“यूएइमा उदाउदैछन किरण”

“खाने मुखलाई जुङ्गाले छेक्दैन” भनेझैं मनमा राष्ट्रको निम्ति केही गर्छु भन्ने अठोट राख्नेलाई कुनै पनि देशको भुगोल, राजनीति र कानुनले असर गर्न सक्दैन । पछिल्लो समयमा नेपालबाट सुनौला सपनाहरु बोकेर धन आर्जन गर्न खाडी मुलुकतिर लाग्ने युवाहरुको जमात बढ्दो छ । नेपालको राजनीतिक अवस्था, अशान्ति र गरीबीको चपेटाले गर्दा लाखौं युवाश्रमहरु बिदेशिन वाध्य छन् तर त्यही भीडमा यस्ता केही युवाहरु छन् जो प्रबासी भूमिमा भए पनि आफ्नो साहित्य, कला, संस्कृतिलाई प्रबासी हुन दिएका छैनन् । देश भनेको मनमा, छातीमा, मुटुमा राख्नु सबैभन्दा उत्तम सुरक्षा हो ।
अरबको सरदर ५० डिग्री सेन्टीग्रेड तापक्रममा श्रम बेचेर बाँकी रहेको थोरै समयलाई कसैले रक्सी र डिस्कोमा लगाएका छन् त कसैले आफ्नै जन्मभूमिको खातिर खर्चिएका छन् । खाडी मुलुकहरुमा पछिल्लोपटक संयुक्त अरब इमिरेट्स यस्ता सृजनशील नेपाली मनहरुबाट चर्चाको शिखरमा आउँदैछ। प्रबासमा रहेर आफ्नो कला, संस्कृतिको लागि केही राम्रो काम गरौं भन्ने उद्देश्य लिएर अगाडि बढेका युवाहरुको जमातमा किरण खतिवडा एउटा गर्बिलो नाम भएर उपस्थित भएका छन् संयुक्त अरब इमिरेट्समा ।
पूर्बी नेपालको चारपाने-२ बिर्तामोड, झापामा बि.स २०४१ कार्तिक ३ गते बुवा गंगा र आमा देवीका खतिवडाको सुपुत्रको रुपमा जन्म लिएका किरण खतिवडा कला क्षेत्रमा साँच्चै नै एउटा सुनौला किरण भएर उदाउँदैछन । बिर्तामोडको एमीटी कलेजबाट +२ गरेका किरणले बि.स २०५९ सालमा पूर्वाञ्चल कला केन्द्र, बिर्तामोडबाट एक्टिङमा डिप्लोमा गरिसकेका छन् । सानैदेखि अभिनयमा अभिरुची भएका किरणले पहिलो पटक बि.स २०५९ मा “शत्रु” नामक सडक नाटक बाट आफ्नो अभिनय सुरु गरेका हुन् । त्यो नाटकमा आफुले राम्रो अभिनय गरेको सबै दर्शकले बताएपछि उनलाई कला क्षेत्रमा हौसला बढेको बताउँछन् । “शत्रु” सडक नाटकपश्चात बि.स २०६० मा २ वटा स्टेज नाटक “बद्लिएको मन” र “बाबाको सपना” मा नायक(मुख्यपात्र) को भूमिका खेलेका उनले त्यही बर्ष आफ्नै कथा र निर्देशनमा एमिटी कलेज बिर्तामोडमा स्टेज नाटक “Drugs Can Take Life” मा अभिनय गरेका थिए ।

बहुमुखी प्रतिभाका धनी किरणले सफलता पाउँदै जाँदा त्यसै चुप लागेर बसेनन् । आफ्नो आफन्त तथा परिवारमा कला क्षेत्रमा कोही पनि नलागेको देखेर उनलाई परिवारको सपोर्ट कमै मिलेको थियो । छोरो धेरै पढेर केही गरोस् भन्ने हरेक आमा बाबुको सपना हुन्छ शायद त्यही सोचेर होला उनलाई पनि कमै सपोर्ट भएको । यद्यपि उनले आफ्नो उद्देश्यलाई तुसारापात हुन दिएनन्, लागिरहे कला क्षेत्रमा । फलस्वरुप २०६१ मा “जन्मदिन” नामक डिजिटल फिल्ममा मुख्यपात्रको रुपमा अभिनय गर्न पुगे । यस फिल्मले उनलाई अझ अगाडि बढ्न प्रेरित गर्‍यो । उनले २०६२ मै आफ्नै कथा र सम्बादमा राजवंशी भाषाको डिजिटल फिल्म “बचन” मा पुन: मुख्यपात्रको भूमिका गरे ।

समय सधैं एकै समान हुँदैन, सुख-दु:ख एकपछि अर्को गर्दै आउँछन् । यो रियल लाईफको सत्यताले उनको रिल लाईफमा पनि असर देखायो । बुवा धनी भएर पनि कला क्षेत्रमा फसेर सम्पत्ति सक्छ भन्ने परिवारको सोचले किरणमाथि आर्थिक अभाब देखिन थाल्यो । “मुनामदन” मा मदन सुनका अशर्फी कमाउन भोट गएझैं २१ औं शताब्दीका मदन यानी किरण आफ्नो उद्देश्य प्राप्तिका लागि केही धन कमाउन मरुभूमिको शहर पलायन हुन बिवश भए । जन्मभूमि छोड्ने रहर नहुँदानहुँदै पनि उनी बिवशता र बाध्यताले प्रबासी हुन वाध्य भए । धेरै ब्यक्तिहरु अमेरिका र युरोपियन देशहरुमा गइरहेको अवस्थामा उनले भने संयुक्त अरब इमिरेट्सको दुबइलाई रोज्न पुगे । अन्तत: उनी आजभन्दा ४ बर्षअगाडि दुबइ स्थितदुबइ मलमा सेल्समेनको रुपमा कार्यरत हुन पुगे ।
मुलुक छोडेर आएपछि पनि उनको दिमागमा कलाबाहेक अरु केही थिएन । हर समय उनको मनमस्तिष्कमा बिगतमा कलाकारितामा खर्चिएका पलहरु आउन थाले । एक किसिमले उनी कला क्षेत्रमै रमाउन चाहिरहन्थे । भगवानले बुझेछन् क्यार उनको मर्म, “जहाँ इच्छा त्यहीँ उपाय” भनेझैं किरणले कामबाट बचेको समयलाई सदुपयोग गर्न थाले । आफ्नै लगानीमा किरणले दुबइमा भएका केही साथीहरु जम्मा गराएर कलाकारीता सम्बन्धी तालिम दिए अनि तिनै साथीहरुको सहयोगमा नेपालका ख्यातिप्राप्त गायक-गायिकाहरुको गीतको म्युजिक भिडियोका लागि युएइका बिभिन्न मरोरम दृश्यहरु छायाङ्कन गरेर पठाउन थाले । त्यसै क्रममा गायक भरत सिटौलाको एल्बम “महिमा” मा समाबेश “कसुर मैले जानेरै गरें” भन्ने गीतमा मोडलिङ गरे । ततपश्चात झापाका उदीयमान गायक ताराबीर पाण्डेको “मोफसल” नामक एल्बमको “मेरी चाँदनी” गीतमा पुन: मोडलिङ गर्ने अवसर मिल्यो ।
यी २ वटा म्युजिक भिडियोहरुको रिलिजपछि अरुको नाममा म्युजिक भिडियो बनाएर आफ्नो नामलाई अदृष्य राख्ने भनेर सन २०११ को अक्टुबरमा आफ्नै लगानीमा Inspire Media – Dubai नामक संस्था खोल्न पुगे । स्मरण रहोस् Inspire Media युएइमा दर्ता प्रकृयामा छ् भने यसै हप्ता नेपाल सरकारबाट पनि आधिकारीक रुपमा स्वीकृति पाउँदैछ । युएइका बिभिन्न ठाउँमा हुने कार्यक्रममा उनले आफ्नो प्रतिभा देखाउन चुकेका छैनन् । यसो गर्दा उनी आफ्ना कमी कमजोरीहरु दर्शकबाट तत्कालै बुझ्न सकिने र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर उपाय खोज्न सजिलो हुने बताउँछन् । नेपाल टेलिभिजनबाट शिवराज पौडेलको प्रोडक्सनमा प्रसारित “प्रबासीको सन्देश ” कार्यक्रमको लागि दुबइबाट ४ वटा एपिसोड किरणले नै गरेका थिए । यसबाट प्रस्ट हुन्छ, उनी मोडलिङ, अभिनय, VJ, RJ जस्ता बहुमुखी प्रतिभाका धनी हुन् । फुर्सदमा कथा लेख्न र साथीहरुसँग दिमागको खेल (ट्रिक गेम) खेल्न रुचाउने किरणका चाँडै नै “यात्रीको दृष्‍टि” नामक Youtube Seria। आउँदैछ ।
साथै उनकै निर्देशनमा गायक भरत सिटौलाको नयाँ एल्बमको गीतको म्युजिक भिडियोको सुटिङमा लागिपर्दैछन् ।

किरण आज जे छन् जस्तो अवस्थामा छन त्यो सबै आफ्नी ममतामयी आमाको प्रेरणाको देन हो भन्छन् भने कला क्षेत्रमा पूर्वाञ्चल कला केन्द्रका रविन श्रीलाई आफ्नो गुरु मान्छन् । सन् २०११ मा काठमाडौं सितापाइलाकी जिया मरहट्ठासँग प्रणयसुत्रमा बाँधिएका किरण आफ्नो हरेक सफलतामा श्रीमतीको साथ र सहयोग पाएको बताउँछन् । आफ्नी बहिनी पूजना कार्की र ज्वाँई सरुन कार्कीले उनलाई यो क्षेत्रमा लाग्नको लागि हौसला दिएको बताउँछन् किरण ।
राष्ट्रले प्रतिभालाई चिन्न नसकेर धेरै प्रतिभाहरु प्रबासिन वाध्य भएको गुनासो उनमा पनि रहेछ । ‘साहित्य कला संगीतमा राजनीतिक हस्तक्षेप नहोस्’, उनले सबैसँग आग्रह गरे । आफ्नो कलालाई मन पराइ दिनुहुने सबैसँग आभारी रहेको र आउँदा दिनहरुमा नेपाली जनताहरुको चाहना अनुसारको अभिनय गर्ने सबैसँग बाचा गर्छन् किरण खतिवडा ।
प्रबासी बसाइमा धेरै नेपालीहरु छन् तर किरणलाई देशको चिन्ताले सताउँदो रहेछ । केही गरौं भन्ने उत्साहको चिन्ताले पोल्दोरहेछ । किरण भित्रको सकारात्मक सोचको, देशको चिन्तालाई सलाम । भोलि राष्ट्रले किरणको प्रतिभालाई चिनोस् हार्दिक शुभकामना ।।।

1 comments:

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment