खानेपानी आयोजना निर्माणपछि स्थानीयलाई सहज

राम योङ्हाङ
इलाम जितपुर–६ लिङ्गदिङ्गका विष्णुमाया गिरी ६५ वर्ष पुगे । उनको ५१ वर्ष पानी बोक्नैमा बित्यो । झापा बाहुनडाँगी माइत भएकी गिरीलाई यस्तो पानीको अभाव भएको ठाउँमा घरजाम हुन्छ भन्ने कल्पनासम्म पनि गरेकी थिईनन् । तर, त्यो उनले आफैँ अनुभव गरे । माईतमा छँदासम्म कहिल्यै पानीको गाग्रो नबोकेकी गिरीलाई विवाहपछि घरमा भने नबोकी धरै भएन ।
आफू ११ वर्षको उमेरमा विवाह गरेपछि पुरै समय नै पानी बोक्नैमा बिताएका गिरीलाई अहिले भने केही राहत मिलेको छ । गिरीमात्र होईन सिङ्गो जितपुर बासीलाई नै यो समस्याले सताएको थियो । त्यहाँका बासिन्दाहरु घण्टौँसम्मको बाटो धाएर पानी बोक्नुपर्ने बाध्यता थियो । उनीहरुलाई एक त टाढाको बाटो धाउनुपर्ने बाध्यता थियो भने अर्को समस्या धारामा पनी भर्न घण्टौँसम्म लाईन नै लाग्नुपर्दथ्यो ।
मानिसलाई खानका लागि मात्र होईन बस्तुभाउहरुलाई समेत बोकेकै पानी खुवाउनुपर्दा यहाँका धरै महिलाहरुको आधा जीवन पानी बोक्दैमा बित्यो । सयौँँ वर्षसम्म बोकेर भरेको पानीले गुजारा चलाउँदै आएका जितपुर बासीले कहिल्यै कल्पना पनि गरेका थिएनन्, यहि जुनीमा घरैमा पानीको धारा आउँछ भनेर ।
तर, अहिले सिङ्गो गाउँवासीलाई सुविधा पुगेको छ । अहिले प्रत्येकको घरघरमा पानी झर्न थालेको छ । यसको चाँजोमाजो मिलाउने काम इलाम सहयोग परिषद (आईसीसी) र ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समित (फण्डवोर्ड) काठमाडौँ गरेको छ । फण्डबोर्डको आर्थिक सहयोग, इलाम सहयोग परिषदको समन्वय र स्थानीयको सहभागितामा लिङ्गदिङ्ग ग्रामिण खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न भएपछि यहाँको बासिन्दालाई स्वर्ग पुगेको महसुस भएको छ ।
‘हामीले गाविस जिविस लगायत सम्बन्धित निकायमा हारगुहार गर्दै धेरै पटक धायौँ तर केही भएन’ स्थानीय भानु पौडेलले भने–‘हामीलाई काकाकुलको जीवनबाट मानिसको जीवनमा रुपान्तरण गर्ने काम इलाम सहयोग गरेको छ ।’ आयोजना सम्पन्न भएपछि यहाँका कासिन्दालाई पानी खान सजिलो भएको छ । रातसाँझ नहँुदै लिङ्गदिङ्गका महिलाहरु खानेपानिको मुहान पुग्न बाध्य थिए । उनीहरु बिहान भालेको बाससँगै उठेर पानीको मसहानमा पुग्नुपर्ने बाध्यता थियो ।
स्थानीय खोमाया दर्नालले आफ्ना अनुभव सुनाउँदै भने–‘विहानै मुहानमा पुगियो भने पानी भर्न पाईन्थो, अलि ढिलो मात्र पुगेमा विहानको खाना खान पनि पाईन्दैनथ्यो ।’ अर्का स्थानीय ईश्वर गिरीले भने–‘खानेपानि आयोजना बनेपछि हामीलाई सजिलो भएको छ ।’ आयोजना बन्नुअघि यहाँका बासिन्दा स्थानीय महाजन धारामा घण्टौ पर्खेर खानेपानि बोकेर खानु पथ्र्यो । दर्नालले भने–‘गाई बस्तुलाई खुवाउने पानी त झन गाह्रो ।’ बाटो हिड्ने बटुवालाई दिने पानिपनि हुँदैनथ्यो, दर्नालले भने–‘दिनभर घरमा बस्नेलाई बटुवाले पानी माग्छकि भन्ने पिरले सधै सताउँथ्यो ।’ आयोजना बनेपछि त्यो चिन्ता टरेको उनले बताए ।
दुई बर्ष लामो समयको मेहिनतपछि यहाँका बासिन्दाले अघौजि खानेपानि उपभोग गर्न पाएको खानेपानि अयोजना निर्माण समितिका अध्यक्ष गंगाप्रसाद प्याकुरेलले बताए । यस अघि कुनै पनि आयोजना निर्माण हुन सकेको थिएन । इलाम सदरमुकामबाट साढे सात कोष पश्चिमा पर्ने जितपुर समुन्दी सतहबाट दुई हजार मिटर उचाईमा पर्दछ ।
‘नजिकै कुनैपनि स्थायी खानेपानीको श्रोत थिएन, टाढाबाट ल्याउनु रकमको सधैँ अभाव हुन्थ्यो, अध्यक्ष प्याकुरेलले भने–‘यो हाम्रो हाम्रो समस्या इलाम सहयोग परिषद र फनबोर्डले पूरा गरिदिएको छ ।’ पानीको अभावमा स्थानीय त्रिवेणी निमाविका विद्यर्थीहरु समेत पानी पिउनबाट बञ्चित थिए । प्याकुरेलका अनुसार चौंध धारामध्ये एक धारा विद्यालयलाई दिएको छ । विद्यालयमै धारा भएपछि यहाँका विद्यार्थीले शुद्ध पानी खान पाएका छन् ।
यहाँका बासिन्दाले जितपुरकै सदेवा खोल्साबाट खानेपानी आयोजना निर्माण गरेका छन् । कुल १६ लाख ८३ हजार पाँच सयको लागतमा खानेपानि आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न भएपछि जितपुर ६ र ८ लिङ्गदिङ्गका ९२ घर परिवारका पाँच सय १८ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फनबोर्डको १२ लाख पाँच हजार आठ सय २३ रूपैंयाँ, समुदायको चार लाख ७७ हजार छ सय ७५ रूपैयाँ लागानी गरिएको छ ।

1 comments:

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment