इलाम ट्राफिकद्धारा संकलित राजस्व

जिल्ला ट्राफिक कार्यालय इलामले माघ महिनामा आठ हजार सात सय रुपैया राजस्व संकलन गरेको छ ।
नियम उलङ्घन गर्ने सवारी साधनहरु कारवाही गर्दा जरीमाना वापत सो रकम संकलन गरेको हो । नियम उलङघन गर्ने सवारी साधनबाट माघ महिनामा अहिले सम्मकै बढि रकम संकलन भएको कार्यालयका प्रमुख डम्बर थापाले जानकारी दिनुभयो । नियम उलङघन गर्ने सवारी साधनमा ८७ वटा बस, एक सय छ वटा ट्रक, चार सय १७ वटा जिप, कार र भ्यान, दुई सय ८५ वटा मोटरसाईकल र एक सय पाँच वटा ट्याक्टर रहेका छन् ।

0 comments:

Post a Comment