सञ्चिताले नै बिर्सिइन् संगिनी लगाउन
घोर्ले छोरा जन्माएको सात महिनामै गर्भवती
२७ फागुन, काठमाडौं । तपाईंले टेलिभिजन,
होडिङ बोर्ड, पोष्टर या औषधि पसलका भित्तामा पक्कै पनि सञ्चिता लुईंटेलले
संगिनी सुईको प्रचार गरेको दृश्य देख्नुभएको छ । ‘म हुँ तपाईंकी संगिनी’
भन्दै यिनले जन्मान्तरको लागि परिवार नियोजनको अस्थायी साधन संगिनी
लगाउनुहोस् भनेर भन्न थालेको धेरै भयो । संगिनी सुईको प्रभावकारिता बढाउनकै
लागि राम्री सञ्चितालाई मोटै रकम दिई नेपाल सीआरएस कम्पनीले साडीमा सजाएर
आकर्षक ढंगले प्रस्तुत गराएको छ ।
उनको आकर्षक रुप देखेर कतिले श्रीमतीलाई
संगिनी सुई लगाउन प्रेरित गरे होलान् । उनै नायिका सञ्चिताको कुरा सुनेर र
हेरेर कतिपय महिलाले श्रीमानसित सल्लाह गरेर यो कुरा अपनाए पनि होलान् ।
सञ्चिताले खेलेपछि विज्ञापन गर्ने कम्पनीलाई पनि राम्रै फाइदा भयो होला ।
तर अरुलाई संगिनी सुई लगाउन पाठ सिकाउने सञ्चिता भने सुत्केरी भएको वर्ष
दिन नपुग्दै फेरि गर्भवती भएकी छिन् । आफ्नो बिज्ञापनमा आफैंले भने अनुसार
यिनले जन्मान्तरको लागि संगिनी सूई लगाईनन् । या लगाउन बिर्सिईन् या
खेलाँची गरेर यस्तो भयो ? यो त सञ्चिता र उनका पति निखिलले नै जानून् । तर
विज्ञापनमा उनको कुरा सुनेर संगिनी सूईको प्रयोग गर्ने र संगिनीको
प्रभावकारिताबारे थाहा पाउनेहरुलाई भने उदेक बनाएको छ ।
नायिका सञ्चिता लुईंटेल र नायक निखिल
उप्रेती झण्डै तीन वर्षअघि विवाह गरे लगत्तै मुम्बई पसेका थिए । यसको केही
समयपछि नायिका सञ्चिता गर्भवती भएको खवर आयो । सबैजना खुशी पनि भए । यसपछि
सञ्चिताले बच्चा जन्माईन् । उनी सुत्केरी भएको कुराले संचारमाध्यममा पनि
राम्रो खबर भयो । यिनी सुत्केरी भएको खबरभन्दा फेरि गर्भवती भइन् भन्ने
कुराले बढी चर्चा पाउन थालेको छ । नायिका सञ्चिताले छोरो जन्माएको बल्ल सात
महिना पुग्दैछ । तर उनको पेटमा फेरि अर्को बच्चा आईसकेको खबरले सबै
अचम्मित भएका छन् ।
भरपर्दो स्रोतका अनुसार ७ महिनाको घोर्ले
छोरो खेलाइरहेकी सञ्चिताको पेटमा चार महिनाको बच्चा छ । सुत्केरीबाट
राम्रोसित तंग्रन नपाउँदै सञ्चितालाई फेरि सुत्केरी हुनको लागि कति छिटो
हतार भएछ भन्ने आश्चर्य छ छँदैछ । अर्को उनले संगिनी सूईमा मन्द मुस्कान
सहित खेलेको विज्ञापनले उनलाई नै गिज्जाईरहेको छ । आखिर नायक निखील
उप्रेती र नायिका संचिता लुईंटेल दुवैजना पढेका र वुझेका कलाकार हुन् ।
अनि अर्को कुरा यी नायीकालाई परिवार
नियोजनको अस्थायी साधनको बारेमा थाहा थिएन भन्ने हो भने पनि यिनी आफैंले
संगिनीको विज्ञापनका मोडलिङ गरेकी थिईन् । अरुलाई सिकाउँदा सिकाउँदै
सञ्चिताले आफैं चाहिं संगिनी सूई लगाउन बिर्सिछन् । यो त टाउको दुखाईको
कुरा भएन । तर अब यिनी फेरि ‘म हुँ तपाईंकी संगिनी’ भन्दै टेलिभिजनको
पर्दामा देखिँदा कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज जस्तो हुने भयो ।






1 comments:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment