काठमाण्डु सिनेमाको नाटक प्रतियोगितामा पुगेका के.सी. कतिबेला माईक पाईएला र सिनेमाको प्रचार गरौँला भनेर कुरेका जस्ता देखिन्थे । तर कार्यक्रम संचालकले कार्यक्रममा देखाईएको नाटक कस्तो लाग्यो भनेर सोध्दै उनी भएको ठाउँमा आईपुगेपछि उनलाई के खोज्छस् काना आँखा भनेजस्तै भयो । उनले आफ्नो सिनेमाको नाम लिनका लागि बिभिन्न बहाना बनाएका थिए । यसरी बहाना बनाउँदै जाँदा उनी लामो नै समय बोलेका थिए ।
बोल्ने क्रममा उनले भनेका थिए – ‘आकाशको काठमाण्डु पनि राम्रो बनेको छ हेर्नुहोला, अनि त्यसको लगतै मैले निर्माण गरेको साथी म तिम्रो पनि प्रदर्शनमा आउँदैछ । यो पनि राम्रो सिनेमा बनेको छ हेर्न नभुल्नुहोला ।’
यसरी सिनेमाका नाम लिउँ किन नलिउँ जस्तो गरी भुवनले आफ्नो सिनेमाको नाम लिएरै छोडे । जे होस्, मौका मा चौका हान्ने भुवनको बानीलाई पनि मान्नै पर्छ ।






0 comments:
Post a Comment