन समपर्ण गरिरहेका छन् ।

एक दशक बढीको यमनको संघर्ष, लगनशिलता, पीडा, रोदन उमङ्ग, खुसी आरोह अवरोहको मीठतीता अनुभवलाई उनै गजलका शेरमार्फत गजल संग्रह प्रकाशन गरेका छन् । प्रकाशन गजल नेपाल अनाम मण्डलीमार्फत यमन सुवेदीको गजल संग्रह “त्यसपछि मलार्य सोध...”

चिनिएका, छानिएका, त्यसमा पनि खारिएका गजलकारका गजलहरु “त्यपछि मलाई सोध...” एक उत्कृष्ठ संग्रह बनेको छ । जगजमा अनियन्त्रित बगेका वाढीलार्ई नियन्त्रण गर्ने प्रतिनिधि बनेकोे छ यो संग्रह । अझ सयम सान्धर्भिक यथार्थपन छ विकास छ । समस्या छ । सम्पूर्ण पाठकको लागि पठनीय छ । त्यसपछि मलाई नसोध संग्रह ।

६० गजलहरु रहेको संग्रह प्रकाशन गर्दा संग्रह मार्फत न उनले आफ्ना भनाई सार्वजनिक गरेका छन् । न त कुनै अग्रजसँग शुभकामना नै मागेका छन् । उनले मात्र आभार प्रकट गरेका छन् । गजलको मुल्याङ्कन गर्ने जिम्मा पनि पाठकलाई दिएको संग्रह स्रष्टा छापाखाना दमकमा मुद्रण गरेका छन् ।

गजल प्रतिनिधिमूलक छन् ।गजलले समय चिताएको छ जीवनलाई बुझाएको छ । शिेष प्रेमलाई दर्शाएको छ । समय सान्दर्भिक गजमा उनि लेख्छन् ।

जता छोए नि दुख्ने विरामी बनाको छ समयले
आफ्नो लासको आफै मलामी बनाको छ समयले

धरोधर्म देशकै लागि मर्छु भन्ने मान्छोलाई पनि
आफै बोक्सी आफै धामी बनाएको छ समयले

यसरी गजगमार्फत देश चिनेका छन् माटो सुगेका छन् यमनले । यथार्थ छ कालजई छ उनको गजलहरु । वास्तवमा गजल प्रेमको वर्णनको लागि नै हो । त्यसैले होला उनका बढी गजल कल्पनामा बगेका छन् । प्रेम वर्णनमा हुन् र सुन्दर सपना पनि देखेका छन् उनले गजलमार्फत । अलगअलग गजलमा उनी लेख्छन् –

बोटदेखि पात फूलसम्म तिमी
शुन्यदेखि जमात हुलसम्म तिमी

उनको दिन खोलेर मायाको प्रसंसा गरेको छन् । त्यसभन्दा अगाडि उनि लेख्छन् ।

नाम राखी थर छोड्ने के विचार छ यसपाली
साच्चै मन घर छोड्ने के विचार छ यसपाली

यमनले प्रसंसा, प्रस्तावसँग भविष्य पनि जङ्गलमा देखेका छन्, लेखेका छन्–

हाम्रो सानो घर हुन्छ त्यहाँसम्म सोचेको छु
जस्तो पिपल वर हुन्छ त्यहाँसम्म सोचेको छु

यी गजलहरु उनको प्रतिनिधि मात्र हुन् । गजल शव्द शव्दमा बगेका छन् । फूलको मगमगीझै बासनामा छन् । दियालो झै बलेका छन् । अझ भनै एक उदाहरणीय गजल बनेका छन् ।

मीठो गजलको सिर्जनामा लाग्नेहरुलाई समयमा गरिएको संग्रह आकर्षण कलरमा उत्कृष्ठ कवर डिजाइन अग्जन जवेगूले गरेका छन् । प्रकाश आङ्देम्वेको तस्वीर, याम थुलुङ र कृष्ण घिमिरेको कम्प्युटरको आकर्षक कामले नमुना नै बनेको छ । पुस्तक नगद ५० मा पाइने पुस्तकका शिर्षक आफ्नै उत्कृष्ठ गजलको शेरबाट राखिएको छ ।

एक्लै हिड्न पुललाई सोध त्यसपछि मलाई सोध
बाटो ह्नि तुललाई सोध त्यसपछि मलाई सोध

उनी


त्रिलोचन कोइराला
केही महिना अगाडि नै हो। म काठमाडौमा बस्थे। आफ्नो पारिवारीक कामले घर इलाम आउनु पर्ने भो। छाउनी कोठाबाट कलङ्कीसम्म साथी अविनयस“गै आइयो। त्यसबेला दिउ“सो ३ बजेको थियो। गाडीको टिकट गरियो। दमकसम्मको लागि मितेरी यातायातमा। ४ बजे मात्र गाडी आउने भएपछि साथीस“गै नास्ता गरियो। ४ः३० तिर गाडी आयो। गाडी चढाएर अविनय कोठातर्फ फर्कियो। म गाडीको आफ्नो सिटमा बस्न गए। आफ्नो सिट ६ नम्बरमा बसे। अर्को सिट खाली नै थियो। मनमनै आफ्नो साथी कस्तो पर्छ भन्ने चिन्ताले सताई रहेको थियो। मस“ग नयँ““ पत्रिका दैनिक थियो। त्यही निकालेर पढ्न थाले। कन्टेक्टरले २४÷२५ वर्ष लाग्ने सुगा कलरको कुर्था सलवार लगाएकी केटीलाई मस“गैको खाली सिटलाई देखाउ“दै बस्न लगाए। उनी अन्कनाउ“दै बसिन्। किनकी गाडीमा त्यही मात्र सिट खाली थियो। गाडीको कलङ्कीबाट ४ः४५ मा मात्र यात्रा सुरु भयो। म पत्रिका पढी रहे। सिटमा स“गै बसेकी केटी साथी आफ्नो सामान मिलाउन व्यस्थ थिइन्। उनले झोला यताउता सार्दा हातले मलाई ठोकिन्थ्यो। उनी सरी भन्थिन्। फेरि ठोकिन्थ्यो माफ गर्नु भन्थिन्। म हाँस्थे मात्र ठिकै छ भन्थे। गाडी थानकोटमा आइ पुग्यो। प्रहरीले चेक जा“च गर्न गाडी रोक्दा झ्यालमा पानीको बोतल उनले किन्न मागिन्। म झ्याल तर्फ भएको पानी महिले नै किने पैसा दिन खोज्दै थिइन्, मैले मानिन्। ‘लामो यात्रास“गै गरिदैछ यो पानीमा पनि तेरो र मेरो गर्नु पर्छ र ?’ पुरुष हुनको महान्ता बोले मैले। उनी मुस्कुराइन् मात्र, केही बोलिनन्। गाडी थानकोटबाट ओरोलो लाग्यो। घुम्ती नाघ्न थाल्यो। तल तलसम्म तलै तला देखिने बाटोहरु देखिन्थे। म प्रकृति नियाल्दै थिए। उ पनि साहेत त्यही। उनी अनायसै बोली कहास“म्म जानु हुन्छ दाइ ? उसले दाइ सम्बोधन गरिन्। ‘दमकसम्म’ छाटो उत्तर दिए। ‘तपाई नि ?’ प्रति प्रश्न तेर्साए मैले। ‘इनरुवासम्म।’ हामी हाम्रो बोलचाललाई क्रमशः परिचय, जिम्मेवार पारिवारिकसम्म गर्ने भइसकेका थियौ साँझ ९ः३० मा मुङ्लिनमा खाना खादासम्ममा। १० बजेतिर गाडीले आफ्नो गन्तव्यतिर लाग्न तरखर गर्न थाल्यो। हामी पनि गाडीमा चढियौ। ‘म झ्यालतिर बसे है’ भन्दै उनी मेरो सिटमा बसिन्। म उनको सिटमा । गाडी क्रमशः अघि बढिरहेको थियो। ‘आम्मै कस्तो डरलाग्दो खोला’ उनी अतालिन्दै मेरो पाखुरा समाइन्। ‘त्रिसुली खोला भनेको यही हो।’ अध्यारो नै भए पनि गाडीको उज्यालो सडकका किनारामा बनाएको घरहरुको उज्यालोको सहायतामा मदन भण्डारीको जिप दुर्घटना भएको ठाउ“ मैले उनलाई देखाई दिए। उनले मदन भण्डारी भएको भए, देशले यो अवस्था नभोग्नु पर्ने थियो नि ? उनीलाई मन पर्ने नेता हो रे मदन भण्डारी। गाडीका सबै यात्रुहरु प्राय निदाई सकेका थिए। त्यस बेलासम्ममा मात्र हामी एक अर्काको गफमा व्यस्त थियौ। ड्राइभरले भित्रका सबै बत्तिहरु निभाएर मधुरो स्वरमा नेपाली लोक गीत लगाउ“दै आफ्नै गतीमा गाडी हा“की रहेका थिए। हामीबीच कहिले फिल्मी गफ त कहिले राजनीतिक गफ त कहिले पारिवारीक गफ हुन्थे। एक सहकारीको जिम्मेवार पदमा काम गर्दिरहेछिन्् उनी। व्यावहारिक पक्ष पनि अनुशासित संयमित नै थियो। बोलीमा वैद्धिकता थियो। रातको ११ः३० हु“दा हो। हेटौडा आउनै लागेको थियो। पुल नजिकै गाडीहरु लाम लागेर बसेका रहेछन््। त्यहा“ हाम्रो गाडी पनि लाइनमा बस्यो। गाडीका कर्मचारीहरु, केही यात्रुलाई गाडीबाट उत्रे। थाहा भो अगाडि एउटा ट्रक बाटामा नै पल्टिएछ। दुबैतर्फका गाडीहरु पालैपालो गरी आ–आफ्नो तर्फ अगाडि बढिरहेका रहेछन््। हामी यात्रुले भने बमोजिम ३० मिनेट बढी समय यसरी नै बस्नु पर्ने भयो। ‘यहा“ के गर्नु जाऊ हामी पनि अगाडि’, उनको मनसाय गाडी जाम कहा“सम्म छ हेर्ने थियो। हामी गाडीबाट उत्री अघि बढौं। बाटा भरी गाडीका लाम जङ्गलको बीच, बदाम, चाउचाउ, पानी बिक्री गर्ने व्यापारीको आवाज यात्रुहरु सडकमा यत्रतत्र छरिएर बसेका आ–आफ्नो धुनमा गफिरहेका थिए। उनले चिजबल खरिद गरिन्। चिजबल खा“दै हामी क्रमशः अघि बढ्यौं। अपचित हामी यो ६ घण्टाको स“गै बसाईमा बर्षौ पुरानो मित्रताझै नजिकी सकेका थियौ। उनले मेरो दा“या हत्केला समाएकी थिइन् अर्को हातले चिजबल। हामी दुबै चिजबल निकाल्दै खा“दै थियौ। बाटाका दा“या बा“या बसेका यात्रु हामी दुईलाई हेर्थे। त्यस प्रति हामीलाई कुनै प्रवाह थिएन।ट्रक पल्टिएर बाटो एकापटी थुनेको रहेछ, गाडीहरु आलो पालो गरी जा“दा रहेछन््। त्यतीनजेलमा हाम्रो गाडी पनि त्यहा“ आइपुग्यो। १५ मिनेट गाडी अगाडि बढेपछि हेटौडा बजार आइपुग्यो। त्यहा“ त गाडी नै गाडी पो रहेछन््। गाडीको हुलमा हामी पनि मिसियौ। थाहा भो ३० किमी अगाडि गाडीले मानिसलाई किचेर स्थानीयबासीले गाडी बन्द गरेका रहेछन््। एक बजेको थियो। बिहानसम्म गाडी अघि नजाने हल्ला भो। ‘नेपाल यस्तै भएर अगाडि नबढेको, जे गरेपनि बन्द हड्ताल’ उनले आक्रोस पोखिन्। ‘बिरोध गर्ने अरु उपाय पनि हुन्छन्् होला नि’ उनको भनाईमा अरु यात्रीले पनि समर्थन गरे। बाहिर जाउ न ल उनले नम्रतापूर्वक मलाई अनुरोध गरिन्। हामी बाहिर निस्कीऊ। उनलाई पिसाव लागेका रहेछ। हामी दुबै वसपार्क पूर्वपट्टिको सार्वजनिक शौचालय गयौ। खुल्ला चौर कुनामा शौचालय, मानिस बस्न बनाएको प्रतीक्षालय सुशासन ठाउ“। त्यही बस्ने सल्लाह भो हाम्रो। प्रतीक्षालयमा डोरीमार्फत बनेको एक प्रकारको खाट रहेछ। हामी त्यही बस्यौं। प्राय एक अर्का स“गस“गै जोडिएर नै बसेका हामीलाई कुनै कुराको प्रवाह थिएन्। तपाईको यो हात के ले काटेको ? मेरो हत्केला समाउ“दै मेरो पुरानो घाउको खोटलाई छामेर उनले सोधिन्। सडकबत्तीके मधुरो प्रकाशमत्र हामीलाई चिमाईरहेको थियो। ‘रुखबाट लडेर’ छाटो उत्तर दिए मैले। शरिरको दाया भाग प्रया म माथि थियो उनको। मेरो हातमा रहेको पत्रिका मानि उनले। कनि ? मैले सोध। ‘कस्तो गर्मी यो हम्कीन’ म नै हम्की दिन्ुछ नि। पत्रिका नदिने योजना थियो मेरो, पत्रिका भित्र मेरो दैनिकी डायरी पनि थियो। ‘नाई दिनु न म आफै हम्कीन्छु। ’ उनले पत्रिका खोस्न थालिन्। म आफूतर्फ नै राख्न चाहन्थे। दुबैबीचको तानातानकको हलुका त्यो डारीको खाट पल्टियो। उनी आतिन् र मलाई अंगालो मारिन्। उनको शरिर मलाईसँगसँगै लड््न पु¥यौं। उनी तल र म माथि खुल्ला एकान्त ठाउ“मा लडियो। उनको दुबै हातले मलाई अ“गालो मारेको थियो। मेरो पुरै शरीर उनी माथि थियो। उनले लजाउ“दै मुस्कुराइन्। तर अंगालो भने हटाइनन्। मलाई आफलार्ई अफ्ठारो लागि रह्यो। विस्तारै मेरो ओठ उनको गामा लगेर माया गरे मैले। ‘छया तपाई त कस्तो मान्छे नसोधी यस्तो गर्छन् ?’ अंगालोबाट हात हताउदै उनी बोलिन्। म उनीमाथिबाट उत्रिए। र बस्द भने–‘यस्तो रोमान्टीक बेला पनि सोध्छन्् र ?’ उनी पनि उठेर मेरो कानमा समाउदै मस“ग टासिएर बसी यो चै तपाईंलाई सजाय है भनिन्। ‘ल ल आफै गल्ती गर्ने मजाले बसेको मलाई अंगालो हालेर लडाउने उल्टै मलाई सजाय दिने भन्दै मैले उनको गाला चिमोटी दिए। ल ल मेरै गल्ती भो। मलाई के सजाय दिनु हुन्छ। उनको दुबै हात मेरो कुममा चढाएर उनको टाउको मेरो टाउको ठोक्काइन्। म अक्मकिए...। अ तिमीलाई सजाय। ल यहा“ मलाई माया गर मेरो अनुहार अघि बढाए। उनी लजाउ“दै मेरो गालामा किस गरिन्। दुबै हातले आफ्नो अनुहार छोपेर तपाईलाई पख्नु न, भन्दै मरो काखमा आफूलाई लुटपुटाइन्। म विस्तारै लामो कपाल विस्तारै समसमाए। तिमीलाई लजाउदा त कस्तो राम्री देखिदोरहेछ। जिस्काए। ‘होला होला भन्दै कर्के नजरले हेर्दै मेरो काखमा नै सिरानी लगाएर उनी सुतिन्। मेरो हत्केला उनको केश हुदै उनको अनुहार, ओठ चिउडो, घाटीसम्म सलबलाउन थालको थिए। उनले आ“खा चिम्लिएको थियो। अस्पस्ट स्वरमा के गर्नु भएको मात्र भन्थिन् उनी। नजिकैको बसपार्कको ठूलो आवाजले हामी समालियौ। हतार हतार हाम्रो गाडीमा आई बस्यौं। गाडीमा हामी दुईलाई नै पर्खिएर बसको रहेछ। सबै यात्रुले नजर हामी प्रति शङ्खालु थियो। गाडी यात्रा सुरु भयो त्यसमाथि हामीले जीवनको कुरा ग¥यौ। विस्वास बिछोड, समाज र भविष्यको कुरा ग¥यौ। त्यस रात हामी एक झिमिक्क पनि निदाइनौं। गाडी आफ्नै गतिमा बढी रह्यो। हामीलाई गाडीको दगुराईस“गै विछोडले तड्पाउन थालिसकेको थियो। एक अर्काको अंगालेमा बेरिएर फेरि भेट्ने बा“चा ग¥यौ पनि। सिरहा, सप्तरी, सप्तकोशी हु“दै अगाडि बढी रह्यो। उनीस“ग बिछोड हुने अन्तिम स्थल इनरुवा आइपुग्न लागेको थियो। उनीको दुबै आ“खा रसाएका थिए। उनी बिछोडको तड्पाईमा थिइन्। म पनि कम थिइन। उनलाई मैले अन्तिम पटक गालामा माया गरे। उनले पनि त्यसै गरिन्। उनले आफूलाई सम्हाल्न सकिनन् र आफ्नो शरिर छोडिन र मेरो बाहुपासमा सुकसुकाइन्। बिछेड निच्चित थियो। उनी इनरुवामा मन थाम्भ्न नसकी नसकी उत्रिन। हाम्रो गाडी गाडी क्रमशः अघि बढ्यो। म झ्यालेबाट हेरी रहे उनलाई वर वर सम्म। जहा“ उनलाई देखिन्न थियो। त्यहासम्म उनलाई हेरिरहे।

कथा


यति चिसो रुपमा हावा बँहदैछकी मानौँ, अबको केहि छिनमै हिउँको बर्ष हुनेछ । यस्तो प्रकारको जाडोले सम्भव् त जुनसुकै प्राणीका मुटुहरु काँप्न के बेर ? यहि चिसो बतास्लाई सहँदै बस्तीका सारा मानिसहरु चुपचाप निदाइरहेका छन् । एउटै छैन मान्छेका चहलपहलहरु । बेला बेलामा यसो दुईचार वटा कुकुरहरु भुक्छन् । यस्तै छ आज यो रातको विशेषता.......।
बस्तीमा पनि होचो सबैभन्दा सानो घर तर फराकिलो आँगन थुङ्गा–थुङ्गा फूलले सजिएको आँगन जसले बँगैचालाई पनि गिज्याइरहेको छ । त्यो घरको सुन्दरता उज्यालोमा मात्रै देख्न सकिन्छ । यो रातको अँध्यारोमा सुन्दरता लुकेको छ त्यो घरको । त्यहाँ रातको समय सधै मधुरो बत्तिको उज्यालो टाढाबाटै देख्न सकिन्छ । आज पनि कोठा भरि धमिलो प्रकाश छरेर त्यो बत्ति त्यसरी नै बलिरहेको छ । ऊ र त्यही कोठामा सुत्छ । लाम्चो अनुहार, रातो बर्ण, ठूलो चम्किलो आँखा, उचाई अग्लो घाँटीमा मालाको रुपमा यौटा पाना आकारको लकेट छ । त्यस लकेटको बिचमा अंग्रेजी शब्दमा ‘ब’ लेखिएको छ । लकेटले उसलाई सुहाएको छ तर त्यो उसलाई कसैले दिएको हो तर निकै बर्ष पहिले । हावा चलिरहेको हुँदा अलिकति हावाको वेगहरु त्यो खुल्ला झ्यालबाट भित्र पसेर धमिलो प्रकाश छरेर बलिरहेको त्यो बत्तिलाई राम्ररी बल्न दिएकै छैन । तर पनि झप्झपाउँदै बलिरहेको छ । बत्तिको उज्यालोले भरिएको त्यो कोठा अनि बाँसले सेन्टिबेरा गरिएको घरको भित्तामा ‘उसको’ आकृति छायाँको रुपमा चटपटाएको स्पष्ट देख्न सकिन्छ । उसको अगाडि यौटा टेबुल छ । उ टेबुल अगाडिको खाटमा छ । टेबुल निलो पर्दाले ढाकिएको छ । त्यो टेबुलको बारेमा भन्नु पर्दा समग्रमा व्यवस्थीत छ । टेबुलमा एउटा रक्सीको बोतल साथै एक पिस फोटो पनि (उसको प्रेमिकाको) र एउटा खाली गिलास छ । त्यो गिलासमा उसले रक्सी खन्याएर भरि बनाउँछ वा त्यतिकै खाली राख्छ त्यो उसले निधो गरेको छैन । बोत्तलको पिउनु अघि उ निकै उदाश हुन्छ तर जब बोतलको पिउँछ अनि एक्लै आफु हाँस्छ तर आँखा उसको रसाई हाल्छ । एउटै मुहारमा एकै चोटी आँशु, हाँसो र उदासीपन कत्ति अनौठो दृश्य हो त्यो । त्यस अनौठो दृश्यलाई यस कुराले झन् अनौठो बनाउँछ । टेबुलमा कोल्टेरुपमा ढल्केर टाउको टेबुलमा घस्दै आफ्नो हात टेबुलमा बजार्छ अनि रुञ्चे आवाजहरु निस्कन्छ । मानाँै मसिना केटाकेटीहरुले आफुले मागेको चीजहरु नपाउँदा घुर्की देखाउँदै धुलोमा लडिबडी खेलेको होस् यसरी नै बुझ्न सकिन्छ । त्यस यथार्थलाई उमेरले लगभग उ झन्डै ४० बर्षको हाराहारीमा छ । उसको यस्तो चाला निकै बर्षौदेखि रहँदै आएको छ । जहाँ चोट हुन्छ जरुर त्यहाँ धारिलो हतियारको प्रहार भएको हुन्छ उसका विगतलाई हेर्ने हो भने ऊ मिजासिलो चञ्चले सरल अनि स्वतन्त्ररुपले खुल्ला निलो आकाश र धर्तिको विचमा रमाएर उड्ने पन्छी जस्तै खुल्ला रुपमा रमाउन चाहान्थ्यो । ओइलिएका फुलहरुमा रस भरेर भमरा पुतलीहरु लोभ्याउन सक्थ्यो । तर आजकल त खाली बन्दकोठामा एक्लै रमाउने प्रयास गर्छ । तर सधै असफल हुन्छ उसका लागी आज बगैचाका थुङ्गा–थुङ्गा फूलहरुले सजिएको शान्तरुपले पवित्ररुपमा बालेका दियोहरु मात्र बाल्छ । जसलाई आस्थाको केन्द्रविन्दु मानिन्छ ।
समग्रमा त्यो स्वर्गको एउटा सानो टुक्रा सब बेकार भएको छ जसका लागी उसले स्वर्ग रच्यो, जसलाई त्यहाँ सजाउन चाहान्थ्यो उसैले उसको मुटु र मन चुडेपछि त्यो स्वर्गबाट उ बिरक्तिएको छ । कैयौँ सपनाहरु थिए तर दुर्भाग्य ति सपनाहरु त उसकै प्रिय पात्रद्वारा पो चकनाचुर पारिएछ । आज आफ्नो लागी मात्र नकल्पेर केवल उनको लागी पनि कल्पेको संसार जसलाई उ यथार्थमा बदल्न सक्थ्यो तर पुरा नहुँदै उनीबाट उसले कल्पेको संसारमा आगो लागेको छ । उ अध्यारोमा निदाएर विहानको उज्यालोमा ब्युझिन चाहान्थ्यो तर उसलाई कसैले अध्यारो मै व्युझाएर घायल पारिदियो । उ चाहान्थ्यो कि आगो लागेपछिको बाकी खरानी पनि मेरै संसारको हो त्यही खरानी भए पनि टिपेर संगालु । तर त्यो पनि एउटा बेमौसमको हुरीले उडाएर उ बाट टाढा धेरै टाढा पु¥यायो । यो सब उसले हृदयदेखि नै गरेको साँचो पवित्र मायाको नतिजा हो ।
जुन आगोको लप्का भएर उसैमाथि चुही रहन्छ । त्यसबाट ऊ तड्पिन बाध्य हुनुपर्छ उसलाई लागिरहेको छ । कसैलाई माया गर्नु भुलरहे छ । माया गरेर बाँच्नु र नगरि बाँच्नुमा उसले आकाश जमिनको फरक भेट्टाएको छ । त्यस प्रकारको फरक उसले त्यस बेला देखि थाहा पाएको हो । जसले उसलाई करिब सोह्र–सत्र बर्ष पहिले उसको सिधा मायाको फाइदा उठाएर कठोर उपहार ‘चोट’ दिएर गइन् । धेरैलाई प्रायः हृदयमा लागेको चोेटको दुखाई थाहा छ । तर त्यस चोटको असर उसमा यसरी पर्न गएको छ कि, चोट त हृदयमा नै लागेको हो तर चोटले छिया–छिया भएको उसको हृदय शरिरको कुन भागमा छ, उसैलाई थाहा छैन । एउटा असाहाय गरिबले एकछाक टार्नका लागि जसरी छिमेकीमा चामल देलाकी भनेर सहयोगको अपेक्षासहित हात फैलाउँछ । त्यसरी नै उसको दुखाइको ग्रसित शरिर, मन, मुटुले पनि मलम पट्टिको हातले कोमलरुपले सुम्सुम्याई दियोस् मन्ने ठान्छ । त्यही अनुसार उ आफ्नै हातले दुखाई महसुस भएको ठाउँमा सुम्सुम्याई रहेको छ । तर आराम मिल्दैन किनकी उसलाई भित्रैबाट दुखेको छ । बस् उ हर साँझ तस्बीर नियालेर रक्सी पिएर उदाशीपनमा रात बिताउँछ । तर उ कहिल्यै मात्दैन सायद , अब उ मात्न चाहदैन पनि उसले आशगर्न छाडेन उसलाई आफ्नो चोखो मायामा विश्वास थियो । अझै पनि उनी म सगैँ आउने छिन भनेर तर आएन यदि आएकी भए उनलाई सहजै स्वीकाथ्र्याे किनकी उसले पहिलो चोटी मानव जीवनमा मान्छे हुनुको अर्थ बुझेर चोखो माया गरेको थियो । ऊ चाहान्थ्यो । तिमी त्यो घर त्यागेर म सगैँ बाँकी जीवन विताउ मेरो मायालाई स्वीकार म सगँ तिमीहरुको जस्तो ठूलो घर छैन तर ठूलो घरहरु भन्दा धेरै चोखो माया छ । यो त उसले चाहेको कुरो न हो तर आउन त के एक दिन पनि उनलाई उसले देख्न पाएको छैन । यदि देख्न मन लागेमा त्यही लकेट सुम्सुम्याउछ, तस्वीर नियाल्छ । पहिला बिताएका क्षणहरु स्मरण गर्छ र चित्त बुझाउ छ ।
उनीहरुको प्रेमको सुरुवात हुदाँ दुबैको संसार एउटै थियो । गोडाको चाल फरक भए पनि गन्तव्य र हिडने बाटो यौटै थियो । उनले उसलाई भनेकी थिइन ‘‘मोहन र यदि तिमी फूल भएको भए मलाई के भएको हेर्न चाहान्थ्यौ ?’’ मन्द मुस्कानमा मोहनको जवाफ निस्कियो । ‘तिमी पनि फुलै भएको हेर्न चाहान्छौ’ उनि तर्क गर्थिन ‘‘अ हँ तिमीले भनेको जस्तो हुन्न थेँ बरु भमरा हुन्थे । त्यस पछि दुबै टाउको जुधाएर हाँस्थे र एकछिन चुपरहन्थ्ये । त्यहाँ मौनता छाउँथ्यो त्यही मौनतलाई भङ्ग गर्दै पूनः मोहन बोल्थ्यो । ‘‘अनि म नदि भए तिमी चाँही के नि ?’’ मोहनलाई मायालु अंगालोले बेरेर हाँस्दै उनी जवाफ दिन्थिन् ‘‘म झर्ना हुन्थे मलाई झर्ना मन पर्छ र तिमी पनि झर्ना नै हुनुपर्छ । यदि नदि भयौ भने, म अग्लो छाँगा हुन्छु । अनि तिमी बग्दै आएर त्यसबाट खस्छौ । त्यस पछि तिमी पनि मलाई मन पर्ने झर्ना हुन्छौँ । ‘‘झर्ना नै किन ?’’ विना आवाज मायाको भावले सजिएको मुस्कानमा अम्रिता उत्तर दिन्थिन् ‘‘झर्नामा एकै चोटी सुन्दरता देखिन्छ नदिमा त म खासै सुन्दरता नै पाउँदिन ।’’ कति अकल्पनीय संसारको कल्पना थियो त्यो । तर, आज अम्रिताले साँच्चै फूलमा भमरा रस भइञ्जेल मात्र त्यहाँ झुम्मिन्छ तर ओइलिए पछि भमरा आँफै फूलबाट टाढा जान्छ भनेर भंमराको स्वार्थलाई स्पष्ट पारिदिइन् । फरक यति छ कि भंमराले रस चुस्दै गरेको फूल ओइले पछि अर्काे फूल भंमराले पाउँछ तर ओइलिएको फूलमा पूनः अरु पुतली, भंमराहरु आउँदैन । उनी आफुलाई भंमरा ठान्ने भंमरा नै रहिन् तर मोहन भने जस्तै मोहन झर्ना हुनसकेन । ऊ सोच्दछ । पानीको सुन्दर रुप के झर्ना मात्र हो ? सम्म वेगमा कलकलाउँदै बग्ने नदि अग्लो स्थानबाट खसेपछि त्यो झर्ना हुँदोरहेछ । तर झर्ना भएर खस्नु अघि सम्म वेगमा बग्नु पर्दैन र, उ आफ्नै मनसगँ प्रश्न गर्छ अम्रितालाई झर्ना भए तर नदिले नै समुन्द्र भेट् छ नदिमै सुन्दर मनमोहक छालहरु लहराउँछन् । त्यसैमा ढुङ्गा सैर गर्न सकिन्छ । यो सब नदिमा लुकेको सुन्दरता खोजे पछि भेटिन्छ । मलाई उनले नदि देखिन तर नदिमा लुकेको सुन्दरतालाई खोज्न चाहिनन् । मायाको चिनो स्वरुप अम्रिताले दिउको लकेट आजसम्म मोहनको घाटीमा सुरक्षित छ । के उसले दिएको माला पनि अम्रिताको घाटीमा सुरक्षित होला ? उनले के मोहनले जस्तै एक अर्काको कमीको महसुस गर्छिन ? मोहनको मायाको चिनो स्वरुप लकेटको ठाउँमा उनको श्रीमानको मङ्गल सुत्र होला, पहिले पहिले मोहनले समाएको र चुम्बन गरेको अम्रीताका हातहरुमा उसैको घरको व्यवहार होला । निश्चयनै अब भने मोहनको मायाको प्रतिकहरु अम्रितामा केहि रहेन । यस्तै कारणहरुले आजको यस्तो चिसो मौसममा पनि मोहनलाई हप्हपी गर्मी लागेको छ । उ गर्मीबाट मुक्त हुन चाहान्छ । यसका लागि उसले के के त्याग्नु पर्ने हो थाहा छैन । अघिसम्म अध्यारोमा बत्ति बलिरहेको कारण त्यहाँ पनि घर त रछ हैँ भन्ने हुन्थ्यो तर अहिले बत्ति निभाएको कारण पुरै अध्यारोले छोप्यो, मोहनको त्यो सानो घरलाई अहिले कुकुरहरु पनि भुक्न छाडे । सारा प्राणी मस्त निन्द्रामा छन् । हावाको गती पनि सुरुको जस्तै छ । यता मोहन भने आफ्नो पुरै भेषबदलेर साधुको लुगामा आँगनमा आयो । हातमा एउटा बलेको लाल्टीन पनि छ । उज्यालो लाल्टीन बोकेर आँगन बिच अभिइ घरको चारैतिर नियाल्छ । हेराईको भाव यस्तो छ की अब, सबै त्यागी सक्यो केहिको माया छैन । लाल्टीनलाई उसले आँगनकै रातो गुलावको बोटनिर बिसायो त्यस पछि माला खोलेर गुलावकै हाँगामा सिउरीदिन्छ ।
अम्रिताको फोटो त्यही लाल्टीन छेऊमा आफु तिर फर्काएर राखि दियो । त्यो फोटोमा अम्रिता हासीरहेकी थिई । एक क्षण त्यस फोटोलाई मोहनले नियाल्यो र आफु पनि विना आवाज मुस्कुरायो । त्यो हाँसो सगँसगँै मसिनो बोली मोहनको मुखबाट अम्रिताको जीवनको कामना सहित बोली छुट्यो ‘‘सधै खुशीले ज्युनु’’ यति भनेपछि मोहनको हाँसो बन्द भयो, उ शान्त रुपले मन्त्र जप्दै ‘‘ऊँ...ऊँ...। भन्दै उत्तरी जंगलतिर लाग्यो । उसले गृहत्याग मात्र नगरेर आज कसैलाई साँचो माया गर्दा सुन्दर संसारको माया प्रति पनि विरक्तीनु प¥यो । संसारको पनि मोह उनैको कारणले त्यागेर जोगी भएर हिँड्यो यता हावाको मन्द गतिमा गुलावको हाँगासगँँँँँँँै त्यसमा मोहनले सिउरीदिएको आफ्नी प्रेमीकाको लकेट हल्लिदै छ । हल्लिदा लाल्टीनको उज्यालोले बेला बेलामा लकेट बिच रहेका अंग्रेजी शब्द पनि देखिन्छ । लाल्टीनको उज्यालो धेरै मात्रामा मोहनले भुइँमा राखेको अम्रिताको हाँसीरहेको फोेटोमा परेको छ र त्यो लकेट हल्ली रहँदा यस्तो महसुस हुन्छ अम्रिताले मोहनलाई छाडेर अर्कैसगँ गए जस्तै आफुलाई चाँही (लकेटलाई) मोहनले छाडेर नगइदियोस् तर उ नफर्किएसी चिसो हाँवाको मन्द गतिमा गुलावको हाँगा सगैँ लकेट हल्लीरहेको छ, ह..ल्...ली...रहे..छ.., ह..ल्..ली..रहेछ ।’’

लाज लुकाउन आत्महत्या

 हरी कोईराला
 विराटनगर, कुमारी अवस्थामा नै आमा वनेको पोल खुलेपछि समाजमा इज्जत जाने डरले विराटनगरमा एक युवतीले आत्महत्या गरेकीछिन ।
मोरङको वयरवन २ घर भै विराटनगरको गोल्डेन पार्क कलेजमा ल्यावअसिस्टेन्टमा अध्यनरत २२ वर्षीया पुष्पा दाहालले सोमवार राती आफ्नै सलको पासो लगाएर भुण्डिएर आत्महत्या गरेकी हुन ।
विराटनगर ५ विमानस्थल नजिकैको जामुनगाछी टोलमा सोमवार विहान एउटा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको थियो । कुनै कुमारी आमाले जन्माएर छोडेको आशंकामा गाउँलेले शिशु प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले शिशूलाई कोशी अञ्चल अस्पताल विराटनगरमा जिम्मा लगाएको थियो । सन्तान नभएका दम्पतीले जिल्ला प्रशासन कार्यालयको सहमतिमा बेवारिसे शिशु पालनपोषणका लागि लगेको एक दिन पछि शिशुकी आमाले आत्मा हत्या गरेकी हुन ।
विराटनगरमा जीवित शिशु भेटिएको हल्ला फैलिए पछि एक जना व्यक्तिले शिशु जन्माएर फाल्ने महिलाको बिषयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले पुष्पालाई सोमवार अपरान्ह साढे ४ बजे जामुनगाछी बाट पक्राउ गरेको थियो ।
उनले गएको शुक्रवार राती कोशी अञ्चल अस्पतालको प्रसुति वार्डमा सुत्केरी गराएकी थिइन्् । कुमारी आमा भएकी पुष्पाले समाजमा इज्जत जाने डरले सुत्केरी भएको कसैलाई जानकारी गराएकी थिइनन् । आइतवार अस्पतालबाट डिस्चार्ज भएकी पुष्पा डेरामा एक्लै पुगेको सोही घरमा डेरागरी बस्ने मुगु घर भएका जयबहादुर भण्डारी बताए ।
विहान सोही गाउँमा बेवारिसे शिशु फेला परेपछि शंकाउपशंकाहरू हुनु स्वभाविक हो । किटानी जाहेरी परेपछि पक्राउ परेकी पुष्पालाई प्रहरीले अज्ञात व्यक्तिको रोहवरमा सोमवार साँझ छोडेको थियो ।स्थानीय वासिन्दाहरूका अनुसार साँझ साढे ७ बजेको समयमा पुष्पा आफ्नो डेरा पुगेकी थिइन । पुष्पा आफुले गरेको कमजोरी लुकाउदै इज्जत बचाउन खोज्दैछिन् । तर उनको वास्तविकता समाजमा छताछुल्ल भए पछि अन्तत पुष्पाले सोमवार राती नै आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
पुष्पा पक्राउ परेपछि इटहरीमा बसोबास गर्दै आएका घरधनी राजेश बिमलीले उनको कोठामा अर्को ताल्चा लगाइदिएका थिए । साँझ डेरामा फर्केकी पुष्पाले सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गाउँलेहरूले प्रहरीले पक्राउ गरेर परामर्श नदिएको र कसैको जिम्मा नलगाई छोडेका कारण पुष्पाले आत्महत्या गरेको आरोप लगाएका छन् । गाउँलेको भीडले मंगलवार अवेरसम्म प्रहरीलाई शव निकाल्न दिएनन् । इज्जत जोगाउन खोज्ने महिलाको मनोविज्ञान नबुझि प्रहरीले हेलचेक्र्याइ गरेकोले प्रहरीमाथि नै कारवाही हुनु पर्ने स्थानीय शिवप्रसाद पोखरेलले बताए । शिशु पुष्पाकै भएपनि जीवित भेटिएकोले उनको बिषयमा गोप्यरुपले अनुसंधान गरी परामर्श दिएको भए पुष्पाको ज्यान जाने अवस्था नरहेको स्थानीय वासिन्दाको भनाइ छ । प्रहरीको कमजोरीका कारण दुर्घटना भएको उनीहरूको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख सुमा कार्कीले सुत्केरी अवस्थामा शारिरिक अवस्था कमजोर भएका कारण पुष्पालाई सोधपुछ पछि रोहवरमा छोडेको बताईन । उनले जाहेरी परेपछि प्रहरीले जानकारी मात्र लिन खोजेको तर प्रहरीकै कारण घटना सार्वजनिक भने नभएको प्रतिक्रिया दिइन । लुकाइछिपाई सुत्केरी गराएका कारण त्यस्ता महिलाहरूको इज्जत जोगाउने बिषयमा प्रहरी सचेत हुँदाहँुदै पनि दुर्घटना भएकोमा प्रहरीसमेत दुःखित भएको निरीक्षक कार्कीले बताइन ।

भुवनले पाएको एक मौका पनि छोडेनन्


नायक भुवन के.सी. जहाँ पुगेपनि आफूले निर्माण गरेको सिनेमाको पश्लिसिटी गर्न छाड्दैनन् । उनको यो बानीले कहिले त ठिकै काम गर्छ । तर कहिलेकाहीँ भने धेरैलाई दिक्क पनि बनाउने गरेको छ । भुवनले बुधवार पाएको एक मौका पनि छोडेनन् । उनलाई एक कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।

काठमाण्डु सिनेमाको नाटक प्रतियोगितामा पुगेका के.सी. कतिबेला माईक पाईएला र सिनेमाको प्रचार गरौँला भनेर कुरेका जस्ता देखिन्थे । तर कार्यक्रम संचालकले कार्यक्रममा देखाईएको नाटक कस्तो लाग्यो भनेर सोध्दै उनी भएको ठाउँमा आईपुगेपछि उनलाई के खोज्छस् काना आँखा भनेजस्तै भयो । उनले आफ्नो सिनेमाको नाम लिनका लागि बिभिन्न बहाना बनाएका थिए । यसरी बहाना बनाउँदै जाँदा उनी लामो नै समय बोलेका थिए ।
बोल्ने क्रममा उनले भनेका थिए – ‘आकाशको काठमाण्डु पनि राम्रो बनेको छ हेर्नुहोला, अनि त्यसको लगतै मैले निर्माण गरेको साथी म तिम्रो पनि प्रदर्शनमा आउँदैछ । यो पनि राम्रो सिनेमा बनेको छ हेर्न नभुल्नुहोला ।’
यसरी सिनेमाका नाम लिउँ किन नलिउँ जस्तो गरी भुवनले आफ्नो सिनेमाको नाम लिएरै छोडे । जे होस्, मौका मा चौका हान्ने भुवनको बानीलाई पनि मान्नै पर्छ ।

छड्के हान्दै नम्रता

नायिका नम्रता श्रेष्ठ केही समय गुपचुप रहेपनि अहिले फेरि बिस्तारै बाहिर क्रममा रहेकी छिन् । जीवनमा भुल्न नसकिने सेक्स स्क्यान्डलले एकाएक हराएकी नम्रता अहिले सामान्य रुपमा फकर्ँदैछिन् । युवा पुस्तादेखि संचारमाध्यमले समेत नम्रतालाई राम्रै सहयोग गरे जसका कारण नम्रतालाई चाँडै नै पुनरागमनको लागि सजिलो बनायो ।
दुईवटा सिनेमा खेल्न नपाउँदै नम्रताको उचाई चुलिएको थियो । नयाँ पुस्ताले निकै रुचाएकी नम्रता अहिले पनि चलचित्र क्षेत्रमा निकै नै माग भएकी नायिकाको रुपमा चिनिन्छन् । यसैले पनि नम्रताको आगमन सहज रुपमा भएको छ, पुनः एकपटक । अहिलेसम्म नम्रताले चलचित्र ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’ र ‘मिस यु’ मा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘मिस यु’ रिलिजको क्रममा रहेको छ । चलचित्र ‘मिस यु’ ले हलसम्म दर्शक तान्यो भने त्यो नम्रताकै कारणले हुने बिश्लेषण पनि बजारमा नचलेका होईनन् ।

‘मिस यु’ को रिलिजको तयारीका कारण व्यस्त नायिका अब छड्के हान्न तर्फ लाग्ने भएकी छिन् । आखिर नम्रता के कुराको छड्के हान्न तयार छिन् त ? नम्रता कुनै सरकारी निकाय या सिनेमा क्षेत्रका बिभिन्न निकायमा छड्के हान्न तयार भएकी होईनन् । नम्रताले अब चौथो सिनेमामा अभिनय गर्ने पक्का भएको छ, जसको नाम ‘छड्के’ राखिएको छ । यो सिनेमामा नम्रताले अभिनय गर्नेछिन् । चलचित्र ‘छड्के’लाई निगम श्रेष्ठले गर्ने पक्का भएको छ ।

चलचित्रमा उनका साथमा चलचित्र ‘लुट’का चर्चित कलाकार सौगात मल्ल, दयाह्याङ राई र ‘ब्याच नम्वर १६’ का चर्चित खलपात्र अर्पण थापाले अभिनय गर्ने पक्का भएको छ । चलचित्र छड्केले नम्रता धेरै नै उत्साहित भएको बुझिएको छ । जे होस्, छड्के हान्ने तयारीमा रहेकी नम्रतालाई हामी त शुभकामना भन्दा अरु के नै दिन सक्छौं र ?

सुरु भएमको दुई वर्ष बित्न लाग्यो, काम आधा सकिएको छैन

राम योङ्हाङ
  गत वर्ष नै सक्ने भनिएको इलामको साँखेजुङ्ग स्थित नेपालटार उच्च माध्यमिक विद्यालयको बहुतले भवन दुई वर्ष बित्न लाग्दा समेत आधा काम सकिएको छैन । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मार्फत जिल्ला विकास समिति इलामले आर्थिक वर्ष २०६६÷६७ बाट निर्माण सुरु गरेको उक्त भवनको निर्माण गत चैत्र मसान्तमा नै सकिनुपर्ने भएपनि आधा पनि काम नभई बीचमै अलपत्र परेको हो ।
भवन निर्माणका लागि ३३ लाख रुपैयाँको टेण्डर परेको थियो । तर, टेण्डर परे अनुसारको रकम सकिएको भन्दै भवन निर्माणका लागि थप रकम चाहिने भएकाले निर्माणको काम अधि बढ्न नसकेको समाचार श्रोतले जनाएको छ । गत वर्ष नै भवन निर्माणको काम सकिनु पर्ने तर रकम अभाव भएकाले काम अघि बढाउन नसकेको भन्दै ठेकेदारहरु पन्छिने गरेको श्रोतको दाबी छ ।

भवन ३३ लाख रुपैँयाले सम्पन्न गरिसक्नुपर्ने भएपनि एक वर्षदेखि भवन अलपत्र अवस्थामा छ । के भएको हो, रकम सबै सकिया,े भवनको काम आधा भएको छैन । अब कस्ले र कहाँबाट रकम ल्याएर भवन निर्माण सम्पन्न गर्ने हो आफू नै अलमलमा परेको प्रधानाध्यापक रमेशकुमार बस्नेतले बताउनुभयो । स्टीमेट अनुसार निर्माण भईसक्दा सो तीनतले चार कोठाको हुनेछ ।

पूर्वाधार निर्माण नहँुदा पर्यटन व्यवसाय फष्टाउन सकेन

राम योङ्हाङ
पछिल्लो समयमा इलाम पर्यटकीय जिल्लाको रुपमा विकसित हुँदै गईरहेको भएपनि भारतसँग सीमा जोडिएका उत्तरी इलामका पर्यटकीय स्थलमा भौतीक पूर्वाधार निर्माण नहँुदा पर्यटन व्यवसाय फष्टाउन सकेको छैन । पर्यटकीय क्षेत्रका लागि आवश्यक पर्ने पानी, बिजुली, सडक लगायतका भौतीक पूर्वाधार निर्माण हुन नसक्दा व्यवसाय फष्टाउन नसकेको हो ।

नेपालतर्फ भौतीक पूर्वाधार निर्माण अभावमा त्यस क्षत्रमा नेपालीले भन्दा भारतियले राम्रो फाईदा लिईरहेका छन् । सो क्षेत्रमा पर्यटन व्यवसायका लागि आवश्यक पर्ने बिजुली, बाटोघाटो र पानीको राम्रो सुविधा नहँुदा समस्या रहेको स्थानीय व्यवसायी पासाङ्गतेम्बा सेर्पाले बताउनुभयो । त्यहाँका व्यवसायीले स्थानीय माई नदिको शिरमा रहेको कुवाको पानी बोकेर प्रयोग गर्दै आएका छन् ।

सन्दकपुर सूर्योदयसंगै कंचनजंघा, कुम्भकर्ण लगायत हिमश्रृङखला र नेपाल भारतका विभिन्न स्थानको दृष्यावलोकनका लागि प्रख्यात मानिएको छ । यस क्षेत्रमा क्षेत्रमा दुर्लभ रेडपाण्डा, कांडेभ्याकुर लगायतका पंक्षी र बुडोओखत, पाखनवेत, कुटकी, हडचुरजस्ता धेरै प्रजातीका जडिबुटी पाइने गरेकाले दक्षिण एशियाका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु अनुसंन्धानका लागि आउने गरेका छन् । तर, भौतिक पुर्वाधार नभएकै कारण पर्यटक नेपाल तर्फ कम आउने गरेकाले भारतीयहरुले अधिक फाईदा लिईरहेका छन् ।

गजुरमुखी धाम परिसरको सरसफाई

राम योङ्हाङ
  इलामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धामको सरसफाई गरिएको छ । नजिकिदैँ गरेको महाशिवरात्री मेला र सोही अवसरमा आयोजना गर्न लागिएको महापुराणलाई लक्षित गर्दै धामको परिसर सरसफाई गरिएको हो । स्थानीय धाम संरक्षण समिति र स्थानीय बासीको समेत सक्रियातामा धामको सरसफाई गरिएको हो । धामको छेउछाउमा थुपारिएका फोहोरमैला तथा पातपतिङ्गगारहरु हटाउने, झारपात उखेल्ने, सड्ने र नसड्ने फोहोरलाई बेग्लाबेग्लै गरी व्यवस्थापन गर्ने र धाम नजिकमा राखिएका विभिन्न निर्माण सामाग्रीको व्यवस्थापन गर्ने लगायतको काम गरिएको छ । त्यसैगरी धाममा बिजुली बत्तीको उचित व्यवस्थापन गर्नका साथै खानेपानीको समेत व्यवस्था मिलाईएको छ ।

पछिल्लो समयमा गजुरमुखी धाममा बढ्दो फोहोर मैलाको कारण दुर्गन्द बढ्दै गएको थियो । त्यहाँ पूजाआजा गर्न आउने भक्तजनहरुले ल्याएका पूजाका सामाग्री र ती सामाग्री बोक्न प्रयोग गरिने विभिन्न बस्तुहरुका कारण धाममा फोहोरमैला बढ्ने गरेको छ । धाममा दैनिक दर्जनौको संख्यामा आन्तरीक तथा बाह्य भक्तजनहरु पूजाआजा गर्न र देवीको दर्शन गर्न आउने गरेका छन् । इलामको चार प्रसिद्ध माईहरुमध्ये देउमाईको पश्चिम किनारामा अवस्थित यस गजुरमुखी धाममा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा तीन दिनसम्म र शिवरात्रीको अवसरमा एक दिन भव्य रुपमा धार्मिक मेला लाग्ने गरेको छ ।

विकास निर्माणमा सक्रिय नागरीक मञ्च

राम योङ्हाङ
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्र्तगत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमका लागि इलामको इभाङ्गमा गठित वडा नागरीक मञ्चले विकास निर्माणका काम गर्न थालेको छ । वडा नागरीक मञ्च वडा नम्बर–३ ले बुधबार स्थानीय वाल विकास केन्द्रको भवन निर्माणका लागि घडेरी सम्याउने काममा श्रमदान गरेको छ । मञ्चले स्थानीय जुनतारा वालविकास केन्द्रको भवन निर्माणका लागि आज एक दिन श्रमदान गरेको हो । मञ्चका संयोजक तिलकबहादुर कार्कीको अगुवाईमा मञ्चका अन्य पदाधिकारी र स्थानीय समेत गरी ३८ जनाले श्रमदान गरेको संयोजक कार्कीले जानकारी दिनुभएको छ । वाल विकास केन्द्रको भवन निर्माणका लागि स्थानीय समाजसेवी नरेन्द्र खत्रीले जग्गा उपलब्ध गराउनुभएको थियो । अहिले सम्म वाल विकासको कक्षा स्थानीय एक घरमा सञ्चालन हुँदै आएको छ ।

उता सोही कार्यक्रम अन्र्तगत इभाङ्गमा स्थापित नागरीक सचेतना केन्द्र (क्याक) ले खानेपानी मुहानको सरसफाई तथा मर्मत गरेको छ । गाविसको वडा नम्बर–८ स्थित सालघारी टोलमा स्थापित सचेतना केन्द्रले मंगलबार स्थानीय खानेपानीको मुहान वरपर सरसफाई गर्नुका साथै आयोजनाको मर्मत समेत गरेको हो । नागरीक सचेतना केन्द्र सञ्चालन समितिका संयोजक सुमित्रा राईको अगुवाईमा केन्द्रका अन्य सदस्य र स्थानीय समेत गरी २१ जनाको जनश्रम जुटाएर स्थानीय ढाडी खोल्सा खानेपानी आयोजनाको मर्मत गरेको हो ।

जिल्ला विकास समिति इलाम र मानव अधिकार मञ्च नेपाल इलामको साझेदारीमा इभाङ्गमा सञ्चालन भईरहेकोे कार्यक्रम अन्र्तगत स्थापित सचेतना केन्द्रले पहिलोपटक यस्तो कार्यक्रम गरेको हो । केन्द्रले समाज विकासका लागि नयाँ काम गरौँ भन्ने अभियान अन्र्तगत पहिलो चरणमा खानेपानीको मर्मत गरेको हो । सचेतना केन्द आगामी दिनमा पनि यस्ता समाजको विकासको काममा निरन्तर रुपमा लागिरने भन्दै दोश्रो चरणको कार्यक्रममा अन्य भौतिक विकास निर्माण सँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने केन्द्रका संयोजक सुमित्रा राईले बताउनुभएको छ ।

गाविसको सबैभन्दा पिछडीएको वडा र टोलको रुपमा छनौट गरी स्थापित सो केन्द्रमा प्रत्येक हप्ता दिनको दुई घण्टाका दरले प्रतिबिम्बित कक्षाको रुपमा विविध विषयमा छलफल गरिने गरिएको छ । सामाजिक परिचालन कार्यक्रम जिल्ला विकास समिति र विभिन्न १० वटा स्थानीय सेवा प्रदायक संस्थामाको साझेदारीमा हाल जिल्लाको विभिन्न ४२ वटा गाविसमा सञ्चालन भईरहेको छ ।

भाङ्गमा २५ लाखको खानेपानी आयोजना निर्माण सुरु

राम योङ्हाङ
पश्चिमी इलामको इभाङ्ग गाउँ विकास समितिमा तामाखोला डाडाँगाउँ ग्रामीण खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु भएको छ । आयोजना क्षेत्र ‘ख’ अन्र्तगत गाविसको वडा नम्बर १ र २ मा सञ्चालन हुने उक्त आयोजनाको निर्माण कार्य सुरु भएको हो । आयोजनाको पहिलो चरण अन्र्तगत विकास चरणमा आम उपभेक्ता भेला बोलाई आयोजनाको जानकारी, घरधुरी भेटघाट, स्वस्थ घरधुरी सर्वेक्षण, जीवीकोपार्जन सम्बन्धी तथ्याङ्कलन, टोल स्तरीय भेला, उपभोक्ता समिति गठन र महिला प्राविधिक सहयोग सेवा समिति चयन गर्ने काम सकिएको छ ।

आयोजना सम्पन्न गर्नका लागि पदमबहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय तामाखोला डाडाँगाउँ ग्रामीण खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा दलबहादुर लिम्बू, सचिवमा पुष्पराज कार्की, सह–सचिवमा मुना निरौला र कोषाध्यक्षमा रमला लिम्बूलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा जीतबहादुर राई, दलबहादुर राई, चन्द्रकला जवेगु, क्षेत्र श्रेष्ठ, मानवीर गजमेर र ज्ञानु कार्की रहनुभएको छ ।

त्सयैगरी कविता लिम्बूको अध्यक्षतामा महिला प्राविधिक सहयोग सेवा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पूर्णमाया राई, सचिवमा पुष्पा गड्तौला, सहसचिवमा सीता श्रेष्ठ र कोषाध्यक्षमा गगां बस्नेतलाई चयन गरिएको छ ।

सुनगाभा विकास संस्था इलामको सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) र स्थानीय समुदायको नगद र श्रमदान गरी करिब २४ लाख ८२ हजार, सात सय ५५ रुपँयाको लागतमा आयोजना निर्माण सम्पन्न हुने बताईएको छ । २०६९ साल भित्रमा निर्माण कार्य सम्पन्न गरिने सो आयोजना सम्पन्न भएपछि इभाङ्गका ९५ घरधुरीका पाँच सय ५१ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने छन् । आयोजना अन्र्तगत रीजर्भ ट्याङ्की र धाराहरु निर्माण गरिने बताईएको भएपनि संख्या भने डिटेल सर्भे पछि मात्र निश्चित हुने आयोजनाको सामुदायिक कार्यकर्ता राजिव राईले बताउनुभएको छ ।

लिम्बू विद्यार्थी मञ्चको इकाई समित

पथरी। मोरंगको बयरनस्थित जनसेवा उच्च माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको इकाई समिति गठन भएको छ ।

विहिवार भएको लिम्बू विद्यार्थीहरुको भेलाले सुरेश लिम्बूको अध्यक्षतामा र्नौ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा पवित्रा लिम्बू, सचिवमा पार्वता लिम्बू, सहसचिवमा नरेन लिम्बू, कोषाध्यषमा विपना लिम्बू र सदस्यहरुमा गोमा लिम्बू, जिनिका लिम्बू, शान्ति लिम्बू र गंगा लिम्बू रहेको छ । मञ्च लिम्बू विद्यार्थीहरुको साझा विद्यार्थी संगठन हो ।

परदेशी कलाकार रमेश


नेपाली रंगमञ्चमा स्थापित हुने क्रममै बिदेशिएका रंगकर्मी रमेश खड्का आज भोली मुलुक संयुक्त अरव इमीरेष्ट मा रहेका नेपालीहरु मामm एक स्थापित हास्य कलाकार बन्न सफल भएका छन । यो सफलता पाउन खड्काले लामो संघर्ष गर्नुपरेको बताउँदै थप्छन् “ दिनभरि नोकरी गरेर रातभरि रियाज गरिन्थ्यो, ” कार्यक्रमको एक महिना अगाडि देखि उनी त्यसैमा घोत्लिन्थे।
बाल कलाकारको रुपमा रंगमञ्चको साथै पर्दामा अभिनय गरिसकेका खड्कालाई मित्र यतिराज चापागाईंको संगतले हाँस्य कलाकारको रुपमा अगाडि बडायो र आज दुवईमा रहेका नेपालीहरुमाझ एक मनोरञ्जनका साधक बनेका छन् खड्का ।
खड्काले दवईमा हने नेपाली कार्यक्रममा राष्टिय कलाकारहरु अरुणिमा लम्साल सँगै नाचेका छन् । सन्तोष पन्त, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, दीपाश्री निरौला सँगै प्रहसन गरेका पनि छन् । खड्काको प्रतिभालाई नेपाली समाज यु.ए.ई., यु.ए.ई. नेपाली दुतावास लगायतले प्रसंसा पत्र सहित पुरस्किृत गरिसकेका छन् ।
८ बर्षको उमेरमा दाई विक्रम फागोले पहिलो पटक नाटक “ सपना भित्रको अधरो माया” नाटकमा स्थानीय दिदी दर्गा पोखरेलसँग बोल्न लगाएको सम्वाद उनलाई धमिलो सम्झना छ । “ममी किन हाम्रो बाबाले जहिले पनि तपाइँलाई पिट्नु हुन्छ , नपिट्नु भन्नुन ”। उक्त सम्वाद बोल्न लगाउन फागोलाई हम्मे हम्मे परेको थियो रे । खड्काले ममी भन्दिन दिदी भन्छु भन्दा फागो हातमा चक्लेट देखाउँदै ममी भन्न लगाउँथे । फागोको त्यही प्रयासले आज खड्का यस क्षेत्रमा लागिरहेका छन् । त्यसपछि पनि नाटक के हो र म त्यसको कलाकार छु भन्ने थाहा नपाउँदै आधा दर्जन नाटकमा अभिनय गरिसकेका थिए, स्थानीय सगरमाथा नाट्य समूह मार्फत ।
काँचो मगज जब परिपक्व बन्दै गयो, रंगमञ्चबिनाको संसारको कल्पना गरेनन् खड्काले ।
उनको अभिनयले क्रमश इलाम, झापा, सुनसरी र धनकुटासम्म स्थान पायो । उनलाई ताजा सम्झना छ, उर्लावरीको एक समूह मार्फत सडक बालकको अभिनय गर्दा बोलेको सम्वाद “डाक्टर साहेब तपाईंले मेरो जीवन के दिनुहन्छ र ? हामी त माटोमा जन्मियौं, माटैमा बाँच्छौं अनि माटैमा एकमुठी सास विलिन गराउँछौं ।
“हरियो वन नेपालको धन” नाटक इलामको लारुम्वामा मञ्चन गर्दा तत्कालिन प्र.म. गिरिजाप्रसाद कोइराला मार्फत प्रसंशा पत्र सहित परष्कृत बनेका खड्काले अभिनय गरेको रेडियो नाटक “आँसुले मुछिएको भाइ टीका” पर्वाञ्चल स्तरीय प्रतियोगितामा प्रथम बनेको थियो, जुन अहिले पनि हरेक तिहारमा प्रसारण हुने खड्का बताउँछन् । साहित्य सिर्जना, पत्रकारीतामा समेत रुची राख्ने खड्का चाँडै ब्यंग्य प्रहशनको एल्वम् ल्याउने तयारीमा छन् । उजाड बस्ती टेली चलचित्रमा अभिनय गरिसकेका खड्काका केही प्रहसनहरु यु ट्युब मा समेत सार्वजनिक भइसकेका छन् ।
परदेशमा विचल्लीमा परेका नेपालीलाई सहयोग गर्न स्थापित पथरी युवा समाज दुवईका अध्यक्ष रहेका खड्का सयौं थुँगा साहित्य समाज लगायत आधा दर्जन संघ संस्थामा आबद्ध छन् ।