पर्यटक भेटाउनेलाई २० लाख पुरस्कार




, काठमाडौं । नेपाल भ्रमणमा आएकी एक अमेरिकी महिला दुई वर्षदेखि लामटाङ क्षेत्रबाट हराइ रहेकी छन् ।अमेरिकाको कोलोराडोकी २४ वर्षीया अब्रे क्यारोलिन साको सन् २०१० अपि्रल २२ तारिकदेखि पदयात्रा जाने क्रममा लामटाङबाट हराएको र उहाँलाई भेट्नु हुने व्यक्तिलाई रु २० लाख पुरस्कार दिइने कुरा ट्रेडिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल -टान)ले जनाएको छ ।
आफ्नो छोरीको खोजी कार्यमा चौँथो पटक नेपाल आएकी कोनीले नेपालको प्रहरी र नेपाली सेनाले खोजी कार्यमा पर्याप्त सहयोग नगरेको गुनासो गर्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।
टानका महासचिव मोहन लम्सालले खोजी कार्यमा हेलिकोप्टर र पदयात्रा प्रदर्शकहरुसमेत प्रयोग गरिसकेको भन्दै अझैसम्म कुनै सुराक पत्ता नलागेको बताउनुभयो ।रासस

सञ्चिताले नै बिर्सिइन् संगिनी लगाउन

घोर्ले छोरा जन्माएको सात महिनामै गर्भवती


२७ फागुन, काठमाडौं । तपाईंले टेलिभिजन, होडिङ बोर्ड, पोष्टर या औषधि पसलका भित्तामा पक्कै पनि सञ्चिता लुईंटेलले संगिनी सुईको प्रचार गरेको दृश्य देख्नुभएको छ । ‘म हुँ तपाईंकी संगिनी’ भन्दै यिनले जन्मान्तरको लागि परिवार नियोजनको अस्थायी साधन संगिनी लगाउनुहोस् भनेर भन्न थालेको धेरै भयो । संगिनी सुईको प्रभावकारिता बढाउनकै लागि राम्री सञ्चितालाई मोटै रकम दिई नेपाल सीआरएस कम्पनीले साडीमा सजाएर आकर्षक ढंगले प्रस्तुत गराएको छ ।
उनको आकर्षक रुप देखेर कतिले श्रीमतीलाई संगिनी सुई लगाउन प्रेरित गरे होलान् । उनै नायिका सञ्चिताको कुरा सुनेर र हेरेर कतिपय महिलाले श्रीमानसित सल्लाह गरेर यो कुरा अपनाए पनि होलान् । सञ्चिताले खेलेपछि विज्ञापन गर्ने कम्पनीलाई पनि राम्रै फाइदा भयो होला । तर अरुलाई संगिनी सुई लगाउन पाठ सिकाउने सञ्चिता भने सुत्केरी भएको वर्ष दिन नपुग्दै फेरि गर्भवती भएकी छिन् । आफ्नो बिज्ञापनमा आफैंले भने अनुसार यिनले जन्मान्तरको लागि संगिनी सूई लगाईनन् । या लगाउन बिर्सिईन् या खेलाँची गरेर यस्तो भयो ? यो त सञ्चिता र उनका पति निखिलले नै जानून् । तर विज्ञापनमा उनको कुरा सुनेर संगिनी सूईको प्रयोग गर्ने र संगिनीको प्रभावकारिताबारे थाहा पाउनेहरुलाई भने उदेक बनाएको छ ।
नायिका सञ्चिता लुईंटेल र नायक निखिल उप्रेती झण्डै तीन वर्षअघि विवाह गरे लगत्तै मुम्बई पसेका थिए । यसको केही समयपछि नायिका सञ्चिता गर्भवती भएको खवर आयो । सबैजना खुशी पनि भए । यसपछि सञ्चिताले बच्चा जन्माईन् । उनी सुत्केरी भएको कुराले संचारमाध्यममा पनि राम्रो खबर भयो । यिनी सुत्केरी भएको खबरभन्दा फेरि गर्भवती भइन् भन्ने कुराले बढी चर्चा पाउन थालेको छ । नायिका सञ्चिताले छोरो जन्माएको बल्ल सात महिना पुग्दैछ । तर उनको पेटमा फेरि अर्को बच्चा आईसकेको खबरले सबै अचम्मित भएका छन् ।
भरपर्दो स्रोतका अनुसार ७ महिनाको घोर्ले छोरो खेलाइरहेकी सञ्चिताको पेटमा चार महिनाको बच्चा छ । सुत्केरीबाट राम्रोसित तंग्रन नपाउँदै सञ्चितालाई फेरि सुत्केरी हुनको लागि कति छिटो हतार भएछ भन्ने आश्चर्य छ छँदैछ । अर्को उनले संगिनी सूईमा मन्द मुस्कान सहित खेलेको विज्ञापनले उनलाई नै गिज्जाईरहेको छ ।  आखिर नायक निखील उप्रेती र नायिका संचिता लुईंटेल दुवैजना पढेका र वुझेका कलाकार हुन् ।
अनि अर्को कुरा यी नायीकालाई परिवार नियोजनको अस्थायी साधनको बारेमा थाहा थिएन भन्ने हो भने पनि यिनी आफैंले संगिनीको विज्ञापनका मोडलिङ गरेकी थिईन् । अरुलाई सिकाउँदा सिकाउँदै सञ्चिताले आफैं चाहिं संगिनी सूई लगाउन बिर्सिछन् । यो त टाउको दुखाईको कुरा भएन । तर अब यिनी फेरि ‘म हुँ तपाईंकी संगिनी’ भन्दै टेलिभिजनको पर्दामा देखिँदा कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज जस्तो हुने भयो ।




 नेपाली सिनेमामा स्पष्ट खाका हुँदैन : राजबल्लभ

नायक राजबल्लभ कोइरालाले भर्खरै मात्र हलिउड सिनेमामा अभिनय गरेका छन् । हलिउड सिनेमामा अभिनय गर्ने भएपछि चर्चामा आएका उनी अब यही सिनेमाको छायांकनका लागि अमेरिका जाने तयारीमा पनि छन् । हलिउड सिनेमाको छायांकन सकेर घरमै बसिरहेका कोइरालाले अनलाइनखबरसंग कुरा गर्दै हलिउड सिनेमामा अभिनय गर्दाको अनुभव व्यक्त गरेका छन् ।
राजवल्लभको अनुभव
हलिउड सिनेमामा काम गर्दा एकदमै रमाईलो भयो ।  कुनै पनि सिनेमा राम्रो हुनका लागि सबैभन्दा पहिला स्पष्ट दृष्टिकोण र स्त्रिप्ट नै राम्रो हुनुपर्दोरहेछ । हलिउड सिनेमामा काम गर्दा मैले सिकेको एउटा नयाँ कुरा के भने छायांकन निकै तयारी र पूरा सेड्युल अनुसार हुँदो रहेछ । जसलाई उनीहरुको भाषामा ब्लु सेड्युल भनिदोरहेछ । उनीहरु यो सेड्युल पहिले नै तयार गरेर यही अनुसार काम गर्दा रहेछन् ।
हामीलाई छायांकन सकिएपछि प्रत्येक दिन कल सिट दिने गरिन्थ्यो । कल सिटले भोलि के काम गर्ने, कस्तो कपडा लगाउने, मेकअप कतिबेला गर्ने भन्ने कुराको सबै जानकारी दिने गर्दछ । छायांकन सबै सिस्टममा हुने गरेकाले पनि कुनै अवरोध भएन । यसले कलाकारको मुड, उसको ईमोशन अनुसार काम गर्न सजिलो हुन्छ । नेपाली सिनेमामा न त कुनै सेड्युल छ न त कुनै स्पष्ट खाका नै । यहाँ त घाम लागेपछि भोकभोकै दिनभर छायांकन गर्नुपर्दछ भन्ने सोचाई छ । यसले कलाकारलाई काम गर्ने वातावरण तयार गर्दैन । हामी प्याक अप भनेपछि मात्र खाना खानका लागि तयार हुन्छौ ।
तर हलिउड सिनेमामा भने यस्तो हुँदैन । यहाँ हरेक कुरा समय तालिका अनुसार हुन्छ,  जसले गर्दा कलाकारले पनि दिल खोलेर काम गर्न पाउँछ । उनीहरु मेरो कामबाट पनि प्रभावित भए । अब नयाँ सिनेमा फेरि बनाउने भए भने उनीहरुले मेरो भूमिका सुहाउँदो भएमा पक्कै पनि फेरि दोहोर्याउँछन् भन्ने लाग्छ मलाई । नेपाली सिनेमा उनीहरुले हेरेका रहेनछन् । तर पनि नेपाली सिनेमाको बारेमा पनि धेरै कुरा भए, छायांकन अवधिभर । हाम्रो सिनेमा भित्र कुनै पनि कुरा न्याचुरल हुँदैन । हामी हरेक कुरा अभिनय गरे जसरी गर्छौं । मैले पनि यो सिनेमामा काम गर्दा यस्तै गरे । तर, कतिपय कुराहरुमा भने उनीहरुले मलाई कन्ट्रोल पनि गरे ।
तर उनीहरुलाई नेपाली कलाकारको काम गर्ने तरीकाबाट भने धेरै नै प्रभाव परेको छ । यो कुरा उनीहरुले स्वयं मलाई नै भनेको हो । जे होस्, मैले हलिउड सिनेमामा काम गरेर धेरै कुरा सिकें । यसमा पनि सबैभन्दा बढी सिकेको कुरा भनेको स्पष्ट खाका र दृष्टिकोण बनाएर काम गरे सबै कुरा राम्रो हुँदो रहेछ ।