विदेशमा पनि सहकारी

 त्रिलोचन  कोइराला   

बैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा नै सहकारी स्थापना गरी संचालन गर्छन भन्ने कल्पना गर्नु नसकिरहेको बेला युएईको दुवाइमा उग्रचण्डी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भई संचालन भइरहेको छ ।
नेपालमा एक ब्याक्ति एक सहकारी नारा बनाई गाउँ गाउँ मा सहकारी खुल्ला रहेको बेला  दुवाइमा रोजगारीमा रहेका नेपालीहरुले सहकारी स्थापना गरेका हुन । २०६६ माघमा स्थापना  भएको सहकारीले २ बर्षमा २५ लाख बढी बचत संकलन गरी एक राम्रो उदाहरण बनेको छ । १५ जना नेपालीहरुले सामान्य बचतको निम्ति संचालन गरेको उक्त सहकारी अहिले नेपालीका अलावा,भारतीय,बंगालादेश तथा फिलिपिनी नागरिक पनि सहकारीमा आवद्ध छन । सहकारीमा अहिले ९५ जना सदस्य रहेको ब्यावस्थापक पिर्थ सुबेदी बताउछन ।
पुर्णचन्द्र न्यौपाने को संयोजनमा स्थापित सहकारीको पहिलो साधारण सभा मार्फत झापाका लिला प्र खरेलको अध्यक्षतमा समिति गठन भएको छ । समितिको उपाध्यक्ष  चोलाकान्त न्यौपाने ,सचिव टेकेन्द्र बुढाथोकी,कोषाध्यक्ष पवन कुमार शाह, ब्याबस्थापन पृथ सुबेदी  रहेका छन । त्यस्तै सदस्यहरु दिव्यराज खतिवडा, धन बा विक ,सल्लाकार पुर्णचन्द न्यौपाने रहेका छन ।
ब्याक्तिगत रुपमा चर्को ब्याजदर  ऋण लगानी लगाउने प्रचलनलाई विस्थापित गर्न स्थापना भएको सहकारीले हाल सदस्य भित्र न्युन ब्याजदरमा ऋण लगानी गलाउने गर्दछ । साथै ब्याज मार्फत आम्दानी आफना सेयर सदस्यहरुको आकस्मित आउने आर्थिक संकटलाई  निवारण गर्नु सहयोग पनि गरिने सचिव बुढाथोकी बताउछन । उनि थप्छन हाम्रो सहकारीको उदेश्य मुनाफा भन्दा पनि नगद सुरक्षा तथा आपसि सहयोग पनि हो ।
दीर्घकालीन रुपमा नेपालमा नै यस सहकारीलाई स्वरोजगारी तथा व्यवसायमुखी आर्थिक सस्थाको रुपमा विकाश गर्ने लक्ष दिएको सहकारीमा मासिक प्रतिव्याक्ति  नेपाली रु ४५०० बचत गर्नै गरिएको छ ।


नेपालमा सामाजिक तथा स्वरोजगार क्षेत्रमा काम गर्छौं ।
अध्यक्षः— लिला खरेलसँगको कुराकानी

 १. सहकारी स्थापना गर्ने सोच कसरी भयो ?
ड्ड    हाम्रो यस सहकारी स्थापना हुन पूर्ण व्यक्तिगत रुपमा ज्यादै चर्को ब्याजमा ऋण लगानी लगाइन्थ्यो, त्यसलाई निवारण गर्न के गर्ने भन्ने हामी ३÷४ जनाले आपसी सल्लाह गर्दा नेपालमा पनि हामीले सहकारीमा काम गरेको हुँदा सहकारी स्थापना गरौं भन्ने सल्लाह भयो ।


२. निवाकरण भयो त व्यक्तिगत लगानी ?
ड्ड    निवाकरण कहां हुन्छ र ? तथापी नगन्य रुपमा छ त्यो वयक्तिगत लगानी । अहिले हाम्रो सहकारीमा धेरै रकम आइसकेको हुनाले प्राय कोही पनि व्यक्तिसँग ऋण माग्न जानै पर्दैन ।

३. कसरी व्यवस्थापन गर्न हुन्छ सहकारी ?
ड्ड    पहिलो करा त मन मिलेपछि असम्भव नहुँदोरहेछ भन्ने उदाहरण पनि हो यो सहकारी । हामी सबै सदस्यको तलब एकै दिन आउने हुँदा तलब प्राप्त गरेको २ दिन सम्म निश्चित व्यक्तिलाई आर्थिक जिम्मा लगाई बचत संकलन तथा ऋण लगानी लगाउने गरिन्छ । फेरी हामी प्राय एकै क्याम्पमा बस्ने पनि हुँदा अझ सजिलो भएको छ ।


४. यो त परदेश हो, ऋण लिएर ऋणी भाग्छन् होला नि, होइन ?
ड्ड    हाम्रो सहकारी मार्फत ऋणमा नगद लिई नतिर्ने त असम्भव नै हुन्छ । कम्पनीको व्यवस्थापनमा हामी आफैं छौं । म मेनपावर कोअर्डिनेटर छु ,व्यवस्थापक पृथ गणस्तर मापक कोर्अिर्डनेटर हुनुहन्छ भने सचिब टिकेन्द्र साइट सपरभाइजर हुनुहन्छ । हाम्रो जानकारी बिना कसैको छटी पास हदैन । त्यसकारण सहकारीबाट ऋण लिएर भाग्ने सम्भावना ज्यादै कम हुन्छ ।


५. सहकारीको आगामी कार्यक्रम के के छ ?
ड्ड    सामान्यरुपमा सञ्चालन गरिएपनि अहिले हामी वृहत रुपमा गइसकेका छौं । परदेशमा विभिन्न कारणले संकटमा परेका नेपाली दाजभाइलाई सहयोग पनि गर्दै आएका छौं । यसलाई अझ बृहत रुपमा अगाडि बढाउन चाहन्छौं । साथै हामी नेपालमा फर्किएर पनि सामाजिक तथा स्वराोजगार क्षेत्रमा काम गर्ने योजनामा छौं ।


     

गाडीको ठक्करबाट हवल्दार घाइते

राम योङ्हाङ
इलाममा शनिबार गाडीले ठक्कर दिँदा एक प्रहरी हवल्दार घाईते भएका छन् । ड्युटीमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर कुटुवाललाई हिडिरहेको समयमा पाँचथरबाट झापातर्फ गईरहेको गाडीले ठक्कर दिंदा कटुवालको बा“या खुट्टा भा“चिएको छ । सदरमुकामस्थित नारायणस्थान रोडमा शनिबार हवल्दार कुटुवाललाई मे १ ज ५७७ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र गाडीका चालकलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ठक्करबाट कटुवालको खुट्टा भा“चिएकोले कटुवाललाई सघन उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा ६ वुद्दे विज्ञप्ती

दिनेश सुब्बा
गोरखापत्र संस्थानद्रारा प्रकाशन हुदै आएका बाल साहितिक मासिक पत्रिका ‘मुना’ मा पछिल्लो समयमा साजसज्जा, लेखरचना, तस्वीरको गुणस्तरमा कमी आएको भन्दै बाल एकता समूह सज्जाल मोरङ वयरवनले सोमवार विज्ञप्ती निकाल्दै ६ वुद्दे सामmा मागहरु संस्थानलाई बुमmाएका छन् ।

     वयरवनको रमाईलो वालजगत वोर्डिङ् स्कुलमा भएको पत्रकार सम्मेलनमा गोरखापत्र उर्लावारी समचारदाता हरी कोइरालालाई  वयरवनका ‘मुना’ पत्रिकाका पाठकका हस्ताक्षर सहित ६ वुद्दे सामmा मागहरु पाठकका मामm वुमmाएको हो । बालबालिकाका प्रकाशित लेख, रचनाको पुरस्कार हुलाकबाट पाउने व्यावस्था, रु १० वरावरको मनोञ्जन देऊ, मुनाको कम्पोज÷सज्जामा सुधार गर, मुनाको चित्रमा सुधार गर , नवदित साहित्यकारलाई पनि स्थान देऊ, बाल सर्वोपरिलाई ध्यानमा राख जस्ता ६ वुद्दे  माग बाल एकता समूह सञ्जालका संयोक लोकेन्द्र शाक्यद्रारा हस्ताक्षर  विज्ञप्ती  बुमmाएको हो । कार्याक्रममा कक्षा ७ मा अध्यानरत योगेश पौडेल र विवर पाठकले  मुनाको नियमित ग्राहक ग्रामिण क्षेत्रमा वढीरहेपनी ग्रामिण क्षेत्रको लेख,रचना र चित्र लाई प्राथमीकता नदिएको गुनासो उनीहरुले पोखेका थिए । कार्याक्रममा हरि कोइरालाले यी माग र आवाजहरुलाई सम्वन्धीत निकायमा पुप्याएर निर्णय चाडैदिने प्रतिवद्धता व्याक्त गरेका थिए । कार्याक्रम बाल एकता समूह सञ्जालको आयोजना भएको थियो

पथरी युवा समाज युएइलेको बनभोज कार्यक्रम

  रमेश खडका
दुबइ /गत शुक्रवारको दिन पथरी युवा समाज युएइले दुवइको जावेल पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । दिनको ११ बजे बाट शुरु भएको बनभोज कार्यक्रम मरुभुमीमा उडेको बालुवा ले केहि असजिलो बनाए पनि उपस्थीत सबै हसिलो मुद्रामा देखीन्थे ।
 सस्थाका सस्थापक अध्यक्ष श्री मोहन नेपाल को सभापतिको आसन सगै बनभोज कार्यक्रमलाई औपचारीक रुपमा श्री कृष्ण पौड्याले गर्नु शुरु गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा परिचयात्मक कार्यक्रम राखीएको थियो भने दोस्रो चरणमा पथरी युवा समाजको समिक्षा रमेश खडका ले गर्नु भएको थियो  ।

बनभोज कार्यक्रमको विचमा दुवइकी स्थानिय कलाकार दिपीका घोरसाने को आकर्षक नृत्यले सबैलाई नचाएको थियो भने मिना रिजाल र दिल राइ को कम्बर बारुलै...गितको नृत्यले सहभागी मध्येकी अढाइ बर्षीय बालीका सोनु चापागाइ लाई पनि नचाएको थियो ।
बनभोज कार्यक्रमको निमन्त्रणा लाई स्वीकार गरि NRNका मध्यपुर्व संयोजक श्री लोक सुवेदी को पनि उपस्थीती रहेको थियो । संयोजक सुबेदीले पथरी युवा समाज पथरीबासीहरुको मात्र समाज नभइ सम्पुर्ण प्रवासी नेपालहरुको सस्था बन्न सकोस भनी शुभकामना पनि दिनु भएको थियो ।
 उक्त बनभोज कार्यक्रममा नेपाली टेलीचलचित्र “परिचय' की कलाकार मुना भण्डारीको सहभागीताले अझ कार्यक्रमको  सोभा बढाएको थियो ।


पुर्वी मोरङ जिल्लाको एउटा गाविस पथरी बाट युएइमा रोजगारी गरीरहने नेपालीहरुको  सङगठन पथरी युवा समाज भए पनि उक्त बनभोज कार्यक्रममा चितवनकी संगीता उप्रती ,इलामका नरेस निरौला,शुसीला रावत,धरानका शिव गुरुङ लगायत झापा,सिन्धुपाल्चोक,साङजा लगायत बिभिन्न जिल्लाबासीहरुको सहभागीता थियो । बनभोज कार्यक्रममा  पत्रकार श्री त्रिलोचन कोइरालाको पनि उपस्थीति रहेको थियो । साझ  को ५ बजे निर्धारित समय तोकीए पनि बनभोज कार्यक्रम साझ ६ बजे समापन भएको थियो ।

स्मरण रहोस पथरी युवा समाज युएइ नेपाली दुतावास युएइमा आजभन्दा ५ पहिले दर्ता भएको हो ।

युएई ब्यापी भोलीबल प्रतियोगिता सम्पन्ने आयोजक नै प्रथम


त्रिलोचन कोइराला
नेपाली जनसंपर्क समिति युएईको दुबइ Ôेत्रिय समितिको प्रथम सधरण्ँ सभा को अबसर तथा ६२औ प्रजातन्त्र दिबसको अबसरमा भोलीबल प्रतियोगिता सम्पन्न भएको छ ।
दुबइ स्थित अल्कुज बलिदिया खेल मैदानमा फेब्रुअरी १७ तारिखमा भएको भोलीबल प्रतियोगितामा युएईमा रहेका १६ टिमहरुको सहभागीता रहेका थियो । खेलको सुरुवातमा प्रकितिक समस्या धुवा धुलोले आबरोध गारेपनी बातावरण्ँमा सुधार आए पछि खेल निकै नै दरिलो प्रतिस्प्रधा भएको थियो । प्रतियोगिता नेपाली जनसंपर्क समिति युएईले सोझो २ सेटमा नै बाग्लुङ सेवा समाज युएईलाई पराजित गर्न सफल भई प्रथम स्थान हासिल ग¥यो भने दोस्रो स्थान बाग्लुङ सेवा समाजले हासिल ग¥यो
प्रतियोगितामा भरी सर्बोक्रिस्ट खेलाडिको पुरुस्कार प्रताप खबास,लिङ्खटरको यम बहादुर पुन र स्पाइकरको सर्बोक्रिस्ट पुरुस्कार जित्नबाग्लुङ सेवा समाज युएईका खेलाडी बेलु थापाले हात परेका थिए्र बिजेता टिम तथा खेलाडी हरुलाई नगद,शिल्ड,प्रमाण्ँपत्र प्रमुख अतिथी नरेन्द भाट,केन्दिय सभापति तथा बिशेÈ अतिथी चित्र बहादुर केसी तथा सम्योजक तथा दुबइ Ôेत्रिय सभापति मनोज गोर्खालिले प्रदान गर्नु भएको थियो ।
नेपाली जनसंपर्क समिति दुबइ Ôेत्रिय समितिको सभापति मनोज गोर्खालीको सभापतित्वमा सम्पन्न कार्याकमको प्रमुख अतिथी एनआरएन मध्यपुर्ब सम्योजक नरेन्द्र भाट, बिशेÈ अतितिमा समितिकै केन्द्रिय सभापति चित्र बहादुर केसिले गर्नु भएको थियो भने कार्यक्रम सल्चालन दुबइ Ôेत्रिय सचिब गोपाल कडेलले गर्नु भएको थिया ।नेपाल एम्बेस्सी बाट अतिथिको रुपमा तितिय सचिब ललित प्रशाद शेष्ठ, एनसिसी युएईका अध्यÔ चन्द् रोका,मध्यपुर्ब एनरारएन उप— सम्योजक एल एन सुबेदी,प्रबासी संघका अध्यÔ यमलाल पङगेनी,जनप्रगतिसिल मन्चका अध्यÔ उत्तम अधिकारी,लुम्बिनी वेल्फेर सोसाईटीका अध्यÔ डिलाराम सुबेदी,एनआरएनका कोपरेप्ट मेम्बर सिएम ढकाल,जनजाति महासंघका अध्यÔ गिरमान थापा मगर लगायत अन्य अतिथीहरुको समेत उपस्थिति रहेको थियो्र




मोतिराम अन्तिम चारमा

विराटनगर, युवा संघ नेपाल उपमहानगर कमिटि विराटनगरको
आयोजनामा प्रथम मदन स्मृति नकआउट फुटबल प्रतियोगिता २०६८ स्थानीय महेन्द्र
मोरङ क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा मोतिराम स्पोर्टिङ क्लब विजयी
भई अन्तिम चारमा प्रवेश गरेको छ । उसले सनिवार सम्पन्न खेलमा साइनो फुटबल
क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।
मोतिरामका स्पोर्टिङ क्लबका सन्तोष चौधरीले ह्याटिक सहित ३ गोल गरेका
थिए । चौधरी प्रतियोगिताको पहिलो ह्याटिक गरेका हुन् । खेलको म्यान अफ
द म्याच मोतिरामका सन्तोष चौधरी घोषित भएा छन् ।
फाल्गुन ११ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विराटनगर क्षेत्रका ८ वटा
टिमको सहभागीता रहेको छ । प्रथम हुने टिमले नगद २५ हजार, दोस्रो हुने
टिमले नगद १५ हजार र ट्रफि हात पार्ने छन् । अनुशासित टिम, हाइ स्कोरर
खेलाडि र उत्कृष्ठ खेलाडीलाई नगद जनही ५–५ हजार रुपैया र ट्रफि तथा प्रत्येक
खेलको म्यान अफ द म्याचलाई नगद ७ सय १ र ट्रफि दिइने छ । आइतवारको
अन्तिम क्वाटर फाइनल खेल सम्राट स्पोर्टिङ क्लब र मुनाल क्लबबीच हुनेछ ।

बनभोजमँ समिति प’न गठन्ँ

त्रीलोचन कोईराला
किस्ण्ँ पौडेलले मादलको तालामा लोकभाकामा गाना गाउन मात्र के थालेका थिए रमेश खडका मोहन नेपाल दिल राइ मुना भण्डारी मिना रिजाल कम्मर मर्कौउदोइ नाचन आइपुगीहाले । ४ दर्जन दर्सक गोलाकार हुदोइ थापाडी मार्दोइ सुरमा सुर मिलाई रहेका थिए ।
पथरी समज यु ए इ को आयोजनामा फागुन ५ गते दुबाइको जाबेल पार्कमा बनभोजको दिस्र्य हो यो ।
बनभोजमा बुनु उप्रेतीले गित, पारस तिम्सिना , त्रिलोचन कोईरालाले कबिता बचन गरेका थिए भने मिना रिजाल दीपिका गोरसानी रमेश खडका दिल राइ फुलमान राइ रन्जीता उप्रेती लगयतले नित्य प्रस्तुता गरेका थिएा
समाजले बानभोज संगोइ समजको साधारण्ँ सभा पनि सम्पन गरेको छ । सभाले आगामी २ बर्Èको लागि किस्ण्ँ पौडेललको अधक्क्ष्ँतँमा १३ सदस्य कार्य समिती गठन गरेको छ । गठित समितिको प्रथम उपाधक्क्ष्ँ मोहन नेपाल उपाधक्क्ष्ँ दिल राइ सचिब्ँ रमेश खडका सहसचिब मोहन गौतम र कोसधक्Ô मुना भण्डारी रहेका छन ।
गठित समितिका सदस्य हरु त्रीलोचन कोईराला भीम कोईराला शिभ पौडेल लागायत्का रहेक छन । भेलाले दुर्गा भाटराइ ै त्रीलोचन भारती रावन आधिकारीलाई सल्लाकर बनको छ समितिले आगमी कार्यकालमा १ नटक , तीन तीन महीनामा साहितिक , मनोरन्जनात्मक, खेलकुद अन्तकिर्या लगयत्का कार्यकम गर्ने भहेको समितिका सचिब खडकाले बताए ।

तेश्रो माडवाडि प्रिमियर लिग क्रिकेट प्रतियोगिता

विराटनगर, ३ फागुन । नेपाल अगं्रवाल युवा मञ्च विराटनगरको आयोजनामा तेश्रो माडवाडि प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबार देखि विराटनगरमा शुरु हुने छ ।
मञ्चका महासचिव जितेन्द्र अग्रवालका अनुसार विराटनगरमा रहेका माडवाडि युवाहरुको बीच मात्र क्रिकेट खेलाइने छ । विराटनगरको माडवाडि समुदायका अग्रवाल मेहश्वरी ओशवाल, ब्रँह्मण र स्वर्णकार समाजका टिमहरु समावेश रहने महासचिव अग्रवालले बताए । अग्रवालको मारुती रोयल, महेश्वरीको बाग्मति चार्जर्स, ओशवालको हुलास ११ नेपाल, ब्राह्मणको पि.आर. वारीयर्स र स्वर्णकार समाजको अंकित रोयल च्यालेन्जर्सका टिमहरु समावेश रहनेछन् ।
मञ्चका उपाध्यक्ष्ँ अमित संथालियाका अनुसार यो प्रतियोगिताले माडवाडि युवाका खेलाडिहरुलाइ अगाडि ल्याउनका साथै एक आपसमा परिचय र माडवाडि युवा मञ्चबीच मैत्री पुर्ण भातृत्व कायम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरेको बतायो । प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको छ । मञ्चका उपाध्यक्ष अमित संथालियाका अनुसार प्रतियोगितलाई सफल बनाउन विहिबार सा“झ मोटर साइकल ¥यालीले नगर परिक्रमा गर्ने बताए ।

झापा बन्यो पूर्वाञ्चल च्याम्पियन

राम योङ्हाङ
इलाम, ३ फागुन ।
इलामको ठूलो टुँडीखेलमा सञ्चालित पूर्वाञ्चल क्षेत्रीय स्तरीय पुरुष छनौट फुटबल प्रतियोगिताको फाईनल खेलमा झापा विजयी हुँदै पूर्वाञ्चल च्याम्पियन बनेको छ । आज सम्पन्न फाईनल खेलमा सुनसरीलाई ३–१ को गोल अन्तरले हराउँदै झापा पूर्वाञ्चल च्याम्पियन बनेको हो ।
सुनसनीपूर्ण प्रतिष्पर्धामा खेलको मध्यान्तर अघिको १७ आँै मिनेटमा झापाका कप्तान प्रवेश कट्वालले पाएको बललाई गोलमा परिणत गर्दै आफ्नो टिमको तर्फबाट पहिलो गोलको खाता खोलेका थिए । त्यसपछि २९ औ मिनेटमा सुनसरीका दिबहादुर तामाङले झापाका दिपेन राईलाई डिबक्स भित्रै लडाएपछि झापाले पेनाल्टीको अवसर पाएको थियो । झापाले पाएको पेनाल्टीको अवसरलाई दिपेन राईले गोल गर्दै आफ्नो टिमलाई २–० को अन्तरमा अग्रता दिलाए ।
मध्यान्तर पछिको खेलमा खेलको ६२ औँ मिनेटमा झापाका प्रवेश कट्वालले फेरी अर्को गोल गर्दै टिमको अग्रतालाई ३–० को अन्तरमा पुर्याउँदै जीतलाई निरन्तरता दिलाएका थिए । उता सुनसरीका तर्फबाट भने मध्यान्तर पछि खेलको ७४ औँ मिनेटमा लिले मगरले एक मात्र सान्तवना गोल फकार्उन सफल भएका थिए । खेलमा ७४ औ मिनेटमा सुनसरीका गोल रक्षक विनय श्रेष्ठ घाईते समेत भएका थिए । श्रेष्ठको स्थानमा हेम गुरुङलाई खेलाईएको थियो ।
दुबै टिममा राष्ट्रिय ए डिभिजनका क्लबहरुमा खेल्ने खेलाडीहरुको बाहुल्यता रहेकाले दुबै टीमले आफ्नो प्रतियोगितामा आफ्नो जीत हुने दावी गर्दै आएका थिए । खेल अहिलेसम्मकै उत्कृष्ठ र रोमाञ्चक भएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । खेलको अवलोकन गर्न गाउँ गाउँबाट हज्जारौँ दर्शकहरु आएका थिए । खेलमा झापाका तीन जना र सुनसरीका दुई जनाले पहेँलो कार्ड पाएका थिए । प्रतियोगतामा विजेता टिमका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिती इलाम र जिल्ला फूटबल संघ इलामको संयोजनमा भएको प्रतियोगिता गत माघ २६ गतेदेखि सञ्चालन हुँदै आएको थियो । धनगडीमा आगामी फागुन १३ गतेदेखि सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्न आयोजित प्रतियोगितामा पूर्वाञ्चलका सोलुखुम्बू बाहेकका १५ जिल्लाका फूटबल टीमको सहभागीता रहेको थियो ।
यसैबीच आजै भएको जिल्ला फूटबल संघ इलाम र खेलकुद विकास समितिको संयुक्त टीम र नेपाल पत्रकार महासंघ इलामबीच भएको मैत्रीपूर्ण फूटबल खेलमा आयोजक विजयी भएको छ । आयोजकले पत्रकार महासंघको टीमलाई २–० को गोल अन्तरले पराजीत गरेको थियो ।

वडा नागरीक मञ्चद्वारा खेलमैदान निर्माण

राम योङ्हाङ
इलामको इभाङ ५ मा गठन गरिएको वडा नागरीक मञ्चले स्थानीय एक विद्यालयको खेलमैदान पुनःनिर्माण, मर्मत र स्तरोन्नती गरेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्र्तगत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमको शिलशिलामा गठित मञ्चले जनसहभागिता जुटाएर खेलमैदानको मर्मत, विस्तार र स्तर उन्नती गरेको हो । समाज विकासका लागि नयाँ काम गरौँ भन्ने अभियान अन्र्तगत मञ्चले स्थानीय सिंहदेवी प्राथमिक विद्यालयको खेलमैदानको पुनःनिर्माण, मर्मत र स्तरोन्नती गर्न श्रमदान जुटाएको हो । श्रमदान कार्यक्रममा मञ्चले स्थानीयको समेत जनसहभागिता जुटाएको थियो । सो कार्यक्रममा मञ्चका पदाधिकारी र स्थानीय समेत गरी ३८ जनाले श्रमदान गरेको मञ्चका संयोजक धनजीत राईले जानकारी दिनुभएको छ । जिल्ला विकास समिति इलाम र मानव अधिकार मञ्च नेपाल इलामको साझेदारीमा इभाङ्गमा भईरहेकोे कार्यक्रम अन्र्तगत गठित मञ्चले इभाङ्गमा यस्ता विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वर्डफ्लु संक्रमित क्षेत्रका विद्यालहरु खुले


राम योङ्हाङ
वर्डफ्लु रोगका संक्रमणका कारण बन्द रहेका इलामको फाकफोक र पाँचथरको फाकतेप गाविसका विद्यालयहरु आजदेखि खुलेका छन् । एक सातादेखि बन्द रहेका ती गाविसका विद्यलयहरु अब त्यस क्षेत्रमा वर्डफ्लुको भय नभएकाले खुलाईएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । त्यस क्षेत्रमा वर्डफ्लु निन्त्रण नभएसम्मका लागि भन्दै गत माघ २३ गतेदेखि विद्याल बन्द गरिको थियो । वर्डफेलुका कारण इलामको फाकफोक स्थित सिद्धबाबा बबोर्डिङ स्कूल, सरस्वती प्रावि, जनजेति प्रावि र फाकफोक प्रावि बन्द रहेका थिए ।

२६ औं स्थापना दिवस तथा अभिभावक दिवस

फिपराज बेघा
पथरी। मोरङको पथरी स्थित एभरेष्ट अंग्रेजी आवासिय उमाविले २६ औं स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।
आज माघ १ गते एभरेष्टले विविध सास्कृतिक कार्यक्रम सहित स्थापना दिवस तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा व्याप्सन मोरङका अध्यक्ष खम्बर सिंह बस्नेत, दिनानाथ तिम्सिना, डेनिश खनाल, सिमरन श्रेष्ठ, प्रतित काफ्ले, दीक्षा न्यौपानेलगायतले विद्यालयको वारेमा मन्तव्य राखेका थिए । विद्यालयका निर्देशक रविन कन्दङ्वा, प्रिन्सिपल शान्तिराम तिम्सिना, प्रमुख अतिथि प्याप्सन मोरंगका अध्यक्ष खम्बरसिंह बस्नेतलगायतले उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
विद्यार्थीहरुले नृत्य, गायनलगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो । एभरेष्ट पथरीकै जेठो निजी शैक्षिक संस्था हो ।
.

घरवाली नेपालमा, बहारवाली विदेशमा

अहिले जताततै भ्यालेन्टाइनको रन्को छ । पश्चिीमी यो संस्कृतिले नेपाली युवा मनहरुलाई पनि ढपक्कै ढाक्न लाग्दा बिदेशिएका बैसालुहरुको प्रेम, सेक्स, रोमान्स अनि बिरहका कथाबारे बेलाबेला चर्चा भइरहन्छ । भ्यालेन्टाइनको यो मौसममा प्रवासी जीवनमा सामान्यजस्तै लाग्ने केही घटनाहरु पस्कने अनुमति चाहन्छु ।
गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौं । अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने कुरा भयो । संयोगवश ट्याक्सी डाईभर नेपाली नै भेटिए । अनुहारका छाला चाउरी परेका जस्ता देखिन्थे उनी । हेर्दा लगभग चार दशक लाग्ने उनको बोलीमा भने चमक थियो ।
‘गुरुजी घर कहिले जाने ?’ हाम्रो प्रश्नमा उनले भने -’आ के को घर जानु, सबै कुरा यही सेटिङ्ग भएपछि ।’ हामीले कुरो नबुझेपछि उनले नै फेरि भने -’छोरा छोरीहरु क्याम्पस पढ्न थाले, अब घरकी बुढीलाई के हेर्नु विदेशमानै सेटिङ्ग भएपछि त ।’ उनले भन्दै गए -’तपाईलाई कुन कहाँकी चाहियो भन्नु न, रुम तपाईं मिलाउनुहोस् म सेटिङ्ग मिलाउछु । नेपाली, फिलपिनो, कुन देशका चाहिए ? हेर्नुहोस् हाम्रो पेशा यस्तै छ । कस्ता, कस्ता प्यासेन्जर भेटिन्छ थाहा हुँदैन । कहिलेकाहीँ त मातेर आउँछन् र ट्याक्सीमा चढ्ना साथ सेक्सको कुरा गर्छन् । नेपाली महिलाहरु पनि जानी नजानी अंग्रेजी र हिन्दीमा गफ छाँट्छन् ।’ उनका अनुसार फिलिपिनोलाई साथी बनाउन अति सजिलो । हाई हेलो गर्दैमा साथी बनिहाल्ने । घरमा तीन छोराछोरीका आमा यहाँ भने कन्या जस्ता देखिन्छन् रे ।
लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिरपछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो । बुझ्दै जाँदा थाहा भयो उनले फिलिपिनो साथी बनाएका रहेछन् । हप्ताको ३ दिन जानैपर्ने, तर खर्च गर्न नपर्ने । ‘मंगलबार उसको छुट्टी हुने र रुममा कोही पनि नहुने हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु’ उनले भने । उनको घरमा छोराछोरी ९ र १० कक्षामा पढ्दैछन् । हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको । अनुहार फिलिपिनोकै जस्तै देखिने । ‘प्रवासमा आएको ८ बर्ष भयो, जवानी कति सुकाएर बस्ने । बर्षको १ महिना बिदा हुन्छ, नेपाल जाँदा त्यत्तिकै समय बित्छ, यहाँ साथी नबनाए त यो जवानी त्यसै खेर जाने भयो नि’ उनले फूर्तिसाथ भने ।
चितवनका एकजना साथीले काठमाडौंकी रैथाने केटीलाई साथी बनाए । घरमा श्रीमती र छोरा हुँदाहुँदै पनि उनी ति केटीसँग यति नजिक भएकी कम्पनीबाट १५ दिनको बिदा मिलाएर नेपाल गए । तर घर गएनन् ।
पाल्पाका नरे दाई प्रत्येक हप्ताको बिहीबार अबुधावी ईमिरेट्स प्लाजाको वरपर घुमिरहन्छन् । चिनियाँ, फिलिपिनो, ईन्डोनेसियन लगायत देशका महिलाहरुसँग मोलतोल गर्छन् । बिहानै नेपालबाट श्रीमतीको तीनपटक मिसकल आउँछ अनि फोन रिप्लाई गर्छन् । ‘कस्तो यार हिजो ति केटीहरुलाई यसो छोएको मात्र के थिएँ घरमा श्रीमतीले नराम्रो सपना देखिन् अरे’ गफिँदै उनी भन्छन् -’फोनमा श्रीमतीले तपाईं हिजो कहाँ जानु भएको थियो ? को संग हुनुहुन्थ्यो भनेर सोधिन् ।’
दुबईमा तीन वर्षदेखि सँगै बस्ने एक जना साथीले एक दिन शहरको रात्री जीवन हेर्न जाऊँ भने । बिभिन्न होटलहरुमा झुम्म झुम्म भएर बसेका पुरुष र महिलाहरु मस्कीमस्की एक आपसमा कुराकानी गर्दै गरेको देखिन्थ्यो ।
अबुधावीको एक कम्पनीमा कार्यरत नवलपरासीका टीकाको विवाह भएको ६ बर्ष भयो । तर उनी विदेश आएको भने ८ बर्ष । बर्षको १ पटक नेपाल फर्कने पनि गर्छन्, तर उनी कलियुगका कृष्ण रहेछन् । एक दिन उनीसंग भलाकुसारी गर्ने मौका मिल्यो । खालेदिया मलमा किनमेल गर्दा त्यहाँ सफाई गर्ने एक नेपाली महिलासँग ठोकिन पुगे । कुरा गर्दै जाँदा ति महिलाले नेपाली दाजु भेटिएको भन्दै आफ्नो फोन नम्बर पनि दिईन् । त्यसको करीब एक महिनापछि ती साथीले शुक्रबार पारेर ती महिलालाई अबुधावी बोलाए । एक होटलमा २ घण्टाको नेपाली ३ हजार तिरेर रुम लिए ।
नवलपरासीका रामु कतारमा बिगत ५ बर्षदेखि कार्यरत थिए । महिनाभरको तलव घरमा श्रीमतीलाई पठाईरहेका थिए । करीब १६ महिनापछि उनी १ महिनाको बिदामा नेपाल फर्के । तर श्रीमती अर्कैतिर सल्केको उनलाई थाहा भएन । श्रीमतीले घरमा जानुभन्दा काठमाडौंमा नै केही दिन बस्न अनुरोध गरिन् । १५ दिन पछि श्रीमानलाई बिदेश फर्कन अनुरोध गर्दै उनी घर लागिन् । श्रीमान् उनी भन्दा केही समय फरक पारेर गए । जब उनी घरमा पुगे उनको घरको आगनमा मोटरसाईकल पार्किड. गरेको देखे । घरभित्र अर्कै आवाज सुनियो । अनी छाँगाबाट खसेजस्तै भए । अहिले उनी घर न घाटको भएर दिन बिताइरहेका छन् ।
तनहुँका एक जना साथी साउदी अरब गएको करीब ८ बर्ष भयो । ४ बर्षपछि उनी नेपाल फर्के । उनलाई घरकी श्रीमतीको त्यति माया लागेन । केही समयपछि उनी फेरी साउदी अरब नै फर्के । पछि उनले झापाकी एक महिलालाई अर्की श्रीमतीको रुपमा साउदी अरबबाटै लिएर आए ।
बिगत ६ बर्षदेखी गाउँका रामु कतारमा छन् । तर उनको श्रीमती भने प्रत्येक हप्ता ठाउँठाउँ पुगेर रात बिताउँछिन् । कतारमा पसिना चुहाउदै कमाएको पैसाले घरमा श्रीमती घुम्दै ठिक्क । फस्टाउँदो सञ्चार माध्ययमले गर्दा आजकल गाउँघरमा श्रीमतीहरुको चयन छ भने विदेशमा श्रीमानको मोज ।
प्रवास गएका श्रीमानहरु छोटो समयमा नै कलकलाउँदो बैंशमा श्रीमतीलाई चटक्क घर छोड्न बाध्य हुन्छन् । कुतकुते बैंशलाई स्वदेशकी श्रीमतीले कति दिन नै थाम्न सक्छिन् र ? देशको आर्थिक अवस्थाले बिदेशिन बाध्य कतिपय विवाहित पुरुषहरुको श्रीमती घरमा अर्कैतिर सल्केका हुन्छन् । बर्षौं दिनको पर्खाईपछि स्वदेश फर्केका श्रीमान् कतिबेला फर्केला जस्तो हुन्छ । जब श्रीमान साथमा हुन्छन्, मोवाईल फोन परिवर्तन गर्छन् र फोन आईहाले पनि माईतीको कुनै टाढाको नाता जोडिदिन्छन् ।
बिश्वभर प्रणय दिवस मनाइरहँदा खाडी लगायतका मुलुकमा रहेका नेपाली श्रमिकहरु यसैगरि सम्बन्धहरुमा जोडिदै र टुक्रिदै गइरहेका छन् ।

इलाम ट्राफिकद्धारा संकलित राजस्व

जिल्ला ट्राफिक कार्यालय इलामले माघ महिनामा आठ हजार सात सय रुपैया राजस्व संकलन गरेको छ ।
नियम उलङ्घन गर्ने सवारी साधनहरु कारवाही गर्दा जरीमाना वापत सो रकम संकलन गरेको हो । नियम उलङघन गर्ने सवारी साधनबाट माघ महिनामा अहिले सम्मकै बढि रकम संकलन भएको कार्यालयका प्रमुख डम्बर थापाले जानकारी दिनुभयो । नियम उलङघन गर्ने सवारी साधनमा ८७ वटा बस, एक सय छ वटा ट्रक, चार सय १७ वटा जिप, कार र भ्यान, दुई सय ८५ वटा मोटरसाईकल र एक सय पाँच वटा ट्याक्टर रहेका छन् ।

घुर्विसेभन्दा अन्य स्थानमा मरेको कुखुरामा बर्डफ्लु नभएको पुष्टि

राम योङ्हाङ
इलाम र पाँचथको सिमावर्ति क्षेत्रमा बर्डफ्लुको जीवाणु देखा परेपपछि त्यहाँको आसपासको क्षेत्रबाट लिएको नमुनामा भने वर्डफ्लु नभएको पुष्टि भएको छ । जिल्ला पशु सेवा कार्यालय इलामले कुखुरा मरेको स्थानीयको जानकारीको आधारमा
नमुना संकलन गरेको थियो । कार्यालयका पशु चिकित्सक कुमारसिंह खत्रिका अनुसार कार्यालयले संकलन गरेको नमुनाको प्रारम्भीक परिक्षणमा वर्ड फ्लुको
जीवाणु नभेटिएको हो । त्यहाँको कुखुरा अन्य कुनै पनि रोगले मरेको हुनसक्ने पशु चिकित्सक खत्रिले बताउनुभयो । वर्डफ्लुको जीवाणु देखिएपछि बन्द गरिएको त्यहाँको विद्यालय पनि भोलीदेखि सञ्चालन गर्न कार्यालयले आग्रह गरेको छ ।

सत्ता,कुर्सी र नेता

उत्तम रिजाल
त किन चुप छस हँ ? तेरो मुख खोलिन्न अब पनि ?के त अझै पनि टुलुटुलु हेरिरहन्छस् ?उठ्दैनस तँ ?यहि कोख हैन तैले बास गरेको ?अनि यहि लाम्टो होईन तैले चुसेको ? आज नेपाल आमा यहि भनिरहेकी छन् आफ्ना सन्तान संग । वीर गोर्खालीको रगतले सोधिरहेको छ । के हाम्रा सन्तान होईनौ तिमीहरु ? माया छैन आफ्नो राष्ट्रियताको ? किन तिलान्जली दिदैछौ आफ्नो राष्ट्रियता, सत्ता र कुर्सीका लागी । अनि मलाई पनि लागिरहेछ । म कहाँ छु ?म कुन देशमा छु ?कतै म सपना त देखिरहेको छुईन ? के भईरहेको छ हँ ? सायद तपाई लाई पनि यस्तै भैरहेको होला,अनि तपाइको मनले पनि यहि भनिरहेको होला, यदि नेपाली हुनुमा गर्व गर्नु हुन्छ भने । त्यसैले नेपाल आमाको आँसु पुस्नका लागी आजै देखि हामी गोर्खालीका सन्तान एक हुन्नौ भने न तपाइ रहनु हुन्छ न म,नत गोर्खालीको स्वाभिमान नै ।
वीर गोर्खालीको देश हो यो । अनि उनैका सन्तान हौ हामी । तर सत्ता र कुर्सीका लागी तिनै वीर पुर्खाहरु लाई भुलेर पुर्खाको स्वाभिमान बेचिरहेका छन् नेताहरु । उनीहरुलाई सत्ता र कुर्सी भन्दा अरु केहिपनि चाहिन्दैन भन्ने प्रष्ट छ । नेपाली हुनुमा गर्व गर्ने जनता पनि छन् है देशमा भन्ने समेत नसोच्ने यि नेताहरु लाई मान्नु पर्छ भन्ने केहि छैन् । हामीले नै हो नेता बनाएको अनि हाम्रो भोटले नै हुन उनिहरु सभासद भएका पनि । जनतालाई पटक–पटक ढाँट्ने र ब्रिटिस साम्राज्य लाई घुँडा टेकाउने वीर गोर्खालीको पहिचान दौरा–सुरुवाल र विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रतिक नेपाली टोपी लाई तिलान्जली दिने राष्ट्रघाति नेताहरु लाई अब सत्तामा बसिरहने नैतिक अधिकार छैन् । साच्चै भन्ने हो भने ।
दौरा–सुरुवाल,नेपाली टोपी अनि राष्ट्रिय झण्डा जलाइयो । म यो देशको नागरिक हुँ,म नेपाली हुँ,मेरो देश नेपाल हो भन्नेले आफ्नै देशको झण्डा जलाउन सक्छ ? सोच्नुस त ? आफ्नै जन्मदिने आमा लाई बलात्कार गरेजस्तै भएन र यो ? के तपाई आफ्नी आमा लाई बलात्कार गर्न सक्नु हुन्छ ? सक्नु हुन्न । यदि तपाइ बास्तविक छोरो हो भने सक्नु हुन्न । दौरा–सुरुवाल कुनै एक जाति विशेषको पहिचान होईन् । न त मेरो बाउ बाजेको । तपाई हाम्रो बाउ बाजे जन्मनु भन्दा अगाडि देखिनै प्रयोग गरिएको पोशाक हो यो । अझ भन्नु पर्दा अहिले जति पनि नेपाली नागरिकता बोक्ने छौ नि हामी सबै जन्मनु भन्दा अगाडी देखिनै नेपालीहरुले लगाउदै आएको पोशाक हो यो । मेरो कुनै रक्त सम्बन्ध जोडिएका बुबा,हजुरबा,कुप्राबा,जिजुबा कसैले स्थापित गरेको पोशाक पनि होईन् । तरपनि म दौरा–सुरुवालको वकालत गर्छु । किनकी जुन देशमा मैले जन्म लिएको छु , जुन माटोमा मैले पाईला टेकेको छु , यो देशको निर्माण गर्ने ति वीर पुर्खाहरुले प्रयोग गरेको भेष हो यो । विश्वको सर्वोच्च शिखर माथि विजय प्राप्त गर्ने वीर बलभद्र कँुबर,अमरसिंह थापा,काजी कालु पाण्डे,अभिमानसिंह बस्नेत,माथबरसिंह थापा,वीर भक्ती थापा,दामोदर पाण्डे, पृथ्वीनारायण शाहा लगायत वीर सपुतहरुले प्रयोग गरेको भेष हो यो । पुर्खाको पहिचान हो यो । गोर्खालीको इज्जत हो यो । अनि नेपालीको शान हो यो । तर आज तिनै पुर्खाको पहिचान, गोर्खालीको स्वाभिमान र नेपालीको शान लाई तिलान्जली दिएका छन् नेता भनौदा कुर्सीका भोकाहरुले । यतिमात्र होईन, सदनमा हिन्दी भाषा प्रयोग गरिन्छ । जुन नेपालमा बस्ने कुनैपनि जातिको मातृभाषा होईन । हो त भारतको राष्ट्रिय भाषा । तरपनि किन प्रतिबन्ध लगाउदैनन् सदनमा हिन्दी भाषाको प्रयोग लाई । यसबाट पनि प्रष्ट हुन्छ कि यि नेताहरुलाई पुर्खाको स्वाभिमान,वीर गोर्खालीको पहिचान र नेपालीको शान भन्दा पनि कुर्सी प्यारो छ । तसर्थ पुर्खाको स्वाभिमान,गोर्खालीको पहिचान र नेपालीको शान लाई जीवित राख्नका लागी अनि राष्ट्रियता बचाउनका लागी नेपाली हुनुमा गर्व गर्ने आम नेपाली जनताहरु एक हुन आवश्यक छ । अन्यथा बाँकी रहेको वीर गोर्खालीको देश नेपालको नाम पनि बदल्ने छन् , यि राष्ट्रघाती,डरपोक,काँतर, सत्ता र कुर्सीका भोकाहरुले । त्यसैले सम्पुर्ण गोर्खालीका सन्तानहरु आजै देखि उठौ,जागौ ढिलो नगरौ पुर्खाको रगतले सिंचिएको यो माटोको रक्षाका लागी । नत्र भने हामी गोर्खे कुनै दिन रातारात शरणार्थी बन्नेछौ गोर्खालीकै देशमा । सबैलाई चेतना भया ।