चलचित्र ‘चपली हाइट’ मा काठमाडौं नजिकैको चपली भन्ने ठाउँमा घटेको सत्य घट्नामा आधारित भएकोले चलचित्रको शीर्षक नै चपली हाइट राखिएको चलचित्रको दिपन्द्र के. खनालले निर्देशन गरेका छन् । एकजोडी प्रमी प्रेमीका थिए जो दिनहुँ हाइटमा डेटिङमा जान्थे त्यस जोडिकौ कथालाई नै आधार बनाएर चपली हाइटमा समावेश गरेका छन् । लुट पछि चर्चामा आएको चलचित्र चपली हाइटले युवा वर्गमाझ छाउने निर्माण पक्षले जनाएको छ । १६ वर्ष मुनीका वालवालिकाले हेर्न नपाउने भएको यो चलचित्रमा वाल दर्शकलाई चलचित्र देखाएको पाइए निर्माण तथा हल सञ्चालक दुवैलाई कारवाही गरिने बोर्डले जनाएको छ । यस चलचित्रमा अमिर गौतम र बिनिता बरालको उत्तेजक बेडसिन सेन्सरको कैंची परेको छ । यस चलचित्रमा तीन जना मात्र कलाकारले अभिनय गरेको यो चलचित्रमा राज घिमीरेको पनि अभिनय रहेको छ । सेन्सर बोर्डले पाँचवटा अश्लील शब्द र एउटा बेडसिनमा कैंची लाएको छ ।
बिनीता बरालले पहिलो चोटी चलचित्रमा डेब्यु गरेको चलचित्रमा कामोत्तेजक दृश्य दिएका कारण नै चर्चामा आएको छ । पीजी सर्टिफिकेट पाउने यो दोस्रो नेपाली चलचित्र हो भने पहिलो ‘भै हाल्छ नि’ ले पाएको थियो । चलचित्र चपली हाइट नेपालको कानुन अनुसार वालवालिकाले हेर्न नपाउने भएका छन् । प्रदर्शनमा आउनु अघि नै चर्चामा रहेको यो चलचित्रको आफ्नो होडिङ बोर्डमा अमिर गौतम र बिनीता बरालको राखिएको तस्विरले थप चर्चामा ल्याएको छ ।
उत्तर कोरिया र तुर्कमिनिस्तान फाइनलमा भिड्ने
काठमाडौं ÷ एएफसी च्यालेन्ज कप २०१२ को फाइनलमा उत्तर कोरिया र तुर्कमिनिस्तान फाइनलमा भिड्ने भएको छ । उत्तर कोरियाले प्यालेस्टाइनलाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको हो भने तुर्कमिनिस्तानले फिलिपिन्सलाई २–१ ले पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो ।
दशरथ रङ्कशालामा भएको सेमिफाइनलमा उत्तर कोरियाले प्यालेस्टाइनलाई उत्तर कोरियाका खेलाडी क्वाङ योङ पाकले पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा पहिलो गोल गरे भने दोस्रो गोल ६९ औं मिनेटमा गरेका थिए । त्यस्तैगरी तुर्कमिनिस्तान माथि फिलीपिन्सले २६ औं मिनेटमा फिलिम योङहजब्यान्डले हेडको साहराले गोल गरे । पहिलो हाफ फिलीपिन्सको पक्षमा रह्यो भने तुर्कमिनिस्तानले ८० औं मिनेटमा जुयान लुइसले र ८६ औं मिनेटमा गाहरयमनबेडी चोन्कायेभले निर्णायक गोल गरे । यो नै तुर्कमिनिस्तानको लागि फाइनलमा पुग्नका लागि निर्णायक गोल रह्यो ।
आगामी सोमबार हुने फाइनल खेल उत्तर कोरिया र तुर्कमिनिस्तान का साथै तेस्रो स्थानका लागि प्यालेस्टाइन र फिलीपिन्स भिड्ने छन् ।
नेपाल समुह चरणबाटै आउट भएको छ । समुह चरणको तीन वटै खेलमा कुनै पनि जित हात पार्न सकेन भने गोल गर्न बाट पनि चुकेको छ । खेल राम्रो भए पनि गोल गर्न नसके पछि नेपाल तीन वटै खेलमा हार बेहोर्नु प¥यो । पहिलो प्यालेस्टाइन सँग भएको खेलमा २–०, माल्दिभ्स सँग १–० र तुर्कमिनिस्तान सँग ३–० ले हार बेहोर्दै एएफसी च्यालेन्ज कप समुह चरण बाटै एक गोल नगरी बाहिरीएको छ ।
पर्यटक भेटाउनेलाई २० लाख पुरस्कार
सञ्चिताले नै बिर्सिइन् संगिनी लगाउन
घोर्ले छोरा जन्माएको सात महिनामै गर्भवती
नेपाली सिनेमामा स्पष्ट खाका हुँदैन : राजबल्लभ
राजवल्लभको अनुभव
हलिउड सिनेमामा काम गर्दा एकदमै रमाईलो भयो । कुनै पनि सिनेमा राम्रो हुनका लागि सबैभन्दा पहिला स्पष्ट दृष्टिकोण र स्त्रिप्ट नै राम्रो हुनुपर्दोरहेछ । हलिउड सिनेमामा काम गर्दा मैले सिकेको एउटा नयाँ कुरा के भने छायांकन निकै तयारी र पूरा सेड्युल अनुसार हुँदो रहेछ । जसलाई उनीहरुको भाषामा ब्लु सेड्युल भनिदोरहेछ । उनीहरु यो सेड्युल पहिले नै तयार गरेर यही अनुसार काम गर्दा रहेछन् ।
हामीलाई छायांकन सकिएपछि प्रत्येक दिन कल सिट दिने गरिन्थ्यो । कल सिटले भोलि के काम गर्ने, कस्तो कपडा लगाउने, मेकअप कतिबेला गर्ने भन्ने कुराको सबै जानकारी दिने गर्दछ । छायांकन सबै सिस्टममा हुने गरेकाले पनि कुनै अवरोध भएन । यसले कलाकारको मुड, उसको ईमोशन अनुसार काम गर्न सजिलो हुन्छ । नेपाली सिनेमामा न त कुनै सेड्युल छ न त कुनै स्पष्ट खाका नै । यहाँ त घाम लागेपछि भोकभोकै दिनभर छायांकन गर्नुपर्दछ भन्ने सोचाई छ । यसले कलाकारलाई काम गर्ने वातावरण तयार गर्दैन । हामी प्याक अप भनेपछि मात्र खाना खानका लागि तयार हुन्छौ ।
तर हलिउड सिनेमामा भने यस्तो हुँदैन । यहाँ हरेक कुरा समय तालिका अनुसार हुन्छ, जसले गर्दा कलाकारले पनि दिल खोलेर काम गर्न पाउँछ । उनीहरु मेरो कामबाट पनि प्रभावित भए । अब नयाँ सिनेमा फेरि बनाउने भए भने उनीहरुले मेरो भूमिका सुहाउँदो भएमा पक्कै पनि फेरि दोहोर्याउँछन् भन्ने लाग्छ मलाई । नेपाली सिनेमा उनीहरुले हेरेका रहेनछन् । तर पनि नेपाली सिनेमाको बारेमा पनि धेरै कुरा भए, छायांकन अवधिभर । हाम्रो सिनेमा भित्र कुनै पनि कुरा न्याचुरल हुँदैन । हामी हरेक कुरा अभिनय गरे जसरी गर्छौं । मैले पनि यो सिनेमामा काम गर्दा यस्तै गरे । तर, कतिपय कुराहरुमा भने उनीहरुले मलाई कन्ट्रोल पनि गरे ।
तर उनीहरुलाई नेपाली कलाकारको काम गर्ने तरीकाबाट भने धेरै नै प्रभाव परेको छ । यो कुरा उनीहरुले स्वयं मलाई नै भनेको हो । जे होस्, मैले हलिउड सिनेमामा काम गरेर धेरै कुरा सिकें । यसमा पनि सबैभन्दा बढी सिकेको कुरा भनेको स्पष्ट खाका र दृष्टिकोण बनाएर काम गरे सबै कुरा राम्रो हुँदो रहेछ ।
म पर्दा बाहिरकी सुन्दरी

नेपाली सिनेमा क्षेत्रमा महिला निर्मात्रीहरुको अभाव देखिन्छ । महिलाहरु अझै पनि सिनेमा क्षेत्रमा आउन र लगानी गर्न हिचकिचाईरहेका छन् । तर १८ वर्षको उमेरदेखि नै सिनेमा वनाउन अग्रसर एक महिला निर्मात्रीको नाम हो, कृषा चौलागाई । चलचित्र ‘ईन्साफ’ पहिलो पटक निर्देशन गरेकी चौलागाईले यसपछि चलचित्र ‘कसम हजुरको’ निर्माण गरिन् । अहिले उनले तेश्रो चलचित्र ‘के म तिम्रो साथी वन्न सक्छु’ को निर्माण गरेकी कृषासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानीः
के गर्दै हुनुहुन्छ आजकाल ?
अहिले म चलचित्र ‘के म तिम्रो साथी वन्न सक्छु’को प्रमोशनमा नै व्यस्त छु । यो चलचित्र नेपालमा वैशाख या जेठ तिर रिलीज गर्ने तयारीमा छु ।
सिनेमा वनाउन कत्तिको गाह्रो रहेछ ?
सिनेमा वनाउन सजिलो पनि छ गाह्रो पनि छ । सजिलो यसअर्थमा छ कि, सवैसाथीहरु वसेर काम गर्न रमाइलो हुन्छ । तर पैसा जान्छ, दर्शकलले विभिन्न आरोप लगाउछन्, मिडियाको पनि विभिन्न आरोप खेप्नुपर्छ ।
महिलाहरुलाई सिनेमा वनाउन कत्तिको सजिलो रहेछ त ?
सजिलो गाह्रो त पुरुष महिला दुवैलाई उस्तै नै हो । तर, महिलालाई वढि नै ध्यान दिएर हेरिन्छ । फिल्म वनाउन आएकोमा सकारात्मक रुपमा हेर्नु भन्दा पनि विभीन्न नजरले हेरिन्छ, यसैले गाह्रो छ ।
तपाई त वेलावेलामा निर्देशकको दुव्र्यवहारमा पर्नुहुन्छ रे नी ?
सानो उमेरवाट नै मैले सिनेमा वनाउन थाले । कति मैले वुझिन होला, कति उहाँहरुले वुझ्नु भएन होला । यसैले यस्तो घटना घटेको हो ।
सिनेमा वनाउन महिलाको आकर्षण कम हुनु किन होला ?
नामको लागि काम गर्दा यहाँ दुव्र्यवहार वढी हुन्छ । अर्कोतिर नेपाली सिनेमामा लगानी गरेर फिर्ता हुने अवस्था नै छैन, यसकारण पनि यस्तो भएको हो ।
तपाइलाई आफैमाथि लगानी गर्ने सोच छैन ?
म पर्दावाहीकी सुन्दरी हो ।
फिल्म कहिलेसम्म वनाइराख्ने ?
म त विरामी भएर डक्टरले मृत्युको डेट नै तोकीदियो भने पनि त्यसको अघिल्लो दिन सम्म सिनेमा वनाइराख्छु ।
अव वनाउन मन लागेको सिनेमा कस्तो हो ?
म एउटा वास्तवीक घटनामा आधारीत सिनेमा वनाउने तयारीमा छु ।
तपाईलाई कुन सेलीव्रेटीले निक्कै आकर्षित गर्छन् ?
लियो नार्दो र सलमान खान ।
चुम्वन गर्न मन लागेको सेलीव्रेटी ?
लियोनार्दो नै हो । उसको ओठ देख्दा चुम्वन गर्न मन लाग्छ ।
गर्न अल्छि लाग्ने काम ?
घरयासी काम त म खासै गर्दिन । तर सुतेर उठेपछि विस्तारा मिलाउन निक्कै गाह्रो लाग्छ ।
मिठो पकाउने खानेकुरा ?
चिकेन करी ।
विहे कहिले गर्ने त ?
सहि समय आएपछि गर्छु । मिस्टर पर्फेक्ट नै फेला पारेकी छैन ।
कस्तो केटा खोज्नु भएको हो ?
काम प्रति निक्कै लगाव भएको, हेर्दा आकर्षक र मलाई निक्कै सपोर्ट गर्ने ।
विहे अघिको सेक्सको वारेमा तपाईको धारणा ?
नेपालमा यो कुरा खासै पच्दैन । तर सहमती भयो भने हुनसक्छ । म एकदमै उपयुक्त समयको खोजी गरिरहेको छु । यो उपयुक्त समय भनेको विहेपछि मात्र हो ।
अमेरिका जाने सोच छैन ?
मलाई नेपाल नै अमेरिका हो ।
अमेरिकामा कलाकार किन लुक्छन् जस्तो लाग्छ ?
अमेरिकामा कलाकार लुक्नुको पछाडि धेरै कारण छन् । पहिलो कुरा त, हामिले उनीहरुको स्तरलाई वचाईदिन सकेनौ होला । दोश्रो कुरा, आर्थिक, सामाजीक कारण पनि छन् । यसैले पनि उनीहरु गलत तरिकावाट वसेका छन् ।
व्लु फिल्म हेर्नु भएको छ ?
एक पटक दिदीसँग वसेर हेरेकी थिएँ, यसपछि एकजना नेपाली कलाकारको पनि हेरेकी थिएँ । त्यसपछि भने हेरेकी छैन । र मेरो मोवाईलमा यस्तो फिल्म पनि छैन् ।
कुनै कार्यक्रममा कोही फ्यानले सेक्सको प्रपोज राखे के गर्नुहुन्छ ?
म सजिलो भाषामा भनिदिन्छु, आई एम सरी ।
अन्त्यमा के म तिम्रो साथी वन्न सक्छुको वारेका के भन्नुहुन्छ ?
विना स्वार्थ, विना नाता पनि कोही व्यक्ति कसैको साथी वन्न सक्छ । साथी भनेको नाताका कारणले हुदैन । संसारको सवैभन्दा मिठो सम्वन्ध भनेकै साथीको नाता हो । चलचित्रले यही भन्छ
बिदेशको बाटोमा ‘के म तिम्रो साथी बन्न सक्छु’
नेपाली सिनेमाहरुको ओभरसिज बिजनेश बिस्तारै बढ्न थालेको छ । नेपाली सिनेमाहरु बिदेशमा समेत राम्रो आम्दानी गरी प्रदर्शन हुन थालेपछि निर्माताहरुमा आशाका दियो समेत बलेको देख्न पाईन्छ । यसै क्रममा निर्मात्री कृषा चौलागाईंले निर्माण गरेको चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ अब बिभिन्न देशमा प्रदर्शन हुने भएको छ । निर्मात्री चौलागाइर्ंले दिएको जानकारी अनुसार यो चलचित्र एसियाका बिभिन्न देशमा प्रदर्शन गरिनेछ । यसका लागि निर्मात्री चौलागाईं सोमबार बिभिन्न देश पुग्ने भएकी छिन् ।
‘मित्रताको हात बढाउँदै के म तिम्रो साथी बन्न सक्छु लिएर बिभिन्न देशमा जाँदैछु’ निर्मात्री चौलागाईंले भनिन् । यो चलचित्र थाईल्यान्ड, मलेसिया, सिंगापुर, ईजरायल र कतारमा प्रदर्शन गरिनेछ । कृषाले निर्माण गरेको यो चलचित्र अहिले प्रतिक्षामा पनि रहेको छ । सबीर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई फोर के क्यामेराबाट छायांकन गरिएको हो ।
चलचित्रको हाल रेड स्टुडियोमा धमाधम काम भइरहेको छ । चलचित्रमा आर्यन सिग्देल, दिप्ती गिरी लगायतका कलाकारको अभिनय रहेको छ । विदेशमा वस्ने नेपालीले फरक धारका र उच्च प्रविधिले बनेका सिनेमा खोज्न थालेपछि अहिले नेपालमा पनि यस्ता सिनेमाहरु निर्माण हुन थालेका छन् । चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’को बिदेश प्रदर्शन सकेर एक महिनापछि निर्मात्री चौलागाईं नेपाल र्फकने छिन् । यसपछि उनको सिनेमा नेपालका बिभिन्न शहरमा लाग्ने बताईएको छ । अघिल्ला दुई सिनेमा व्यवसायिक रुपमा डुबेकाले पनि कृषा यो सिनेमाबाट आफ्नो सम्पूर्ण लगानी उठाउने दाउमा छिन् । कृषालाई हाम्रो तर्फवाट पनि शुभकामना ।
खानेपानी आयोजना निर्माणपछि स्थानीयलाई सहज
इलाम जितपुर–६ लिङ्गदिङ्गका विष्णुमाया गिरी ६५ वर्ष पुगे । उनको ५१ वर्ष पानी बोक्नैमा बित्यो । झापा बाहुनडाँगी माइत भएकी गिरीलाई यस्तो पानीको अभाव भएको ठाउँमा घरजाम हुन्छ भन्ने कल्पनासम्म पनि गरेकी थिईनन् । तर, त्यो उनले आफैँ अनुभव गरे । माईतमा छँदासम्म कहिल्यै पानीको गाग्रो नबोकेकी गिरीलाई विवाहपछि घरमा भने नबोकी धरै भएन ।
आफू ११ वर्षको उमेरमा विवाह गरेपछि पुरै समय नै पानी बोक्नैमा बिताएका गिरीलाई अहिले भने केही राहत मिलेको छ । गिरीमात्र होईन सिङ्गो जितपुर बासीलाई नै यो समस्याले सताएको थियो । त्यहाँका बासिन्दाहरु घण्टौँसम्मको बाटो धाएर पानी बोक्नुपर्ने बाध्यता थियो । उनीहरुलाई एक त टाढाको बाटो धाउनुपर्ने बाध्यता थियो भने अर्को समस्या धारामा पनी भर्न घण्टौँसम्म लाईन नै लाग्नुपर्दथ्यो ।
मानिसलाई खानका लागि मात्र होईन बस्तुभाउहरुलाई समेत बोकेकै पानी खुवाउनुपर्दा यहाँका धरै महिलाहरुको आधा जीवन पानी बोक्दैमा बित्यो । सयौँँ वर्षसम्म बोकेर भरेको पानीले गुजारा चलाउँदै आएका जितपुर बासीले कहिल्यै कल्पना पनि गरेका थिएनन्, यहि जुनीमा घरैमा पानीको धारा आउँछ भनेर ।
तर, अहिले सिङ्गो गाउँवासीलाई सुविधा पुगेको छ । अहिले प्रत्येकको घरघरमा पानी झर्न थालेको छ । यसको चाँजोमाजो मिलाउने काम इलाम सहयोग परिषद (आईसीसी) र ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समित (फण्डवोर्ड) काठमाडौँ गरेको छ । फण्डबोर्डको आर्थिक सहयोग, इलाम सहयोग परिषदको समन्वय र स्थानीयको सहभागितामा लिङ्गदिङ्ग ग्रामिण खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न भएपछि यहाँको बासिन्दालाई स्वर्ग पुगेको महसुस भएको छ ।
‘हामीले गाविस जिविस लगायत सम्बन्धित निकायमा हारगुहार गर्दै धेरै पटक धायौँ तर केही भएन’ स्थानीय भानु पौडेलले भने–‘हामीलाई काकाकुलको जीवनबाट मानिसको जीवनमा रुपान्तरण गर्ने काम इलाम सहयोग गरेको छ ।’ आयोजना सम्पन्न भएपछि यहाँका कासिन्दालाई पानी खान सजिलो भएको छ । रातसाँझ नहँुदै लिङ्गदिङ्गका महिलाहरु खानेपानिको मुहान पुग्न बाध्य थिए । उनीहरु बिहान भालेको बाससँगै उठेर पानीको मसहानमा पुग्नुपर्ने बाध्यता थियो ।
स्थानीय खोमाया दर्नालले आफ्ना अनुभव सुनाउँदै भने–‘विहानै मुहानमा पुगियो भने पानी भर्न पाईन्थो, अलि ढिलो मात्र पुगेमा विहानको खाना खान पनि पाईन्दैनथ्यो ।’ अर्का स्थानीय ईश्वर गिरीले भने–‘खानेपानि आयोजना बनेपछि हामीलाई सजिलो भएको छ ।’ आयोजना बन्नुअघि यहाँका बासिन्दा स्थानीय महाजन धारामा घण्टौ पर्खेर खानेपानि बोकेर खानु पथ्र्यो । दर्नालले भने–‘गाई बस्तुलाई खुवाउने पानी त झन गाह्रो ।’ बाटो हिड्ने बटुवालाई दिने पानिपनि हुँदैनथ्यो, दर्नालले भने–‘दिनभर घरमा बस्नेलाई बटुवाले पानी माग्छकि भन्ने पिरले सधै सताउँथ्यो ।’ आयोजना बनेपछि त्यो चिन्ता टरेको उनले बताए ।
दुई बर्ष लामो समयको मेहिनतपछि यहाँका बासिन्दाले अघौजि खानेपानि उपभोग गर्न पाएको खानेपानि अयोजना निर्माण समितिका अध्यक्ष गंगाप्रसाद प्याकुरेलले बताए । यस अघि कुनै पनि आयोजना निर्माण हुन सकेको थिएन । इलाम सदरमुकामबाट साढे सात कोष पश्चिमा पर्ने जितपुर समुन्दी सतहबाट दुई हजार मिटर उचाईमा पर्दछ ।
‘नजिकै कुनैपनि स्थायी खानेपानीको श्रोत थिएन, टाढाबाट ल्याउनु रकमको सधैँ अभाव हुन्थ्यो, अध्यक्ष प्याकुरेलले भने–‘यो हाम्रो हाम्रो समस्या इलाम सहयोग परिषद र फनबोर्डले पूरा गरिदिएको छ ।’ पानीको अभावमा स्थानीय त्रिवेणी निमाविका विद्यर्थीहरु समेत पानी पिउनबाट बञ्चित थिए । प्याकुरेलका अनुसार चौंध धारामध्ये एक धारा विद्यालयलाई दिएको छ । विद्यालयमै धारा भएपछि यहाँका विद्यार्थीले शुद्ध पानी खान पाएका छन् ।
यहाँका बासिन्दाले जितपुरकै सदेवा खोल्साबाट खानेपानी आयोजना निर्माण गरेका छन् । कुल १६ लाख ८३ हजार पाँच सयको लागतमा खानेपानि आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न भएपछि जितपुर ६ र ८ लिङ्गदिङ्गका ९२ घर परिवारका पाँच सय १८ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फनबोर्डको १२ लाख पाँच हजार आठ सय २३ रूपैंयाँ, समुदायको चार लाख ७७ हजार छ सय ७५ रूपैयाँ लागानी गरिएको छ ।
डेरी उद्योगको स्थापनासँगै डेरीमा प्रयोग हुने दाउँराको अभाबबढेको
इलामका ग्रामीण भेगहरुमा साना दुग्ध डेरी उद्योगहरुको स्थापनाको क्रम बढेसँगै उद्योगमा खपत हुने दाउँराको अभाव बढ्दै छ । डेरी उद्योगको स्थापनासँगै डेरीमा प्रयोग हुने दाउँराको अभाबबढेको हो ।
दाउँरा अभाबका कारण डेरी संञ्चालनमा समस्या भएको छ । उद्योगहरुको संख्यामा वृद्धि हुनु र गाउँ गाउँबाट लकडीका रुपमा रुखहरु विक्री हुने क्रम बढेपछि डेरी उद्योगहरु संञ्चालनमा समस्या बढ्दै गएको छ । जोगमाई गाविसमा मात्र एक दर्जन बढी डेरी उद्योगहरु संचालनमा आएका छन् । यस्तै अन्य गाविसमा समेत उद्योग खोल्ने क्रम छ ।
डेरी चलाउन ठूलो परिमाणमा दाउँरा आवाश्यक हुने गरेको जोगमाई दुईका मिलन भण्डारीले बताउनुभयो । डेरीमा दैकिन एक सय केजि भन्दा बढी दाउँरा खपत हुने गरको छ । नजिकमा दाउरा नभएका कारण टाडाबाट ल्याउन पनि धेरै खर्च लाग्ने हुँदा कारोबार नै घटाउनु परेको डेरी सञ्चालकहरु बताइउछन् ।
एउटा डेरी सञ्चालनका लागि दैनिक पाँच भारी दाउरा को आवश्यकता पर्छ । दूध तताउन र छुर्पी बनाउन व्यवसायीहरुले पुर्ण रुपमा दाउराको भर पर्नु पर्ने जिल्लाको उत्तरी क्षेत्र जमुनाका डेरी सञ्चालक कैलाश गरुङ्गले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनका लागि आयोजनाहरु संचालन हुने
इलाममा, अन्तु, गजुरमुखी, सन्दकपुर, गुनमुने, मङ्गलवारे पार्क तथा अन्य पूर्वाधार र माङमालुङ्गको पर्यटन प्रवद्र्धनका लागि काम गर्ने जनाइएको छ । पर्यटन विकास समितिले स्थानीय पर्यटन विकास समितिलाई पूर्वाधार विकासका लागि प्रस्ताव माग गरिसकेको छ ।
समितिले ताप्लेजुङ्ग जिल्लामा हाङ्गदेवा सुकेटार पदयात्रा मार्ग, सिद्धिडाँडा चण्डेश्वर क्षेत्र पर्यटकीय पूर्वाधार विकास कार्यक्रम संचालनका लागि प्रस्ताव माग गरेको छ । पर्यटन विकास समितिले इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाको पर्यटन विकासका लागि यी योजनाहरु कार्यान्वयन गर्ने भएको पर्यटन विकास समितिकी सदिक्षा कार्कीले बताउनुभयो ।
यसैगरी पाँचथर जिल्लामा मिक्लाजुङ्ग क्षेत्र पर्यटन पूर्वाधार विकास, सुम्हालुङ्ग क्षेत्र पर्यटन पूर्वाधार विकास र सिलौटी क्षेत्र पर्यटन पूर्वाधार विकासको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
पूर्व राजाले भने- ‘मुलुकै नरहे हामी कसरी नेपाली ?’
गणतन्त्र र नेताविरुद्ध नारावाजी
राजा ज्ञानेन्द्र शाहले मुलुक, राष्ट्रियता र प्रजातन्त्र जोखिममा परेको बताउनु भएको छ ।
भविश्य महापुराणको उद्घाटन गर्न बिराटनगर आएका पूर्व राजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुलुक, राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको बताउनु भयो । ‘मैले सुरुदेखि नै यी तीन कुरामा जोड दिँदै आएको थिए, आज आए तीनै जोखिममा परे’ रत्ना होटलमा करिव ३ मिनेट सञ्चारकर्मीहरुसँग एकोहोरो सम्वाद गर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो-’मुलुक नै नरहे हामी नेपाली कसरी रहने ?’
आफूले पहिलेदेखि नै राष्ट्रियता र प्रजातन्त्रमा जोड दिँदै आएको भन्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र प्रजातन्त्र बलियो भए मात्र मुलुकमा शान्ति र स्थीरता आउने बताउनु भयो । उहाँले राष्ट्रियतालाई पहिलो प्रामथमिकतामा राख्न सबैलाई आग्रह समेत गर्नुभयो । सञ्चारकर्मीहरुसँगको भेटअघि पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुसँग गोप्य भेटवार्ता गर्नु भएको छ । उहाँले सुनसरीको झुम्कामा आयोजित महापुराण उद्घाटन कार्यक्रममा उपस्थीत भएपनि सम्वोधन गर्नुभएन ।
कार्यक्रमका बक्ताहरुले भने पूर्वराजालाई सक्रिय हुन आग्रह गरिरहेका थिए । आफूलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेको सुनिरहेका पूर्वराजा ज्ञानेन्द्र मात्र मुस्कुराई रहनुभयो । राजावादी नेता प्रेमप्रसाद भट्टराईले राजाले देश बताउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’राजनीतिक दलका नेताले देशलाई बर्बाद बनाइसके, अब सारा नेपालीको एकमात्र चाहना पूर्वराजाले देश बचाउनु पर्यो ।’
आयोजक समितिका अध्यक्ष कमल निरौलाले ज्ञानेन्द्रलाई ज्ञापन पत्र चढाउँदै जनतामाझ आउन आग्रह गर्नुभयो । ज्ञापन पत्रमा भनिएको छ-’समयको माग हो । राजा, अब तपाई जनतामाझ आइदिनुपर्यो, तपाईको राजगद्धी कुनै पनि बेला पुनस्र्थापना हुनेछ ।’
पूर्व क्षेत्रका पुराना कम्युनिष्ट नेता मानिने निरौलाले हालै कम्युनिष्ट पार्टी परित्याग गरि राजावादी भएको घोषणा गर्नुभएको थियो । पूवराजालाई सिंहासनजस्तो देखिने बिशेष आसनमा राखेका आयोजक भने मञ्चको भुईंमा वसेका थिए ।
पूर्वराजा विराटनगरबाट सुनसरीको झुम्का जाँदा र र्फकदाँ समर्थकहरुले राजा र राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । ‘राजा आउ, देश बचाउ’ हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका उनीहरुले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए । सुनसरीको दुहवी र इटहरीमा राजावादी र राप्रपा नेपालका कार्यकर्ताले ज्ञानेन्द्रको भव्य स्वागत गरेका थिए । इटहरीमा गाडीको सिसा खोलेर सर्वसाधारणको कुरा सुनेका ज्ञानेन्द्रले ‘हुन्छ-हुन्छ’ भन्दै मुन्टो मात्र हल्लाउनु भएको थियो ।
भुटानी शरणर्थी शिविरमा आगलागी
आगलागीबाट करिब २ करोड बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बेलडाँगी-२ सेक्टर-४ रामचन्द्र बाँस्कोटाको छाप्रोबाट करिब १ बजेको समयमा सुरु भएको आगलागी इटहरी, दमक र भद्रपुरबाट आएका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण झण्डै सात हजार मानिस घरबारविहीन भएको प्रहरीले जनाएको छ । आगालगीको कारण र क्षतिको यकिन विवरण भने अझै आइनसकेको झापा प्रहरीले जनाएको छ ।
यसैबीच क्षतिको मूल्याङ्कन र आगलागीका कारण घरबारविहीन भएका शरणार्थीहरुलाई राहत उपलब्ध गराउने विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति र सरोकारवालाहरुको संयुक्त बैठक अहिले बसिरहेको छ ।
सभाध्यक्ष नेम्बाङ्गलाई ज्ञापन पत्र
खानेपानी उपभोक्ता संस्था र समूहद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामा लाग्दै आएको शुल्क खारेजी सहितका तीन सुत्रीय माग राख्दै खानेपानी तथा सरसरफाई उपभोक्ता महासंघ इलामले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई शनिबार ज्ञापन पत्र बुझाएको छ ।
पर्यटकीयस्थल भएर पनि सुविधा अभावमा विद्युतबाट खानेपानी तानेर पानी खान बाध्य भएको इलामको कोलबुङको हर्कटेमा शनिबार महासंघले सभाध्यक्ष नेम्बाङलाई ज्ञापन पत्र बुझाएको हो । महासंघ अध्यक्ष राम रानाले सामुदायिक खानेपानी आयोजनामा लाग्ने शुल्कलाई आधा घटाउनुपर्नेजस्ता मागसहितको ज्ञापन पत्र नेम्बाङलाई बुझाएको सचिव इन्दिरा घिमिरेले जानकारी दिनुभयो । नेम्वाङले सम्वन्धित ठाउँमा विद्युत महशुल घटाउन पहल गर्ने आश्वासन दिनुभएको थियो । नेम्बाङ्ग आईतबार सामुदायिक रेडियो इलाम एफएमको नव निर्मित भवनको उद्घाटन तथा सोही दिन शुरु हुने अन्तराष्ट्रिय सहहित्य सम्मेलनको उद्घाटनको लागि इलाम आउनुभएको हो ।
एकीकृत जनस्वास्थ्य अभियान शुरु
सर्वसाधारणको घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले इलामको मंगलबारे गाउँ विकास समितिबाट एकीकृत जनस्वास्थ्य अभियान शुरु भएको छ । कार्यक्रमको उद्घाटन आज संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले गर्नुभएको थियो ।
जिल्लाका विभिन्न ११ वटा गाविसमा सञ्चालन गरिने कार्यक्रम पश्चिमी गाविस मंगलबारेबाट शुरु गरिएको हो । जिल्लाको जिर्मले, जोगमाई, नयाँबजार, धुसेनी, सोयाङ, महमाई, साकफारा, चमैता, ईरौँटार र माईपोखरीमा सो कार्यक्रम सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यलय इलामलृ जनाएको छ । कार्यक्रमा विभिन्न प्रकारका रोगहरुको परिक्षण गरी औषधी वितरण गरिने जनाइृएको छ ।
सो कार्याक्रम मोटरबाटो नपुगेका, स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेका गाउँलाई लक्षित गरेर सञ्चालन शुरु गरिएको बताईएको छ । अभियान सञ्चालनका लागि जिल्लामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जिल्लामा पहिलोपटक यस प्रकारको कार्यक्रम सञ्चालन गरिएकाले गाविसको प्रत्यक्ष सहगोगमा सचिव मार्फत सहयोग हुने बताईएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध हुने यस्तो कायक्रमक्र नेपाल सरकारले गत कात्तिक महिनामा पश्चिमी जिल्लाहरुमा ल्याएको थियो ।
प्रेस चौतारी मोरंगले शान्ति र संविधानका लागि गुणस्तरीय पत्रकारिता अभियान थाल्ने
१६ माघ
प्थरी । प्रेस चौतारी मोरंगले शान्ति र संविधानका लागि गुणस्तरीय पत्रकारिता अभियान थाल्ने भएको छ । अभियान चैतबाट थालिने भएको हो ।
मंगलबार प्रैस विज्ञप्ती जारी गरी चौतारीले सो अभियानका लागि जिल्लाको विभन्नन स्थानहरुमा गोष्ठी, अन्तरक्रिया, तालिमलगायतको कार्यक्रम गर्ने जनाएको हो । चौतारीले १ लाख अक्षय कोष रहेको खडा गर्ने बताएको छ । अक्षय कोषबाट अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरम शिक्षा पत्रकारिता पुरस्कार तथा प्रेस चौतारीको स्थापना दिवसको अवसरमा प्रेस चौतारी पत्रकारीता पुरस्कार स्थापना गर्ने संगठनले जनाएको छ ।
पूर्वमा सुपर मोडल छनौट
पूर्वका युवाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित १६ देखि २५ वर्ष उमेरका युवतीहरुबीचको पूर्वाञ्चल सुपर मोडल (फिमेल) २०६८ बाट विभीन्न विधमा ९ जना छनौट भएका छन् ।विराटनगरमा गएको बुधवार अडिसनबाट पूर्वाअञ्चलका झापा, सुनसरी र मोरङजिल्लाबाट युवतीहरु छनौट भएका हुन् ।
मोफसलमा पनि मोडलिङलाई पेसका रुपमा अंगाल्न युवाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विराटनगरको एवान इन्टरटेन्टले आयोजना गरेको प्रतियोगितामा मञ्जिला मगर, रोनिका पेडिवाल , आयुशा कटुवाल , टयालेन्ड राउन्डमा छनौट भएका छन् । यस्तै गरी आरती दाहाल , गरिमा श्रेष्ठ, सुष्मा प्रधान, फोटो सेशनमा छनौट भएका छन् । भने दिपिका श्रेष्ठ, अलिसा कडेल ,र अञ्जु राई बेस्ट हेयर स्टायलमा छनौट भएका हुन् । प्रतियोगितामा छनौट भएकाहरुलाई क्याटवाक, व्याक्तित्व, योग्यता, विकास र नेतृत्व क्षमताको आधारमा छनौट गरिएको कोरियोग्राफर अमित तम्राकारले जानकारी दिए । छनौट भएका प्रतिस्पर्धीहरुबीच फागुन २० गते विराटनगरमा फाइनल प्रतियोगिता हुने भएको छ ।
फाइनलबाट छनौट भएका युवतीहरु आगामी वैशाखमा हुने मिस नेपाल २०१२ मा पूर्वाञ्चल सुपर मोडल उपाधी विजेतालई सहभागी गराइने भएको छ । मोडल प्रतियोगितमा प्लस टु उत्तिर्ण गरेका र ५ फिट २ इञ्च उचाई भएका अविवाहित ३६ जना यूवतीहरुको सहभागिता रहेको छ ।
“यूएइमा उदाउदैछन किरण”
अरबको सरदर ५० डिग्री सेन्टीग्रेड तापक्रममा श्रम बेचेर बाँकी रहेको थोरै समयलाई कसैले रक्सी र डिस्कोमा लगाएका छन् त कसैले आफ्नै जन्मभूमिको खातिर खर्चिएका छन् । खाडी मुलुकहरुमा पछिल्लोपटक संयुक्त अरब इमिरेट्स यस्ता सृजनशील नेपाली मनहरुबाट चर्चाको शिखरमा आउँदैछ। प्रबासमा रहेर आफ्नो कला, संस्कृतिको लागि केही राम्रो काम गरौं भन्ने उद्देश्य लिएर अगाडि बढेका युवाहरुको जमातमा किरण खतिवडा एउटा गर्बिलो नाम भएर उपस्थित भएका छन् संयुक्त अरब इमिरेट्समा ।
पूर्बी नेपालको चारपाने-२ बिर्तामोड, झापामा बि.स २०४१ कार्तिक ३ गते बुवा गंगा र आमा देवीका खतिवडाको सुपुत्रको रुपमा जन्म लिएका किरण खतिवडा कला क्षेत्रमा साँच्चै नै एउटा सुनौला किरण भएर उदाउँदैछन । बिर्तामोडको एमीटी कलेजबाट +२ गरेका किरणले बि.स २०५९ सालमा पूर्वाञ्चल कला केन्द्र, बिर्तामोडबाट एक्टिङमा डिप्लोमा गरिसकेका छन् । सानैदेखि अभिनयमा अभिरुची भएका किरणले पहिलो पटक बि.स २०५९ मा “शत्रु” नामक सडक नाटक बाट आफ्नो अभिनय सुरु गरेका हुन् । त्यो नाटकमा आफुले राम्रो अभिनय गरेको सबै दर्शकले बताएपछि उनलाई कला क्षेत्रमा हौसला बढेको बताउँछन् । “शत्रु” सडक नाटकपश्चात बि.स २०६० मा २ वटा स्टेज नाटक “बद्लिएको मन” र “बाबाको सपना” मा नायक(मुख्यपात्र) को भूमिका खेलेका उनले त्यही बर्ष आफ्नै कथा र निर्देशनमा एमिटी कलेज बिर्तामोडमा स्टेज नाटक “Drugs Can Take Life” मा अभिनय गरेका थिए ।
बहुमुखी प्रतिभाका धनी किरणले सफलता पाउँदै जाँदा त्यसै चुप लागेर बसेनन् । आफ्नो आफन्त तथा परिवारमा कला क्षेत्रमा कोही पनि नलागेको देखेर उनलाई परिवारको सपोर्ट कमै मिलेको थियो । छोरो धेरै पढेर केही गरोस् भन्ने हरेक आमा बाबुको सपना हुन्छ शायद त्यही सोचेर होला उनलाई पनि कमै सपोर्ट भएको । यद्यपि उनले आफ्नो उद्देश्यलाई तुसारापात हुन दिएनन्, लागिरहे कला क्षेत्रमा । फलस्वरुप २०६१ मा “जन्मदिन” नामक डिजिटल फिल्ममा मुख्यपात्रको रुपमा अभिनय गर्न पुगे । यस फिल्मले उनलाई अझ अगाडि बढ्न प्रेरित गर्यो । उनले २०६२ मै आफ्नै कथा र सम्बादमा राजवंशी भाषाको डिजिटल फिल्म “बचन” मा पुन: मुख्यपात्रको भूमिका गरे ।
समय सधैं एकै समान हुँदैन, सुख-दु:ख एकपछि अर्को गर्दै आउँछन् । यो रियल लाईफको सत्यताले उनको रिल लाईफमा पनि असर देखायो । बुवा धनी भएर पनि कला क्षेत्रमा फसेर सम्पत्ति सक्छ भन्ने परिवारको सोचले किरणमाथि आर्थिक अभाब देखिन थाल्यो । “मुनामदन” मा मदन सुनका अशर्फी कमाउन भोट गएझैं २१ औं शताब्दीका मदन यानी किरण आफ्नो उद्देश्य प्राप्तिका लागि केही धन कमाउन मरुभूमिको शहर पलायन हुन बिवश भए । जन्मभूमि छोड्ने रहर नहुँदानहुँदै पनि उनी बिवशता र बाध्यताले प्रबासी हुन वाध्य भए । धेरै ब्यक्तिहरु अमेरिका र युरोपियन देशहरुमा गइरहेको अवस्थामा उनले भने संयुक्त अरब इमिरेट्सको दुबइलाई रोज्न पुगे । अन्तत: उनी आजभन्दा ४ बर्षअगाडि दुबइ स्थितदुबइ मलमा सेल्समेनको रुपमा कार्यरत हुन पुगे ।
मुलुक छोडेर आएपछि पनि उनको दिमागमा कलाबाहेक अरु केही थिएन । हर समय उनको मनमस्तिष्कमा बिगतमा कलाकारितामा खर्चिएका पलहरु आउन थाले । एक किसिमले उनी कला क्षेत्रमै रमाउन चाहिरहन्थे । भगवानले बुझेछन् क्यार उनको मर्म, “जहाँ इच्छा त्यहीँ उपाय” भनेझैं किरणले कामबाट बचेको समयलाई सदुपयोग गर्न थाले । आफ्नै लगानीमा किरणले दुबइमा भएका केही साथीहरु जम्मा गराएर कलाकारीता सम्बन्धी तालिम दिए अनि तिनै साथीहरुको सहयोगमा नेपालका ख्यातिप्राप्त गायक-गायिकाहरुको गीतको म्युजिक भिडियोका लागि युएइका बिभिन्न मरोरम दृश्यहरु छायाङ्कन गरेर पठाउन थाले । त्यसै क्रममा गायक भरत सिटौलाको एल्बम “महिमा” मा समाबेश “कसुर मैले जानेरै गरें” भन्ने गीतमा मोडलिङ गरे । ततपश्चात झापाका उदीयमान गायक ताराबीर पाण्डेको “मोफसल” नामक एल्बमको “मेरी चाँदनी” गीतमा पुन: मोडलिङ गर्ने अवसर मिल्यो ।
यी २ वटा म्युजिक भिडियोहरुको रिलिजपछि अरुको नाममा म्युजिक भिडियो बनाएर आफ्नो नामलाई अदृष्य राख्ने भनेर सन २०११ को अक्टुबरमा आफ्नै लगानीमा Inspire Media – Dubai नामक संस्था खोल्न पुगे । स्मरण रहोस् Inspire Media युएइमा दर्ता प्रकृयामा छ् भने यसै हप्ता नेपाल सरकारबाट पनि आधिकारीक रुपमा स्वीकृति पाउँदैछ । युएइका बिभिन्न ठाउँमा हुने कार्यक्रममा उनले आफ्नो प्रतिभा देखाउन चुकेका छैनन् । यसो गर्दा उनी आफ्ना कमी कमजोरीहरु दर्शकबाट तत्कालै बुझ्न सकिने र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर उपाय खोज्न सजिलो हुने बताउँछन् । नेपाल टेलिभिजनबाट शिवराज पौडेलको प्रोडक्सनमा प्रसारित “प्रबासीको सन्देश ” कार्यक्रमको लागि दुबइबाट ४ वटा एपिसोड किरणले नै गरेका थिए । यसबाट प्रस्ट हुन्छ, उनी मोडलिङ, अभिनय, VJ, RJ जस्ता बहुमुखी प्रतिभाका धनी हुन् । फुर्सदमा कथा लेख्न र साथीहरुसँग दिमागको खेल (ट्रिक गेम) खेल्न रुचाउने किरणका चाँडै नै “यात्रीको दृष्टि” नामक Youtube Seria। आउँदैछ ।
साथै उनकै निर्देशनमा गायक भरत सिटौलाको नयाँ एल्बमको गीतको म्युजिक भिडियोको सुटिङमा लागिपर्दैछन् ।
किरण आज जे छन् जस्तो अवस्थामा छन त्यो सबै आफ्नी ममतामयी आमाको प्रेरणाको देन हो भन्छन् भने कला क्षेत्रमा पूर्वाञ्चल कला केन्द्रका रविन श्रीलाई आफ्नो गुरु मान्छन् । सन् २०११ मा काठमाडौं सितापाइलाकी जिया मरहट्ठासँग प्रणयसुत्रमा बाँधिएका किरण आफ्नो हरेक सफलतामा श्रीमतीको साथ र सहयोग पाएको बताउँछन् । आफ्नी बहिनी पूजना कार्की र ज्वाँई सरुन कार्कीले उनलाई यो क्षेत्रमा लाग्नको लागि हौसला दिएको बताउँछन् किरण ।
राष्ट्रले प्रतिभालाई चिन्न नसकेर धेरै प्रतिभाहरु प्रबासिन वाध्य भएको गुनासो उनमा पनि रहेछ । ‘साहित्य कला संगीतमा राजनीतिक हस्तक्षेप नहोस्’, उनले सबैसँग आग्रह गरे । आफ्नो कलालाई मन पराइ दिनुहुने सबैसँग आभारी रहेको र आउँदा दिनहरुमा नेपाली जनताहरुको चाहना अनुसारको अभिनय गर्ने सबैसँग बाचा गर्छन् किरण खतिवडा ।
प्रबासी बसाइमा धेरै नेपालीहरु छन् तर किरणलाई देशको चिन्ताले सताउँदो रहेछ । केही गरौं भन्ने उत्साहको चिन्ताले पोल्दोरहेछ । किरण भित्रको सकारात्मक सोचको, देशको चिन्तालाई सलाम । भोलि राष्ट्रले किरणको प्रतिभालाई चिनोस् हार्दिक शुभकामना ।।।
राईको छोरो लिम्वूको भाञ्जो तक्मे बूढो
सौखिन उनी यतिबेला कमेडिएन टेलिसिरियल ‘मेरी बास्सै’ मा साँच्चिकै नयाँ भूमिकामा देखा परिरहेका छन् । उनी अर्थात विल्सनविक्रम राई, जो स्टेजबाट एकैपटक हाँस्यव्यङ्ग्यको अभिनय यात्रामा पछिल्लो पटक मेरी बास्सैका सारथी भए ।
‘सधैं एउटै भूमिका र शैलीले दर्शकलाई हँसाउन नसकिने रहेछ’, मेरी वास्सैमा तक्मे बूढाको भूमिका प्रष्ट्याउँदै उनले भने, ‘मलाई नचिन्ने धेरै दर्शकले बूढो ठान्दा रहेछन् ।’ तिनै दर्शकमध्येका एक हुन् एसपी रमेश खरेल । खरेललाई तक्मे बूढाको अभिनय निकै मन परेछ । बुढ्यौली उमेरमा तक्मे बूढाको बेजोड अभिनय देखेर खरेलले उनलाई बधाई दिए । त्यो बेला मात्रै एसपी सावलाई थाहा भयो, तक्मे बूढा त भर्खर २५/२६ वर्षका रहेछन् । हो, दर्शकले ठानेजस्तो विल्सन न पाको ‘एज’का कलाकार हुन्, न त ‘रियल लाइफ’का गोर्खा सैनिक । मेरी बास्सैमार्फत एक महिनायता दर्शकमाझ गोर्खा सैनिकको ‘रिटायर्ड लाइफ’ का अनुभव साटिरहेका उनको अभिनय ‘रियल’ छ ।
आफैँले परिकल्पना गरेको भूमिकामा पाँच ‘एपिसोड’ अभिनय गरिसकेका विल्सनको लिम्वू लवज दर्शकमाझ छोटो समयमा निकै भिजेको छ । अझ उनको इमान, इज्जित र ‘प्रेस्टीज’ को कुरा सुनेर दर्शक नहाँसेको क्षण हुँदैन । गोर्खालीको छोरो भएर नेपालमा जन्मिदा इज्जित, हिन्दुस्तानमा लडाईं लड्दा इमान र व्रिटिस सेनामा लडाईं लड्दा प्रेस्टीज पाएको भन्दै क्यारेम र चेस खेलेर प्रतिष्ठा नबढ्ने सङ्केत गरेका छन् ।
राई भए पनि उनको लिम्वू लवजले मौलिकता बोकेको छ । ‘राईको छोरो भए पनि म लिम्वूको भाञ्जो हुँ’, शुक्रवारे कफी गफमा विल्सन फिस्स हाँसे, ‘अव त राईको छोरो लिम्वूको भाञ्जो तक्मे वूढो भइयो ।’ आर्मी हेडक्वाटरबाट ल्याएको तक्मा लगाएर अभिनय थालेपछि उनको व्यस्तता बढेको छ । एक महिनायता पूर्वका सातवटा महोत्सवमा उनले दर्शक हँसाइसकेका छन् । उनी गीत गाएर पनि दर्शक हसाउँन सिपालु छन् ।उनले झापा कारागारका कैदीबन्दीलाई पनि छोडेनन् । सहिद दिवसको मौका छोपेर कारागार छिरेका उनको प्रस्तुतिले सिङ्गो कारागार हाँसोले गुन्जियो । पाँचसय भन्दा बढी कैदीबन्दीले तक्मे बूढोको क्यारिकेचर हेरे । उनको लिम्वू लवजले धेरैलाई मनोरञ्जन दियो ।
जनजाति समुदायबाट यसअघि हाँस्यव्यङ्ग्यमा जमेका साम्दे शेर्पापछि विल्सन आफूलाई दोस्रो पुस्ताको पहिलो कमेडियनका रुपमा स्थापित गरेका छन् । उनले भने, ‘तक्मे बूढाको भूमिकाले हास्यव्यङ्ग्यमा स्थापित हुन मलाई अझै सजिलो भएको छ ।’ उनको अभिनयले पूर्वका लिम्वू जातिको मौलिक लवजको प्रतिनिधित्व गर्छ । हराउँदै गरेको भाषा र संस्कृतिको जगेर्नामा प्रेरित गर्न आफूले त्यस्तो भूमिका परिकल्पना गरेको उनी बताउँछन् । उनको यो अभिनय हेरेका विदेशी नेपाली दर्शकले पनि उनलाई अझै उत्साहित पारिरहेका छन् । युट्युव र फेसवुकमार्फक मेरी बास्सैका शृङ्खला हेरेका दर्शकको चाहना आफू बसेको देशमा उनलाई बोलाएर कन्सर्ट गर्ने नै हो ।
आयोजना मर्मत संभारको अभावमा लथालिङ्ग
इलामको उत्तरी जमुनामा रहेको जमुना खानेपानी आयोजना मर्मत संभारको अभावमा लथालिङ्ग भएपछि त्यहाँका उपभोक्ता खानेपानीको सुविधाबाटै वञ्चित भएका छन् । खानेपानी डिभिजन कार्यालय इलामको ३४ लाख रुपैयाँको लागतमा करीब ७ वर्ष अघि निर्माण सम्पन्न आयोजना पूर्ण रुपमा बन्द भएपछि जमुना २, ३, ४ र ६ नम्बर वडाका करीब दुई सय घर उपभोक्ताहरु अहिले स्थानीय कुवा र खोल्साको पानी खान बाध्य भएको आयोजनाका पूर्व अध्यक्ष धरणीधर भट्टराइले बताउनु भयो । ४२ लाख रुपैयाँको इस्टमेटमा सुरु गरिएको आयोजनामा पोलिथिन पाईपको प्रयोगले लागत घटेर ३४ लाख रुपैयाँ भएपनि हाल आयोजनाका सम्पूर्ण ट्याङ्खीहरु जिर्ण भइसकेको र निर्माण भएका ३९ वटै धारामा पानी आउन बन्द भएको बताइएको छ ।
निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन
विश्व वातावरण दिवस २०६८ को अवसरमा इलाम नगरपालिकाले आयोजना गरेको निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । इलामलाई हरितनगर बनाउन विद्यार्थीहरूको योगदान शीर्षकको निबन्ध लेखनमा कक्षा १०, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेकोमा सदरमुकाम स्थित आदर्श उच्च माध्यमिक विद्यालय सुमित शाह प्रथम र चारखोल उच्च मा.वि. का सिर्जना शर्मा द्वितीय भएका छन् ।
यसैगरी इलामको वातावरण संरक्षणमा नागरिकहरूको दायित्व शीर्षकमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको सहभागिता रहेकोमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका बिनोद श्रेष्ठ प्रथम र महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकै शरण निष्ठुरी द्वितीय भएका छन् । इलामलाई हरितनगर बनाउन इलामवासीको भूमिका शीर्षकमा २५ देखि ६५ वर्षसम्मका व्यक्तिहरूको सहभागिता रहेकोमा इलाम नगरपालिका वार्ड नं. ८ पिपलबोटेका नन्दलाल खम्बु प्रथम र इलाम नगरपालिका वार्ड नं. ३ का फणिन्द्र उपाध्याय द्वितीय भएका छन् ।
प्रतियोगिताका प्रथम र द्वितीय स्थान प्राप्त गर्ने निबन्धकारहरूलाई आउँदो फाल्गुण १४ गते इलाममा आयोजना हुने बृहत साहित्य सम्मेलन कार्यक्रममा पुरस्कार वितरण गरिने नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो ।
मेरो आनुभुती
भुवन सुवेदी
मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ झैं लाग्छ । त्यस्तै भएको छ मेरो इलामको भ्रमण । अन्तु महोत्सव २०६२ को अवसर पारेर सुर्योदयको दृष्यावलोकन गर्न र त्यहाँका प्राकृतिक छटासँग छोटो समयको लागि भए पनि मितेरी गाँस्दै त्यहाँका वासिन्दाहरु सँग हार्दिकता साट्ने लोभ थियो मनमा ।
सप्तकोशी एफएममा आवाजको खेती श्री गणेश गरेदेखि यो लोभ जागेको थियो । अनि यसलाई मलजल लगाउनु काम गर्नु भएको थियो श्री अन्तुका रुपेश अर्याल र मेरा अनन्य मित्र एक घिमिरे जीले । जो श्रीअन्तुका स्थाई बासिन्दा हुनुहुन्छ अनि सप्तकोशी एफएमका सहकर्मी पनि । उहाँ भन्नु हुन्थ्यो श्रोताको रेडीयो प्रतिको माया हेर्नु छ भने पहाडका स्रोतालाई हेर्नुस् । उहाँहरु एकको दिनको वाटो हिँडेर हुलाक आएर पत्र पठाउनु हुन्छ । त्यसैले हामीले टाढाको स्रोताको भावना कार्यक्रममा समेटन् काजुस्याई गरेनौं । साँच्चौ हो हलोका अनौमा रेडियो झुण्डयाएर अनि चिया टिप्दा काँधमा गाईवस्तु चराउँदा खेतवारी र मेला पात गर्दा रेडियोकै साथमा रहेको पाउँछौं । वास्तवमा हामी रेडियोमा काम गरेको सन्तुष्टी हामीलाई त्यति खेर मिल्यो जतिबेला बाटेमा रोकेर श्रोताले हाम्रो बारेमा सोध्नु भयो अनि अन्तु महोत्सव २०६२ को अन्तिम दिन मेरा सहकर्मी अनन्य मित्र चेतनजी र मलाई रेडियोमा सुनाएका हाम्रा आवाजवाट प्रत्यक्ष स्टेजमा विदाईका दुई शब्द बोल्ने अवसर दिइयो । उद्घोषकले हामीलाई स्टेजमा बोलाएर हाम्रो परिचयका साथमा विदाई गराउनु भयो । त्यतिवेलाको इलामवासीको ताली र विदाईका लागि हल्लिएका ती हातहरु अहिले पनि म झल्झली सम्झन्छु । प्रत्येक दिन रेडियोमा कार्यक्रमबाट विदा माग्दा कहिले पनि मलाई त्यति गाह्रो महसुस हुँदैन तर प्रत्यक्ष स्रोताको अगाडीबाट विदा माग्नु पर्दा कता कता मन कुडिएर आयो । तर इलामका वासीको त्यो अगाध माया पाउँदा भने अझ पनि मन आनन्दित हुन्छ । खुशीले पुलकित हुन्छ मन ।
इलाम हेर्ने रहर अन्तु महोत्सव २०६२ ले पुरा गरिदियो । यहि अवसर पारेर मंसिर १४ गते इटहरीबाट हिँडेका मेरा सहकर्मी चेतन धमला म र अन्य चार जना साथीहरु सुमन सुवेदी कमल अधिकारी जिवन धमला र युवराज घिमिरे । जब फिक्कलमा गाडीबाट ओल्र्यौ तब सुन्तलाका केस्रा चुस्दै अन्तु सम्मको वाटो त्यहिको प्राकृतिक सम्पदालाई नियाल्दै चियाको बुटा समाउँदै पैदल जाने निश्चित गरेर अन्तु तर्फ लागौं । नयाँ ठाउँ हेर्ने उमंग थियो मनमा । ओरालो बाटो भएकाले सिद्धिखोला सम्म त जसो तसो पुगियो । उकालो शुरु भएपछि हाम्रा गोडाले काम गरेनन् । दश वर्ष अघि पितृथलो संखुवासभा गएको थिएँ । त्यस पछि मेरा पयरले गरेको पहाडको सयर अन्तु यात्रा नै थियो । लखतरान भएको शरिर गले पनि समयमै अन्तु पुग्ने लिप्सामा थियौं हामी । बाटोमा भेटिएका इलामेसँग सुस्ताउँदै छोटो भलाकुसारी गर्न पनि हामी भुल्दैनथ्यौं । अनि हाम्रो रेडियोको वारेमा सोध्न पनि । त्यहाँका प्रत्येक मानिसले चिन्दा रहेछन् हाम्रो आवाजलाई । अचम्म लाग्यो । त्यतिखेर हामी थाकीसकेका भए पनि आनन्दित महसुस गथ्र्यौं ।
अन्तु छिर्ने बाटोमा बनाइएका स्वागत गेटहरु चियाका बुटा र अमृसाका घारीहरुले हामीलाई स्वागत गरिरहेको भान हुन्थ्यो । बाटोमा इलामवासीले स्वागत छ भनि रहेका थिए । त्यो हार्दिकता हामीमा छैन जति अन्तुवासीमा छ । पाहुनाको सत्कारका लागि होटल लज केही नभए पनि घर घरमा पैसा तिरेर पाहुना राख्ने पेइङ्ग गेष्टको अवधाराण इलामवासीको ग्रामिण पर्यटन प्रवद्र्धनको अनुकरणीय शुरुवात लाग्यो ।
११ अ को कुरा हामीलाई त्यतिवेला थाहा भयो जतिवेला हामीले प्रदर्शनीको अवलोकन गर्यौं । अर्को रोचक कुरा त जतिवेला हामी दिपेन्द्र शिखरको भ्यू टावरबाट सुर्योदयको दृश्यावलोकनको प्रत्यक्ष प्रसारण गरेका थियौं । पटक पटक प्रविधिले धोका दिए पनि त्यहाँबाट देखिएको सुर्योदयको दृश्यका वारेमा केही समय भए पनि प्रत्यक्ष प्रसारण गर्न पाएकोमा खुशी थियौं । त्यो वसाइका क्रममा घर परिवार र आफुले काम गर्ने रेडियो नै भुलेका थियौं । प्रशस्त आन्तरिक र वाह्य पर्यटकको उपस्थिति थियो त्यो वेलामा । पर्यटनको प्रशस्त सम्भावना वोकेको श्री अन्तु जहाँबाट भारतको दार्जिलिङ्ग सिक्किम लगायतका विभिन्न ठाउँहरु हेर्न सकिने उत्तर तर्फ हिम श्रृंखलाको दन्त लहर दृष्टिपात गर्न सकिने छोटो समयमा पुलुक्कै मात्रै नियाल्ने अवसर पायौं हामीले इलामलाई ।
अन्तुलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न युवा वर्गले खेलेको भुमिका प्रमुख लाग्यो । ११ अ ले प्रसिद्ध लोपोन्मुख लेप्चा जातिको वसोवास स्थल तथा प्रकृतिको सुरम्य स्थल अन्तुमा चाँडो भन्दा चाँडो प्रशस्त यातायातका साधन गुडाउन प्रतिक्षा गरिरहेको रहेछ अन्तु भन्ने लाग्यो । स्थानिय विकासमा जन सहभागिता रहेको पायौं । गाडीमै बसेर पुग्न पाउनु पक्कै पनि अन्तुवासीको भाग्यको कुरा हो ।
इतिहासमा हार्ने गायक कुवरेर राई गणेश रसिक यम बराल जगदिस समाल रोशन गुरुङ्ग पुजन प्रधान जस्ता सांगतिक स्रष्टा जन्माउने इलाम …………। । तारानाथ शर्मा………………………।जस्ता साहित्यिक व्यक्तिव जन्माउने इलामका श्रीअन्तु वासीको साहित्य प्रतिको प्रेम त्यतिवेला थाहा हुन्थ्यो जति वेला साना साना नानीहरुको अन्तर विद्यायल कविता प्रतियोगिता भइरहेको थियो । त्यहाँ देखिएका प्रतियोगि र दर्शकको धैर्यता र उपस्थिति दॆखेर अचम्मित थियौं हामी र लाग्यो साँच्चै चियाका बुटा र अमृसोको झाडीमा कविता जन्माउने गजल जन्माउने संगित अनि साहित्य जन्माउने कुै जादु छ की …।
मेरो जीवनको चाहाना मध्येको एउटा चाहाना भएको कम्तिमा वर्षको एक पटक इलाम गएर त्यहाँका चियाका बुटा समाउँदै उकाली र ओराली गर्दै एक पटक त्यहाँको प्राकृतिक सौन्दर्यको रसास्वादन दिपेन्द्र शिखरबाट सुर्योदयको दृश्यावलोकन गर्नु नै हो त्यसैले त अन्तु…।मैले सवलाई विसे्रछु तिमिलाई सम्झँदा ।
मलाई दण्डित हैन, मैले अघि बढाएको आन्दोलनलाई दण्डित गरिएको हो
उनले राजाको प्रत्यक्ष शासन कालमा आफूलाई अभियोग लगाएर प्रताडित गरिएको र लोकतन्त्रपछिको कठिन परिस्थितिमा त्यसलाई प्रमाणित गरिएको बताए। उनले यो फैसलालाई संघर्षको रुपमा लिएको बताए।
गुप्ताले मिडियामार्फत् नै मन्त्री पदबाट राजीनामा दिएको बताए। 'यो परिस्थितिमा म प्रधानमन्त्रीसामु आफै उपस्थित भई राजीनामा पेश गर्न सक्दिनँ, यसैबाट जानकारी होस् भन्ने निवेदन गर्न चाहन्छु।' यद्यपि भ्रष्टाचारको मुद्दा प्रमाणित भएपछि सार्वजनिक पदमा रहेका व्यक्ति स्वतः निलम्बित हुने प्रावधान छ।
कुनै राष्ट्रसेवक अनुसन्धान तहकिकातको लागि दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।
सर्वोच्चको फैसला सुन्न इजलासमा आउँदा उनी झण्डा भएको गाडी नचढी निजी गाडीमा आएका थिए।
म फूच्चे पत्रकार

आधा दशकअघि गौरादह र महारानी झोडामा जब म कक्षा ८-९ मा नै पढ्थे होला सायद त्यति बेला, कुनै एक निजी बिद्यालयमा ।
यही गौरादहमा, म समाचारको बाढीमा थिए । न म जान्दथें, तर पनि कनीकुथी कथ्थें समाचार, जुन मेरो लक्ष्य बन्थ्यो सायद त्यतिबेला । म सानो उमेरमा संगिठत भएको मान्छे । माफ गर्नु होला, कुनै पार्टीको चाहिँ होइन ।
म संगठित हुन्थे, बाल क्लब अनि बटुल्थें साथीहरु । त्यतिबेला म त्यस्तै १२, १३ बर्ष कै त थिएँ होला, जुन समय म कुनै रेडियोबाट प्रशारित कार्यक्रममा श्रोता क्लब खोलेर पनि लागें । असल शासन, छिनोफानो यस्तै यस्तै । जाग्यो अब मलाई पत्रकार बन्ने धुन । म तल्लीन भएर त्यही समाचारको बाढीमा हेल्लिएँ अर्थात खबरेहरुको भिडमा मिसिन पुगें। म अहिले त्यहिँ छु, आफ्नो भबिष्यका लागी तल्लीन भा’को छु, म त्यही खबरे ।
म केदार खड्काको पथमा थिएँ, अर्थात् म ७ मा पढ्दा त्यही खड्काकै असल शासन कार्यक्रमको क्लबमा थिएँ, भ्रष्टाचार बिरुद्धको अभियान रे ! म त्यही अभियानको ‘असल शासन हिमायती’ भा’को थिए । क्लब खुल्यो, म नै बनें अध्यक्ष । ६५ जनाको समुहको म नेतृत्व गर्थें । त्यसअघि मेरै अग्रसरतामा खोलिएको थियो, मैदानघोपा बाल समुह, त्यो पनि मेरै अध्यक्षतामा थियो । अब म पछ्यौटे (follower) भएको थिएँ तिनै केदार खड्काको अर्थात् उनकै असल शासन हिमायतीहरुको ।
म पूरै असल शासन हिमायती भइसकेको थें’ त्यतिबेला । केही मानिसलाई थर्काउने सम्म पनि गरें होला, त्यही असल शासनका नाममा वा भ्रष्टाचार बिरुद्धको अभियानमा । गाबिस सचिवसमेत थर्काइयो होला, हेल्थ पोष्टका अहेब समेत थर्किए होला मेरा कडा शब्दले । यस्तै थिए म त्यति बेला ।
म बिग्रिएँ अब, लागेन मलाई । हेल्थ पोष्टका अहेब थर्काएको निहुँमा समेत बिद्यालयको अफिस धाइयो । अनि म पत्रकार बन्ने जोस चढ्यो, म सायद ती नै असल शासनको सोलोगन ‘जे देखेँ, त्यही लेखेँ’ म फेरी पछ्यौटे भए ।
म बिद्यालयमा पढ्थें सायद कक्षा ८ मा होला, बिद्यालयमा दादुराको खोप अभियान चल्यो । बिद्यालयका शिक्षकले पनि खोप लगाएको मैले पत्रिकामा पठाउन लागेको कपी फेला पर्यो मास्टरको हातमा, अनि हप्काई खाएँ । इख बढ्यो मेरो म फेरी होमिएँ यही खबरेको अभियानमा ।
म ७ मा पढ्थें होला, त्यतिबेला । सार्बजानिक सुनुवाईको जोस चढ्यो, उही त म असल शासन हिमायती त थिएँ, त्यही भ्रष्टचार बिरुद्धको पथमा । अनि गरियो सुनुवाई । प्रमुख वक्ता थिए, अहिलेका साँसद दिपक कार्की ( गौरादह गाबिसका अध्यक्ष थे’ उनी त्यतिबेला) । उनी त छक्क परे रे भन्दै थिए । म त फुच्चे पत्रकार नै त थिएँ नि । मेरो ‘भाषण’ भने उनले, तर त्यो मन्तब्य थियो, सिकाएकै थिए नै केदार खड्काले ।
मैले पहिलोपटक समाचार लेखें पुर्वाञ्चल दैनिकमा छापियो ‘गौरादहमा बहस’ मेरो जिन्दगीको पहिलो समाचार थियो । त्यही खबरे अभियानको एउटा ‘पत्रे’ (मलाई साथीहरुले जिस्काउँदा पत्रकारलाई पत्रे भन्ने गर्छन) ।
म होम्मिएँ कै थिएँ त्यही अभियानमा । लागिरहेकै थिएँ म पत्रकारीतामा, म फुच्चे पत्रकार । अनि म लागिपरेको थिएँ अबिछिन्न । कतिले त मलाई पत्याएनन् पनि किनकी म सानो थिएँ । कक्षाका केही साथीहरुका अगाडि म नेता थिए, भने केही शिक्षकहरु मेरा बिरुद्ध टुप्पी नै कसेर लागेका थिए ।
म खबरेहरुको पथ पैल्याउने बाटोमा थिएँ, भेट्टाएँ मैले ‘मोफसल साप्ताहिक’ पत्रिका । छापिन्थ्यो, मेरो प्रिन्टलाइन (पत्रिकाको अन्तीम पेजमा सम्पादकको नाम लेख्ने तलपट्टीको ठाउँ) मा नाम । “युवराज विवश(महारानीझोडा)” । म फुच्चे त पत्रकार भइसकेको थिएँ त्यस्तै १४-१५ बर्षको उमेरमा । म साइकल पेलेर पुग्थें, पथरी समाचार लिएर ।
म पत्रकार बन्न तल्लीन थिए । म यतिबेला ‘शोख’ का रुपमा पत्रकारीता गर्दैथिए, वा इख थियो मेरो पत्रकारीता अनि मेरो डेष्टिनेशन ।
शुरु गरिसकेको थिएँ, मैले खबरेको पेशा । मेलै मोफसलमा लेखेँ, पहिलो सफ्ट न्युज बुझ्थें त्यति बेला (अहिले त्यो फिचर रै’छ) । लेखेँ ‘सुकुम्बासी बालबालिका शिक्षाबाट बन्चीत’ जुन मेरो पत्रकारीताका लागि एउटा नौलो जोस थियो । लागिरहें उही मिसनमा पत्रकारीता । म उही पथ पैल्याउने कोशिसमा थिएँ । एसएलसी सकियो, अनि लागियो उच्च शिक्षाका लागि दमकतर्फ । म, मेरै अस्तीत्व पत्रकारीतामा खोज्दै थिएँ । मेरो एम, अनि डेष्टीनेशन पत्रकारीता ।
शुरु गरेँ। पूर्वाञ्चल दैनिकमा, दमक सम्बाददाता । फेरी म फुच्चे पत्रकार, समस्या भोग्दै थिएँ । अग्रजहरुबाट ‘बाल’ दिने प्रबृतिबाट । म निख्रिदै थिएँ, खबरे अभियानमा । केही अग्रज साथीहरुको समिप्यता, मेरा लागि स्पेश भयो । म पत्रकारीतामा जग हाल्दै थिएँ ।दर्शन दैनिक बिराटनगरमा आबद्ध भएँ, अनि पर्र्यो मलाई लट्री । बालबालिका सम्बन्धी समाचार लेख्ने पत्रकारहरुको प्रस्ताव आव्हान गरियो, म झापाबाट छनौट भएँ । अनि लिएँ मैले एड्भान्स जर्नालिजम ट्रेनिङ, जुन आधारभुत भन्दा धेरै माथिको कोर्ष थियो ।
म मुलुकका १३ पत्रकारहरुमध्ये परें, बालबालिका सम्बन्धी समचार लेखनमा । जितें डिजिटल क्यामरा, अनि रेकर्डर । यो ट्रेनिङ मेरो पत्रकारीताको टर्निङ मोड बन्यो ।
दमकमा अग्रज पत्रकारहरुको सामिप्यताले मलाई अघि बढ्न प्रोत्साहन मिल्यो । अनि लागिरहें आफ्नो डेष्टिनेशनमा ।
म उही फुच्चे पत्रकार, अहिले म, समाचार लेखेर बाँच्न सक्ने भा’को छु । अब म फेरिएको छु ।
म फेरिएको छैन । म त उही फुच्चे हुँ । म त्यही फुच्चे पत्रकार अब मसिने र बच्चे भा’को छु । अर्थात मेरा अग्रज दाजुहरुका अगाडी मेरो परिचय फेरिएको छ, म कसैको मसिने त कसैको बच्चे बनेको छु, म उही फुच्चे पत्रकार – युवराज विवस ।
उखान टुक्कामा दलिएका दलितहरू

मनकुमार गदाल
ेपाली जिब्रोले बोल्ने उखान तुक्काहरु कत्तिपय यस्ता पनि छन जसले प्रायः त दलित समुदायको हुर्मत लिएका छन् । दलितको काम, पेशा र जीवनशैलीमाथि निरन्तर प्रहार गर्ने, उनीहरुलाई मानसिक रुपमा सँधै होच्याइरहने दासपूर्ण अभ्यासको दुःखी बिरासत बनेका छन् त्यस्ता उखानहरु ।
कुचिकार सिकन्दर मल्लीक दमक नगरपालिकाका कर्मचारी हुन् । नगरपालिकाको कार्यालय बढारकुँढार गर्ने उनको पेशा हो । तर उनको मन खिन्न भइरहने मुल कारण पनि यहि पेशै बन्ने गरेको छ । नगरपालिका कार्यालयमा आउने सर्वसाधारणदेखि हाकिमसम्मले कुराकानी गर्दा ‘मरेपछि डुमैराजा’ भन्ने गरेको उनले प्रसस्त सुनेका छन् । “साँच्चै मन दुख्छ” निधार खुम्च्याउँदै सिकन्दरले भने । आफ्नो जातलाई पिर पर्नेगरी भनेको सुन्दा मन कुँडस्ने बताएपनि सिकन्दरलाई यो पिडा सुनिदिने कोहि भए जस्तो लागेको छैन । हामी जस्ता साना मान्छेको कुरा कसले सुनिदेला र ? उनले उल्टो प्रश्न गरे ।
दमक-१३ का हेमकुमार दर्नाल (दर्जी) पनि शिक्षिकाले पढाएको बेला कामी काले र कालेकामी भनेको एउटै हो भनेर उदाहरण दिंदा साह्रै अपहेलित भएको महसुस गरे । बिद्यालय शिक्षा पूरा नगरी बिचैमा पढाइ छोड्नु पर्ने अन्य कारणमध्ये अपमानित उखान तुक्का पनि एउटा रहेको उनले बताए । दमक-११ कै आँचल भेराइटी सेन्टरका सञ्चालक विनोद रजक (धोबी) लाई पनि तराईका ठूला जात भनाउँदा शाह, राजपूत, गुप्ता, यादव, चौधरी र झालगायतका ब्यक्तिले मैथिली भाषामा उखान भन्दै उदाहरण दिने गर्नाले आफूले ‘पिन्च’ हुन्छ ।
यी त प्रतिनिधि उदाहरण वा पात्र मात्र हुन् । बर्णाश्रम समाज बहुल मुलुकभित्रका लाखौं दलितहरु आज उखान तुक्काको नाममा रातोदिन चर्को मानसिक पिडा खोपिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा उखान तुक्काहरु मानव सभ्यता, संस्कृतिका विकाससँगै शुरुवात भएको बताउँछन् । केन्द्रीय सदस्य विश्वकर्माको बुझाइमा कुनै पनि कुरालाई लामो ब्याख्यात्मक तरिकाले भन्नुको सट्टा संक्षिप्त वा पर्यायवाची भाषामा प्रस्तुत गर्न उखान प्रयोग गरिएको ठम्याइ छ । समाज, जाति, र समुदायका कसैको आत्मसम्मानमा चोटपुग्ने पाराका उखान तुक्काको चलन अन्त्यको लागि उनीहरुकै आर्थिक, सामाजिक सशक्तिकरण, देशब्यापी जनजागरण साथै ब्यक्ति, समूह संगठन, राजनीतिक दल र सरकारले एकै साथ स्वर मिलाएर काम गर्नुपर्ने उनको भनाई छ ।
नेपाली शब्द भण्डारजस्तो किताबमा समेत दलितलाई होच्याउने उखान तुक्का लिपिबद्ध गरिएको पाइन्छ । धेरैजसो त्यस्ता उखानलाई नयाँ र पढेलेखेको पुस्तासम्म पुग्ने काम नजानिदो पाराले प्रज्ञा प्रतिष्ठानले निकालेको शब्द भण्डारबाटै भइरहेको कुराले नेपाल उत्पीडित जातीय मुक्ति समाज इलामकी अध्यक्ष मधु विश्वकर्मालाई निक्कै पिरोलेको छ ।
दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन भण्डारी अभिधा अर्थमा नभएर लक्षणा र ब्यञ्जणा अर्थमा उखान तुक्काको प्रयोग हुने बताउँछन् । कुनै-कुनै घटना अनुभूति आभाषबाट पनि उखान बन्ने गरेको भण्डारीको भनाई छ । भण्डारीको भनाईमा नेपालमा बग्ने नदीको मुहान जस्तै उखान तुक्काका मुहान अनेक छन् । सबै जातिलाई होच्याउने र उकास्ने पनि उखान तुक्का छन् । यिनीहरुको संकलन गरे शब्दकोषभन्दा ठूलो हुने हुँदा अनावश्यक उखान तुक्काको संशोधन गर्नुपर्ने पूर्व क्याम्पस प्रमुख भण्डारीको भनाई छ ।
नेपाल बुद्धिजीवी परिषद् झापा अध्यक्ष उत्तम भट्टराई भन्छन् – मानिस जन्मजात ठूलो सानो हुँदैन । उसको मूल्यांकन कर्मको आधारमा गर्नुपर्छ । कुनै पनि जात-जाति तथा वर्गलाई लक्षित गरी बनाइएका समाजविरोधी उखान-तुक्काहरु नेपाल प्रज्ञा प्रतिष्ठान तथा साझा प्रकाशनलगायतका अन्य सामग्री प्रयोगमा ल्याइएका सम्बन्धित सामग्री हटाउनु पर्ने अध्यक्ष भट्टराईको पनि जोड छ । डा. नरेन्द्र चापागाइँको नेपाली शब्द भण्डारमा रहेको उखान ‘कामी बिहे अठार खाँचो’को अर्थ हेर्दा कामी समाजको दरिद्रता बुझाउने बचन, कामीको पेशा गर्ने मानिस सम्पन्न कहिल्यै हुँदैन भन्ने गरिएको पाइन्छ । कामी ढर्रा दमाई स्वाँङको अर्थमा उत्ताउलो श्रृङ्गार तथा आडम्बर आफ्नो औकात भन्दा माथिको ‘जबर्जस्त ढर्रा’ अर्थ दिन्छ भन्नेहरु पनि भेटिन्छन् । तर त्यस्ता उखानले गर्ने उपहास र दिने चोटको मर्म ज्यादै ठुलो छ, दलित अगुवा सोमनाथ पोर्तेल भन्छन् ।
नेपाली भाषाको पहिलो शब्दकोष नेपाली-अंग्रेजी शब्दकोष वि.सं. १९८८ मा पाश्चात्य विद्वान आर.एल. टर्नलले लेखेको शब्दकोष र नेपाली विद्वान चक्रपाणी चालिसेको बगालीकोष, १९९८ देखि हालसम्म लेखिएका शब्दहरुमा दलितहरुकलाई होच्याउने शब्दहरु धेरै रहेको दलित बुद्धिजीवीहरु बताउँछन् ।
एक दशक अघिदेखि दलित समुदायको अधिकार र जीवनशैलीको विषयमा अनुसन्धानमा क्रियाशील धनबहादुर सुनारले दलितहरुलाई होच्याउने उखान तुक्का निरुत्साहित गर्ने समतामुलक समाज निर्माणका लागि नीति, नियम बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ‘खाँचो नेपाल’ काठमाण्डौका अध्यक्षसमेत रहेका सुनार भन्छन्- मिडिया नीतिमा पनि परिवर्तन गर्नु आवश्यक छ । सँगै बौद्धिक आन्दोलन सबै तह र तप्का समुदाय, सरकार, राजनीति दलले पनि यसलाई अभियानको रुपमा सञ्चालन गर्न आवश्यक छ ।
पुराना नामहरु हराउँदै

‘संविधान’, ‘संघीय’ जस्ता राजनीतिका चलनचल्ती शब्दहरु मानिसको नामसँग जोडिन थालेका छन् । समय अनुसार अहिले पुरोहितको होइन, आफूले चाहेका नाम जुराउने चलन बढ्दै गएको छ । बच्चाको नाम राख्ने चलनमा आएका यस्तो परिवर्तनले नेपाली पुराना प्रचलित नामहरु हराउँदो अवस्थामा छन् ।
पेशाले पत्रकारिता गरी आएका झापा, दमक-११ का कमन देवानले छोरीको न्वारानमा नाम जुराए ‘संघीय’ । ‘५ वर्षकी भइसकी, पत्रकार देवान भन्छन्, ‘समय परिस्थिति अनुकूल त्यही थियो, नाम त्यही जुर्यो ।’ उनले परम्परागत चलनलाई सामाजिक अवस्था सुहाउँदो नाममा परिवर्तन गरिएको बताए । तर प्रचलित पुराना नाम राख्ने संस्कार भने हराउँदै गएकोमा अब भित्री चिन्ता भने कायम छ । ‘हाम्रो संस्कृति, संस्कारलाई लोप हुन दिनु हुँदैन’, उनको विचार थियो ।
सभ्यताको विकाससँगै मानिसले जाति, संस्कारपिच्छे उसलाई उच्चारण गर्ने नामको चलन आएको मानिन्छ । जन्मेपछि छोरा र छोरी छुट्टिनेगरी नाम राख्ने पारिवारिक चलन अहिले रुपान्तरित हुँदै जान थालेको पाइन्छ । हर्कबहादुर, चन्द्रकुमारी लगायतका पुराना त्यस्ता नामहरु कसैले मुलुकको माटो, परिस्थितिसँग मेल खाने रोज्छन् त कतिपयले पश्चिमा नामहरु जुराउँछन् ।
झापा, तोपगाछी-५ का दुरेन राई पश्चिमा नामहरु राख्ने चलनलाई राम्रो मान्दैनन् । छोराको नाम ‘संविधान’ जुराएका उनले आफ्नो माटो र पहिचानलाई आत्मसात गर्न नाम राखेको बताए । भन्छन्, ‘मेरो छोराले मुलुकको एजेण्डा बोकेको छ ।’ उनी नाम अनुसार उसको भविष्यको जीवनलाई प्रोत्साहन दिने अनुकूलका नामहरु जुराउन सक्नुपर्ने बताउँछन् । ‘नामले समेत उसको पहिचान दिन्छ’, आफ्नो अनुभव पोख्दै दुरेन भन्छन्, ‘आफ्नो संस्कृति भूल्नु हुन्न, आफ्नो पहिचान बिर्सनु हुँदैन ।’
परम्परागत नामहरु राखिए भोलि ती बालबच्चालाई त्यस्ता नाम घृणित लाग्ने गरेका हाम्रो समाजमा धेरै उदाहरणहरु छन् । बुबा, आमाहरु नाम ‘एक्स्ट्रा’ होस् भन्ने चाहना गर्ने चलनले व्यापकता पाउन थालेको छ । दमक-१२ का सिद्धिङ्बा बोर्डिङ्ग स्कूलका प्रिन्सिपल सुजन राई ‘एक्स्ट्रा’ नाम होस् भन्ने समाजको आम सोचाई बढ्दै जानुले पुराना नामहरु हराउँदै गएको ठान्छन् । ‘हाम्रा पिता पुर्खाहरु अब हराए’, पुराना नामहरु ठेट नेपाली खालका भए पनि समयका प्रभावले त्यस्ता नामहरु विलय भएको राईको बुझाई छ । प्रचलित नामहरु हराउँदै गएपछि विदेशमा समेत नेपालीको पहिचान गुम्न सक्ने उनको भनाई छ । उनी भन्छन्, ‘विदेशीको नक्कल होइन, स्वदेशी परिचय ‘नाम’ आउनु पर्छ ।’
बदलिँदो समय र पश्चिमा संस्कृतिका प्रभावका कारण पुराना ठेट नेपाली नामहरु बिस्तारै हराउन थालेको सरोकारवालाहरुको धारणा छ । लामो समयदेखि ज्योतिष विधामा काम गरी आएका दिव्यदृष्टि ज्योतिष परामर्श केन्द्रका पण्डित चक्रपाणि गौतम नेपाली ठेट नामका शब्दहरु धर्मशास्त्रीय दृष्टिले सार्थक भए पनि चलनचल्तीमा लोप हुँदै गएको बताउँछन् । ‘अहिले अंग्रेजी, नेपाली र संस्कृत शब्दकोषमा मेल नखाने नाम राख्ने अभ्यास भइरहेको छ’ पण्डित गौतमले भने, ‘नाम राख्दा सार्थक र ज्योतिष विधा अनुकूल हुनुपर्छ ।’ शास्त्रअनुसार नाम राख्दा ५ किसिमले नाम राख्न सकिने उनको भनाई छ । पण्डित गौतम न्वारानमा नै नक्षत्रको आधारमा नाम राख्न सकिए उपयुक्त हुने बताउँछन् । नाम राख्दा हाम्रा प्रचलित संस्कार र धर्म दर्शनलाई समेत पालना गर्नु राम्रो हुने पण्डित गौतमको सुझाव छ, तर नेपाली पुराना शाब्दिक नामहरु हराउँदै जानु हाम्रो संस्कृतिमाथि नै आघात पुग्दै गएको ठान्छन् उनी । भन्छन्, ‘संस्कृतिलाई बिर्सेर मनगढन्ते नाम राख्नु जायज हुँदैन ।’
नेपाली शिक्षक ओमप्रकाश गौतम पनि आफूखुशी नाम राख्ने चलनले नाम राख्ने महत्वमाथि प्रहार भएको बताउँछन् । न्वारानमा राखिएका नाम सार्थक हुनुपर्ने बताउँदै शिक्षक गौतम भन्छन्, ‘पश्चिममा नामहरुको अनुशरण गर्ने चलन हाम्रो परिवेश सुहाउँदो छैन ।’ लखनपुर-१ स्थित मंगलमय उच्च माविका अध्यापक गौतमले भने, ‘मौलिकतालाई बिर्सेर जथाभावी नाम राख्नु उपयुक्त हुँदैन ।’ उनी भन्छन्, ‘पहिचान दिने नामहरुको संरक्षण गर्न सबैको ध्यान जानुपर्छ ।’
सभासद लिङदेनलाई सम्मान

झापा क्षेत्र नं. ७ का सभासद विश्वदिप लिङदेनले संसद विकास कोषबाट भएको विकास गतिविधि अवलोकन गरेका छन् ।
उनले धरमपुरको फुलवारी चोकदेखि मंगलवारे जोड्ने करिव ४ किलोमिटर सडक ग्राभेलिङ कार्यको आज अवलोकन गरेका हुन् । त्यसैगरी धरमपुर ७ को एक होलीमा वन्ने कल्भर्टको समेत अवलोकन गरेका छन् । उनले आजै लखनपुरस्थित एक सुकुम्वासी वस्तीमा वनेको ग्राभेल सडक अवलोकन गरेकाछन् । संसद विकास कोस र स्थानियको साझेदारीमा सम्पन्न हुने ती आयोजनाहरुमा धरमपुरको सडक ग्राभेलमा १० लाख, होलीमा कल्भर्ट लगाउन २ लाख त्यसैगरी लखनपुरको सुकुम्वासी टोलको वाटोमा ६० हजार रुपैंया खर्चहुने स्थानिय उपभोक्ता समितिले वताएका छन् ।
अवलोकन गर्ने क्रममा लखनपुरमा भने सुकुम्वासीहरुले उनलाई एक समारोहको आयोजना गरी सम्मान गरेका थिए । कार्यक्रममा एमाओवादी झापा जिल्ला सदस्य दिपेनवाला राई, लखनपुरका पूर्व एमाओवादी संयन्त्र प्रतिनिधि कमल संग्रौला, धरमपुरका सडक ग्राभेल उपभोक्ता समिति अध्यक्ष केदार कार्की, स्थानिय सुकुम्वासी नेता दलबहादुर तामाङ लगायतको सहभागिता थियो । आफ्नो क्षेत्रमा संसद विकास कोषको १० लाख रुपैंयाले सानाठुला करिव २५ विकास आयोजनामा करिव ३० लाखको खर्च हुने सभासद लिङदेनले वताए ।
भारतीय पक्षले एकलौटी तटबन्ध निमार्ण गर्नथाले
तटबन्ध निर्माण भएपछि कञ्चनपुरका एक दर्जन भन्दा बढी गाविस डुबानमा पर्ने खतरा रहेको छ । नेपाली भु–भाग डुवानमा पर्ने गरि भारतीय पक्षले कञ्चनपुरको रामपुर विलासीपुर गाविसस्थित सिमा क्षेत्रमा एकलौटी अनाधिकृत रुपमा सडक बनाउने भन्दै धमाधम तटबन्ध निर्माण गर्न थालेको हो ।
वर्षायाममा आउने बाढीबाट आफ्नो भु–भाग जोगाउन भारतीय पक्षले दशगजा क्षेत्रमा सडक बनाउने भन्दै करिब पाच किलो मिटर लामो र ३ मिटर अग्लो तटबन्ध बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन । भारतीय पक्षले एकतर्फी रुपमा तटबन्ध निमार्ण गर्दा पानीको निकास बन्द हुने र नेपाल तर्फका आधा दर्जन गाविस डुवानमा पर्ने खतरा रहेको भन्दै स्थानीय बासिन्दा आक्रोसीत भएका छन ।
प्रसाशनलाई निर्माणाधिन तटबन्ध स्थगित गर्नका लागी पहल गर्न आग्रह गरेपनि प्रसाशनले कुनै चासो नदेखाएको रामपुर विलासीपुरका अमर चौधरी बताउाछन् । नेपाल– भारत बिचको सन्धि सम्झौता बिपरित अन्तराष्टिय कानुनको ठाडो उल्लङ्कघन गरी सिमा क्षेत्रमा एकतर्फि रुपमा तटबन्ध निर्माण गर्न थालेको भन्दै स्थानीय राजनितिक दलका प्रतिनिधीले यसको बिरोध गरेका छन् ।
बस्ति नै नभएको सिमा क्षेत्रमा सडक निर्माणको बहाना बनाएर भारतीय पक्षले तटबन्ध निर्माण गर्नथाले पछि स्थानीय बासिन्दाले पटक–पटक नेपाली अधिकारीलाई जनाकारी गराउदा समेत स्थानीय प्रशासनले बेवास्था गर्दै आएको स्थानीय बासिन्दा धनबहादुर पाण्डेले बताए । भारतले दशगजा क्षेत्रमा निर्माण गर्नथालेको तटबन्धका बारेको आफुलाई कुनै जानकारी नभएको र यसबारे तत्काल बुझने प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले बताए ।
भारतीय पक्षले दुई महिनाअघि देखि निर्माण गर्न थालेको तटबन्धका कारण कञ्चनपुरका रामपुर बिलासीपुर सहित त्रिभुवनबस्ती, परासन, बेल्डाडी, श्रीपुर र लक्ष्मीपुर गाविस डुवानमा परि सयौ परिवार बिस्तापित हुने स्थानीय बासिन्दाको भनाई छ । यसअघि पनि भारतीय पक्षले कैलालीसँग जोडिएको कञ्चनपुरको डोकेबजारदेखि पश्चिम दशगजा क्षेत्रमा एकलौटी रुपमा नाली र माटोको ड्याम निर्माण गरेको थियो । सडक दुर्घटनामा परि कञ्चनपुर जिल्लामा एक जनाको ज्यान गएको छ ।
‘ओछ्यान तताएको’ युनाको खुलासा


एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी युना अहिले त्यतै लुकेर बसेकी छन् । कार्यक्रममा भाग लिन जाने र उतै लुक्ने नेपाली कलाकारको परम्परालाई निरन्तरता दिंदै लुकेकी युनाले आफु एक बर्ष पैसा कमाएरमात्र नेपाल आउने बताएको सााघु साप्ताहिकले छापेको छ ।
अमेरिकाबाटै फेसबुक च्याटमा सम्र्पकमा आएकी युनाले आफु अमेरिका लुक्नुपर्नाका दुःख सुनााइन् । नेपाल आएर पनि भबिष्य नदेखेपछि पैसा कमाउन अमेरिकातिरै लुक्नुपरेको बताउने युनाले नेपालमा काम पाउन ओछ्यान तताउनुपर्ने वाध्यतालाई पनि खुलाइन् । यो बाध्यताबाट कोही पनि मुक्त नभएको बताएर उनले आफुपनि त्यस्तैखाले बाध्यताबाट गुजि्रएको संकेत गरेकी छिन् । आफुभन्दा सिनियर कलाकार पनि अमेरिका भासिएको भन्दै उनले आफु पहिलो कलाकार नभएकाले यसलाई अन्यथा नलिन आग्रह गरिन् ।
विदेशमा पनि सहकारी
![]() |
नेपालमा एक ब्याक्ति एक सहकारी नारा बनाई गाउँ गाउँ मा सहकारी खुल्ला रहेको बेला दुवाइमा रोजगारीमा रहेका नेपालीहरुले सहकारी स्थापना गरेका हुन । २०६६ माघमा स्थापना भएको सहकारीले २ बर्षमा २५ लाख बढी बचत संकलन गरी एक राम्रो उदाहरण बनेको छ । १५ जना नेपालीहरुले सामान्य बचतको निम्ति संचालन गरेको उक्त सहकारी अहिले नेपालीका अलावा,भारतीय,बंगालादेश तथा फिलिपिनी नागरिक पनि सहकारीमा आवद्ध छन । सहकारीमा अहिले ९५ जना सदस्य रहेको ब्यावस्थापक पिर्थ सुबेदी बताउछन ।
पुर्णचन्द्र न्यौपाने को संयोजनमा स्थापित सहकारीको पहिलो साधारण सभा मार्फत झापाका लिला प्र खरेलको अध्यक्षतमा समिति गठन भएको छ । समितिको उपाध्यक्ष चोलाकान्त न्यौपाने ,सचिव टेकेन्द्र बुढाथोकी,कोषाध्यक्ष पवन कुमार शाह, ब्याबस्थापन पृथ सुबेदी रहेका छन । त्यस्तै सदस्यहरु दिव्यराज खतिवडा, धन बा विक ,सल्लाकार पुर्णचन्द न्यौपाने रहेका छन ।
ब्याक्तिगत रुपमा चर्को ब्याजदर ऋण लगानी लगाउने प्रचलनलाई विस्थापित गर्न स्थापना भएको सहकारीले हाल सदस्य भित्र न्युन ब्याजदरमा ऋण लगानी गलाउने गर्दछ । साथै ब्याज मार्फत आम्दानी आफना सेयर सदस्यहरुको आकस्मित आउने आर्थिक संकटलाई निवारण गर्नु सहयोग पनि गरिने सचिव बुढाथोकी बताउछन । उनि थप्छन हाम्रो सहकारीको उदेश्य मुनाफा भन्दा पनि नगद सुरक्षा तथा आपसि सहयोग पनि हो ।
दीर्घकालीन रुपमा नेपालमा नै यस सहकारीलाई स्वरोजगारी तथा व्यवसायमुखी आर्थिक सस्थाको रुपमा विकाश गर्ने लक्ष दिएको सहकारीमा मासिक प्रतिव्याक्ति नेपाली रु ४५०० बचत गर्नै गरिएको छ ।
१. सहकारी स्थापना गर्ने सोच कसरी भयो ?
ड्ड हाम्रो यस सहकारी स्थापना हुन पूर्ण व्यक्तिगत रुपमा ज्यादै चर्को ब्याजमा ऋण लगानी लगाइन्थ्यो, त्यसलाई निवारण गर्न के गर्ने भन्ने हामी ३÷४ जनाले आपसी सल्लाह गर्दा नेपालमा पनि हामीले सहकारीमा काम गरेको हुँदा सहकारी स्थापना गरौं भन्ने सल्लाह भयो ।
२. निवाकरण भयो त व्यक्तिगत लगानी ?
ड्ड निवाकरण कहां हुन्छ र ? तथापी नगन्य रुपमा छ त्यो वयक्तिगत लगानी । अहिले हाम्रो सहकारीमा धेरै रकम आइसकेको हुनाले प्राय कोही पनि व्यक्तिसँग ऋण माग्न जानै पर्दैन ।
३. कसरी व्यवस्थापन गर्न हुन्छ सहकारी ?
ड्ड पहिलो करा त मन मिलेपछि असम्भव नहुँदोरहेछ भन्ने उदाहरण पनि हो यो सहकारी । हामी सबै सदस्यको तलब एकै दिन आउने हुँदा तलब प्राप्त गरेको २ दिन सम्म निश्चित व्यक्तिलाई आर्थिक जिम्मा लगाई बचत संकलन तथा ऋण लगानी लगाउने गरिन्छ । फेरी हामी प्राय एकै क्याम्पमा बस्ने पनि हुँदा अझ सजिलो भएको छ ।
४. यो त परदेश हो, ऋण लिएर ऋणी भाग्छन् होला नि, होइन ?
ड्ड हाम्रो सहकारी मार्फत ऋणमा नगद लिई नतिर्ने त असम्भव नै हुन्छ । कम्पनीको व्यवस्थापनमा हामी आफैं छौं । म मेनपावर कोअर्डिनेटर छु ,व्यवस्थापक पृथ गणस्तर मापक कोर्अिर्डनेटर हुनुहन्छ भने सचिब टिकेन्द्र साइट सपरभाइजर हुनुहन्छ । हाम्रो जानकारी बिना कसैको छटी पास हदैन । त्यसकारण सहकारीबाट ऋण लिएर भाग्ने सम्भावना ज्यादै कम हुन्छ ।
५. सहकारीको आगामी कार्यक्रम के के छ ?
ड्ड सामान्यरुपमा सञ्चालन गरिएपनि अहिले हामी वृहत रुपमा गइसकेका छौं । परदेशमा विभिन्न कारणले संकटमा परेका नेपाली दाजभाइलाई सहयोग पनि गर्दै आएका छौं । यसलाई अझ बृहत रुपमा अगाडि बढाउन चाहन्छौं । साथै हामी नेपालमा फर्किएर पनि सामाजिक तथा स्वराोजगार क्षेत्रमा काम गर्ने योजनामा छौं ।























