रमेश खडका
दुबइ /गत शुक्रवारको दिन पथरी युवा समाज युएइले दुवइको जावेल पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । दिनको ११ बजे बाट शुरु भएको बनभोज कार्यक्रम मरुभुमीमा उडेको बालुवा ले केहि असजिलो बनाए पनि उपस्थीत सबै हसिलो मुद्रामा देखीन्थे ।
बनभोज कार्यक्रमको विचमा दुवइकी स्थानिय कलाकार दिपीका घोरसाने को आकर्षक नृत्यले सबैलाई नचाएको थियो भने मिना रिजाल र दिल राइ को कम्बर बारुलै...गितको नृत्यले सहभागी मध्येकी अढाइ बर्षीय बालीका सोनु चापागाइ लाई पनि नचाएको थियो ।
दुबइ /गत शुक्रवारको दिन पथरी युवा समाज युएइले दुवइको जावेल पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । दिनको ११ बजे बाट शुरु भएको बनभोज कार्यक्रम मरुभुमीमा उडेको बालुवा ले केहि असजिलो बनाए पनि उपस्थीत सबै हसिलो मुद्रामा देखीन्थे ।
सस्थाका सस्थापक अध्यक्ष श्री मोहन नेपाल को सभापतिको आसन सगै बनभोज कार्यक्रमलाई औपचारीक रुपमा श्री कृष्ण पौड्याले गर्नु शुरु गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा परिचयात्मक कार्यक्रम राखीएको थियो भने दोस्रो चरणमा पथरी युवा समाजको समिक्षा रमेश खडका ले गर्नु भएको थियो ।
बनभोज कार्यक्रमको निमन्त्रणा लाई स्वीकार गरि NRNका मध्यपुर्व संयोजक श्री लोक सुवेदी को पनि उपस्थीती रहेको थियो । संयोजक सुबेदीले पथरी युवा समाज पथरीबासीहरुको मात्र समाज नभइ सम्पुर्ण प्रवासी नेपालहरुको सस्था बन्न सकोस भनी शुभकामना पनि दिनु भएको थियो ।
उक्त बनभोज कार्यक्रममा नेपाली टेलीचलचित्र “परिचय' की कलाकार मुना भण्डारीको सहभागीताले अझ कार्यक्रमको सोभा बढाएको थियो ।
पुर्वी मोरङ जिल्लाको एउटा गाविस पथरी बाट युएइमा रोजगारी गरीरहने नेपालीहरुको सङगठन पथरी युवा समाज भए पनि उक्त बनभोज कार्यक्रममा चितवनकी संगीता उप्रती ,इलामका नरेस निरौला,शुसीला रावत,धरानका शिव गुरुङ लगायत झापा,सिन्धुपाल्चोक,साङजा लगायत बिभिन्न जिल्लाबासीहरुको सहभागीता थियो । बनभोज कार्यक्रममा पत्रकार श्री त्रिलोचन कोइरालाको पनि उपस्थीति रहेको थियो । साझ को ५ बजे निर्धारित समय तोकीए पनि बनभोज कार्यक्रम साझ ६ बजे समापन भएको थियो ।






0 comments:
Post a Comment