राम योङ्हाङ
खानेपानी उपभोक्ता संस्था र समूहद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामा लाग्दै आएको शुल्क खारेजी सहितका तीन सुत्रीय माग राख्दै खानेपानी तथा सरसरफाई उपभोक्ता महासंघ इलामले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई शनिबार ज्ञापन पत्र बुझाएको छ ।
पर्यटकीयस्थल भएर पनि सुविधा अभावमा विद्युतबाट खानेपानी तानेर पानी खान बाध्य भएको इलामको कोलबुङको हर्कटेमा शनिबार महासंघले सभाध्यक्ष नेम्बाङलाई ज्ञापन पत्र बुझाएको हो । महासंघ अध्यक्ष राम रानाले सामुदायिक खानेपानी आयोजनामा लाग्ने शुल्कलाई आधा घटाउनुपर्नेजस्ता मागसहितको ज्ञापन पत्र नेम्बाङलाई बुझाएको सचिव इन्दिरा घिमिरेले जानकारी दिनुभयो । नेम्वाङले सम्वन्धित ठाउँमा विद्युत महशुल घटाउन पहल गर्ने आश्वासन दिनुभएको थियो । नेम्बाङ्ग आईतबार सामुदायिक रेडियो इलाम एफएमको नव निर्मित भवनको उद्घाटन तथा सोही दिन शुरु हुने अन्तराष्ट्रिय सहहित्य सम्मेलनको उद्घाटनको लागि इलाम आउनुभएको हो ।






0 comments:
Post a Comment